कोरोना संक्रमण तीब्रदरमा वृद्धि भइरहेको धरानमा भोली मंगलबारदेखि स्वास्थ्य प्रोटोकल पालनाबारे अनुगमन गरिने भएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित आज उपमहागनरपालिकामा भएको बैठकले यस्तो निर्णय गरेको हो।
मेयर तिलक राईका अनुसार लकडाउन गर्ने दबाब आइरहे पनि तत्काल सम्भव नभएको र सबैलाई स्वास्थ्य प्रोटोकल पालना गराउन सचेत गराउने उद्देश्यले अनुगमन गर्ने निर्णय गरिएको हो। ‘कोरोना संक्रमणको समस्या हामी व्यक्ति व्यक्ति स्वयं पनि हो। हामीले प्रोटोकल पालना गरिरहेका छैनौं, र त्यही लापरवाहीले संक्रमण बढीरहेको छ,’मेयर राईले भने,‘स्वास्थ्य प्रोटोकल पालना गर्यौं भने जोखिम कम हुने भएकोले भोलीदेखि कडाईका साथ अनुगमन गर्ने निर्णय भएको छ।’
मेयर राईका अनुसार स्वास्थ प्रोटोकल पालना भए नभएकोबारे पैदल यात्री, यातायातको साधन, सब्जी बजार, पसलहरु सबैतिर अनुगमन गरिनेछ। उल्लंघन गरेका पाइएमा सय रुपैयाँ जरिवाना गर्ने निर्णय पनि गरिएको उनले बताए। ‘मास्क लगाएको छ, छैन हेर्छौ। पसलमा, गाडीमा दूरी कायम भए नभएको हेर्छौ। सेनिटाइजरको व्यवस्था वा हात धुने साबुन पानी छ कि छैन? त्यो पनि हेर्छौ। पैदल यात्री, सवारी साधन, सब्जी, पसल सबैतिर हुन्छ,’मेयर राईले भने,‘प्रोटोकल पालना गरिएको छैन भने जरिवाना पनि गर्छौै।
धरानमा उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा स्वास्थ्य प्रोटोकलको अनुगमन हुनेछ। अनुगमन टोलीमा इलाका प्रशासन, इलाका प्रहरी, सशस्त्र प्रहरी र उद्योग वाणिज्य संघका प्रतिनिधिहरु पनि रहनेछ। शुरुमा एउटा टोलीले अनुगमन गर्नेछ, भने आवश्यकता अनुसार टोली बनाएर अनुगमन गरिनेछ। उपमहानगरपालिकामा भएको बैठकमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, सुनसरीका प्रजिअ फडिन्द्रमणि पोख्रेल, जिल्लाका एसपी कमल थापा, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटालगायत उपस्थित थिए।