कोरोना भाइरसको संक्रमण देखिएकी दोलखाकी स्वास्थ्यकर्मीको संक्रमणको स्रोत पत्ता लगाउनै कठिन भएको छ।
भीमेश्वर नगरपालिका मातहतको कुनै एउटा स्वास्थ्य संस्थामा कार्यरत ति स्वास्थ्यकर्मीको संक्रमणको स्रोत पत्ता लगाउन गाह्रो भएको भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले जानकारी दिए।
‘उनको ट्राभल हिस्ट्री हेर्दा फागुनदेखि नै गाउँ छाडेर बाहिर काहीँ पनि गएको देखिदैन’ उनले भने– ‘कहाँबाट सर्यो भनेर पत्ता लगाउनै कठिन भईरहेको छ।’ खड्काका अनुसार कन्टयाक्ट ट्रेसिङका क्रममा ति स्वास्थ्यकर्मीले चरिकोट बजार र आफ्नो कार्यक्षेत्रमा प्रत्यक्ष भेटाएकी र घुलमिल गरेकाहरुको पहिचान गरि स्वाब संकलन धमाधम भईरहेको छ।
भीमेश्वर नगरपालिकामा गत शनिबार ६ जना संक्रमित भेटिएका थिए। ति मध्ये तीन जना चरिकोटकै एउटा गैरसरकारी संस्थाका कर्मचारी थिए भने दुई प्रहरी र एक तिनै स्वास्थ्यकर्मी थिईन्। गैरसरकारी संस्थाका कर्मचारी साउन अन्तिम साता कार्यालयको तालिमका लागी चितवन पुगेर फर्किएका थिए। उनीहरु संगै चितवन गएका अन्य जिल्लाका एनजिओ कर्मचारीमा कोरोना पुष्टि भएपछि उनीहरुको समेत स्वाब संकलन गर्दा कोरोना देखिएको थियो। उनीहरुलाई कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उनीहरु पुगेको चरिकोटको ब्युटी पार्लर, होटल, डेरा बस्दै आएका घरधनी, र साथीभाई साथै कार्यालयका कर्मचारीको समेत स्वाब संकलन गरिएको छ।
यस्तै बिराटनगरबाट तालिम सम्पन्न गरी पास आउट भएर दोलखा खटिएका प्रहरी जवान भने जिल्ला आएदेखि क्वारेन्टिनमै बस्दै आएका थिए। स्रोत नभेटिएकी ति स्वास्थ्यकर्मीलाई कहाँबाट कोरोना सर्यो भनेर पत्ता लगाउने कोशिष स्थानीय अधिकारीहरुले गरिरहेका छन्।
दोलखामा भीमेश्वर बाहेक गौरीशंकरमा ११ जना र कालिञ्चोक गाउँपालिकामा २ जना संक्रमित फेला परिसकेका छन्। उनीहरु संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १९ पुगेको छ। गौरीशंकरमै यस अघि गत असारमा ३ जना संक्रमित निको भईसकेका छन्।