सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले नेपालमा सम्मानजनक प्रजनन सेवाको सुनिश्चित गरेको छ। तर गर्भवती तथा प्रसुतिका क्रममा महिलामाथि हिंसा हुने गरेको पाइएको छ। महिला अधिकार तथा कानुन मञ्चले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार करिब ३८ प्रतिशत महिला हिंसा झेल्न बाध्य छन्।
तथ्यांकअनुसार ३८.४ प्रतिशत महिला गर्भावस्थामा हिंसामा परेका छन् भने ३५.९ प्रतिशत सुत्केरीपछि हिंसामा पर्छन्। हिंसामा पर्नेमा सबैभन्दा बढी निरक्षर महिला र हिंसा गर्नेमा निरक्षर पुरुष बढी देखिएका छन्।
तथ्यांकअनुसार प्रसुतिका क्रममा हिंसा गर्नेमा ५२.६ प्रतिशत निरक्षर पुरुष छन् भने हिंसामा पर्नेमा ७५.७ प्रतिशत महिला छन्। त्यस्तै, प्रसुतिको बेला हिंसा गर्नेमा ५२.९ प्रतिशत बेरोजगार पुरुष रहेका छन्।
प्रजनन प्रक्रियाका तीनै चरणहरूमा महिलाहरूले हिंसा भोग्नुपरेको प्रतिवेदनले औँल्याएको छ। गर्भावस्था, प्रसुति र सुत्केरी अवस्थामा विभिन्न स्वरूपमा हिंसा हुने गरेको छ।
अध्ययन प्रतिवेदनअनुसार उनीहरूमाथि मानसिक, शारीरिक र यौन हिंसा हुने गरेको छ। जसमा मानसिक हिंसामा पर्ने गर्भवतीको संख्या ३०.७ प्रतिशत, प्रसुति अवधिमा ३२.७ प्रतिशत र सुत्केरी बेलामा ३० प्रतिशत रहेको छ।
शारीरिक हिंसामा पर्ने गर्भवतीको संख्या ४.५ प्रतिशत, प्रसुतिको क्रममा ३.२ प्रतिशत र सुत्केरी अवस्थामा ४.५ प्रतिशत रहेको छ। यस अवधिमा यौन हिंसामा पर्ने महिलाको संख्या पनि उल्लेखनीय छ—१६.१ प्रतिशत गर्भवती, ९.५ प्रतिशत प्रसुतिका क्रममा र १६.४ प्रतिशत सुत्केरी रहेका छन्।
यो अवधिमा हिंसा गर्नेहरूमा श्रीमान्, परिवार, नातेदार, छिमेकी र सेवा प्रदायक स्वास्थ्य संस्थाहरू रहेका छन्। तथ्यांकअनुसार गर्भावस्थामा ६० प्रतिशत, प्रसुतिकालमा ६४.४ प्रतिशत र सुत्केरी अवस्थामा ७१.१ प्रतिशत परिवार तथा नातेदारबाट हिंसा हुने गरेको छ।
त्यस्तै, गर्भावस्थामा ५२.१ प्रतिशत, प्रसुतिका क्रममा ४४.९ प्रतिशत र सुत्केरी अवस्थामा ४७.८ प्रतिशत श्रीमानबाट हिंसा हुने गरेको छ।
छिमेकी तथा सेवा प्रदायक स्वास्थ्य संस्थाबाट पनि हिंसा हुने गरेको अध्ययनले देखाएको छ। गर्भावस्थामा २६ प्रतिशत, प्रसुतिका क्रममा २२.७ प्रतिशत र सुत्केरीपछि १३.४ प्रतिशत सेवा प्रदायकबाट हिंसा हुने गरेको छ।
सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले पर्याप्त जानकारी बिना सेवा दिने, जानकारी नदिई सेवा दिने जस्ता व्यवहारका कारण महिला हिंसामा परेका छन्। गर्भवतीको शारीरिक जाँच गर्दा सहमति बिना जाँच गर्ने १५.२ प्रतिशत र प्रसुतिपछि १३.८ प्रतिशत सेवा प्रदायक रहेका छन्।
