बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक थाइमस ग्रन्थिमा भएको क्यान्सरको शल्यक्रिया (अप्रेसन) गरिएको छ। प्रतिष्ठानका एसोसिएट प्रोफेसर एवं कार्डियो थेरासिक सर्जन डा. लोकेज जैसवालको नेतृत्वमा पहिलो पटक थाइमस ग्रन्थिको अप्रेसन गरिएको हो। तेह्रथुम घर भएका ३५ वर्षीय बिरामीको अप्रेसनपश्चात करिब डेढ महिना भेन्टिलेटरमा राखेर थप उपचार गरिएको र सुधार भएकाले हाल डिस्चार्जको तयारी गरिएको छ। डा. जैसवालका अनुसार थाइमस ग्रन्थिमा हुने क्यान्सर दुर्लभ रोग हो। त्यसैले यो क्यान्सरको अप्रेसन पनि गाह्रो नै हुन्छ। प्रतिष्ठानमा यो पहिलो पटक भएको हो।
ती बिरामीको थाइमस ग्रन्थान्सर फैलिएर फोक्सोमा पनि पुगेको डा. जैसवालले जानकारी दिए। क्यान्सरकै कारण पेटभित्रको दुवै डायफ्राम पनि प्यारालाइसिस भएर बिरामीले श्वास फेर्न सकेका थिएनन् भने मुटु पनि पूर्ण रूपमा ब्लक भएको अवस्थामा प्रतिष्ठान आएका थिए। थाइमस ग्रन्थि मानिसको छातीभित्र हुन्छ भने डायफ्राम छाती र पेटको बीचमा हुने मासु हो।
बिरामीलाई मुटुमा अस्थायी पेसमेकर हालेपछि अप्रेसन गरेर क्यान्सर निकालेको डा. जैसवालले जानकारी दिए। ‘बिरामीको अहिले धेरै सुधार भइसकेको छ। भेन्टिलेटरमा डेढ महिनाजति राख्यौं, अहिले आफैं सास फेर्न र खाना खान सक्ने भएकाले डिस्चार्जको तयारी हुँदै छ,’ डा.जैसवालले भने। उनका अनुसार बिरामीको तत्काल अप्रेसन नगर्दा ज्यान बच्ने सम्भावना थिएन। यसअघि थाइमस ग्रन्थिको अप्रेसन काठमाडौंमा वा विदेशमा मात्र हुँदै आएको थियो। अब भने प्रतिष्ठानमै हुने पनि डा. जैसवालले बताए। विगतमा प्रतिष्ठानमा थाइमोमा ट्युमरको अप्रेसन भने भइरहेको थियो।
करिब एक महिनापछि ती बिरामीलाई रेडियो थेरापीबाट थप उपचार गर्नुपर्ने हुन्छ। ती बिरामीको जीवन कम्तीमा पनि ५ वर्ष लम्बिएको डा. जैसवालले बताए। प्रतिष्ठानमा डा. जैसवालको नेतृत्वमा ५ वर्षदेखि मुटु, फोक्सो, भास्कुलरलगायत जटिल किसिमका सम्पूर्ण उपचार तथा अप्रेसन हुँदै आएको छ। प्रतिष्ठानमा ५ वर्षयता ५ सय बिरामीको मुटु र फोक्सोको अप्रेसन भइसकेको छ।
तीमध्ये ओपन हर्ट सर्जरी ४ सय र फोक्सोको क्यान्सरको अप्रेसन एक सय हाराहारीमा भइसकेको डा.जैसवालले जानकारी दिए। ‘बिपीमा ओपन हर्ट सर्जरी, वाथ, मुटु रोगको भल्व फेर्ने, बच्चाको मुटुको प्वाल टाल्ने, फोक्सोको इन्फेक्सन र क्यान्सरको अप्रेसन पनि गर्छौं, धमनीहरूको पनि अप्रेसन गर्छौं,’ डा. जैसवालले भने, ‘मुटु, फोक्सो र भास्कुलरका सबै अप्रेसन यहीँ हुन्छ, त्यसका लागि काठमाडौं वा भारत कहीँ पनि जानुपर्दैन।’ मिर्गौलाका बिरामीलाई डाइलाइसिस गर्न आवश्यक पर्ने फिस्टुला पनि डा. जैसवालले नै बनाइदिने गरेका छन्।