माग पूरा भएपछि भक्तपुर क्यान्सर अस्पतालका कार्मचारीहरुले बुधबारदेखि ओपिडीबाहेक सवै सेवा बन्द गर्ने भनेको आन्दोलन स्थगित भएको छ। भदौं, असोज र दसैं भत्ता नपाएपछि आन्दोलनमा उत्रेका उनीहरुका माग पूरा भएपछि दसैंसम्म आन्दोलन स्थगित गरी सबै सेवा सुचारु गरेको छ।
कर्मचारी कल्याणकारी संघका अध्यक्ष शिवराम धुख्वाले माग पूरा भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरेको बताए। अस्पतालमा अनेक व्यथितिका कारण निरन्तर आफूहरु संघर्षरत रहेको उनले सुनाए। आन्दोलन नगरिकन राम्रो तरिकाले अनुरोध गर्दा माग पूरा नभएकाले आन्दोलनमा उत्रिन बाध्य हुँदै आएको उनले बताए।
अस्पतालमा व्यापक भ्रष्टाचार भएको भन्दै १४ महिनाअघि स्थानीय सरकारको रुपमा रहेको भक्तपुर नगरपालिकाले अस्पताल कव्जामा लिएको थियो। उसले व्याप्त व्यवस्थापन समितिलाई भंग गरी नयाँं व्यवस्थापन समिति गठन गरेको घोषणा गरेको थियो। तर अदालतमा मुद्धा परेपछि स्थानीय सरकारले घोषणा गरेको नयाँं व्यवस्थापन समिति अहिले निश्क्रिय छ।
यसकारण यहाँं यही बेलादेखि अस्पताल विवादमा चल्दै आएको छ। कोही नयाँं व्यवस्थापन समिति अनुसार चल्नुपर्ने पक्षमा छन् भने कोही पुरानै व्यवस्थापनका अनुसार चल्नुपर्ने पक्षमा छन्।