गोपनीयता कायम नगरी सेवा दिनेमा गर्भवतीका लागि २१.१ प्रतिशत, प्रसुति सेवामा ५.२ प्रतिशत र सुत्केरीपछिको सेवामा २७ प्रतिशत सेवा प्रदायक रहेका छन्। प्रसुतिपछि सेवाको खर्च तिर्न नसकेर घर जानबाट वञ्चित हुनेको संख्या ०.५ प्रतिशत रहेको छ।
अध्ययनका क्रममा पीडितहरूले शारीरिक तथा मानसिक हिंसा भोगेको बताएका छन्। केही महिलाले अत्यन्त पीडादायी मानसिक अवस्था झेलेका छन्। गर्भावस्थामा यौन हिंसा, श्रीमानबाट गालीगलौज, आरोप, मानसिक दबाब, कुटपिट तथा जबरजस्ती यौन सम्पर्क जस्ता हिंसा भोग्नुपरेको पाइएको छ।
परिवारका सदस्यबाट अपमान गर्ने, सहयोग नगर्ने, पोषणयुक्त खाना नदिने जस्ता व्यवहार पनि भोग्नुपरेको उल्लेख गरिएको छ।
त्यसैगरी छोरी जन्माएको कारण श्रीमान् र परिवारबाट तिरस्कार, समाज तथा छिमेकीबाट नकारात्मक टिप्पणी, परम्परागत रूपमा सुत्केरी महिलालाई घरबाहिर राख्ने, भ्रूणमा छोरी पहिचान भएपछि कुटपिट गर्ने, पोषणयुक्त खाना नदिँदा गर्भपतन हुनेजस्ता घटना पनि देखिएका छन्।
अशिक्षा, लैङ्गिक विभेद तथा सामाजिक-सांस्कृतिक मान्यताका कारण सुरक्षित तथा सम्मानजनक प्रसुति सेवामा चुनौती कायम रहेको अध्ययनले देखाएको छ।
गर्भावस्था तथा प्रसव अति संवेदनशील अवस्था भएकाले यस समयमा हुने हिंसाले मानसिक तनाव, सुत्केरीपछिको डिप्रेसन, आत्महत्याको जोखिम वृद्धि, स्तनपानमा असर तथा अन्य जटिल समस्या निम्त्याउने भएकाले सुरक्षित तथा सम्मानजनक प्रसुति सेवा आवश्यक रहेको प्रतिवेदनले सुझाएको छ।
अध्ययनले ग्रामीण महिलाको तुलनामा सहरका महिलाले गर्भावस्था तथा प्रसुतिमा बढी हिंसा भोग्ने गरेको देखाएको छ। छोरी जन्माएको कारण तिरस्कार, सेवा प्रदायकबाट पर्याप्त जानकारी नपाउने तथा असम्मानजनक व्यवहार भोग्नुपरेको पनि उल्लेख गरिएको छ।
गर्भवती तथा सुत्केरीमाथि भएका यस्ता व्यवहार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनविपरीत रहेका छन्।
महिला तथा कानुन मञ्चको अध्ययनले सुरक्षित मातृत्वका क्षेत्रमा लामो अभ्यास भए पनि सम्मानजनक प्रसुति सेवामा समस्या कायमै रहेको र यो ऐन तथा अन्तर्राष्ट्रिय अधिकारविपरीत रहेको ठहर गरेको छ।
प्रतिवेदनमाथि टिप्पणी गर्दै महिला अधिकार तथा कानुन मञ्चका अधिवक्ता सविन श्रेष्ठले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ विपरीत अवस्था रहेको बताइन्। ऐनले सम्मानजनक प्रसुति सेवाको व्यवस्था गरे पनि उल्लङ्घन गर्ने निकाय तथा व्यक्तिका लागि स्पष्ट दण्ड तथा सजायको व्यवस्था नहुँदा समस्या कायम रहेको उनको भनाइ छ।
श्रेष्ठका अनुसार मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षा तथा महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धिले पनि नेपाललाई सम्मानजनक प्रसुति सेवा लागू गर्न सुझाव दिएका छन्। विद्यमान समस्याको समाधानका लागि कानुन संशोधन आवश्यक रहेको उनले बताइन्।