इटहरीस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगका दुईजना अनुसन्धान अधिकृत मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आए।
सुटुक्क आएका ती अधिकारीहरूले निमित्त उपकुलपति एवं रेक्टर डा. गुरु खनाल र रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीसँग भेट गरे। साथै, उजुरी परेको प्रतिष्ठानमा पछिल्लोसमय निर्माण भएका भौतिक संरचनाहरूको स्थलगत अवलोकन पनि गरे। अख्तियारका अनुसार खासमा ती अधिकारीहरू मंगलबार प्रतिष्ठान आउनुपर्ने थिएन। तर, प्रतिष्ठानले मागेबमोजिमका कागजपत्र नदिएपछि अख्तियारबाट अनुसन्धान अधिकृत आफैं प्रतिष्ठान आउनुपरेको हो।
अख्तियारबाट अनुसन्धान अधिकृत नै प्रतिष्ठान आएकोबारे बुधबार दिउँसो मात्र उपकुलपतिको आवासमा छापा मारेको भन्ने हल्ला चल्यो। तर, अख्तियार इटहरीका प्रमुख बाबुराम खतिवडा भने छापा मारेको नभई कागजपत्र लिन गएको बताए। ‘उजुरी परेको विषयमा कागजात मागेका थियौं, बिपीबाट पठाउन ढिला गर्यो, त्यसैले केसको संवेदनशीलता हेरेर कर्मचारी लिन गएको हो,’ प्रमुख खतिवडाले भने, ‘कर्मचारी गएर पत्र बुझाएर कागजपत्र लिएर आउँदा पनि छापा मारेको हुन्छ र ?’
अख्तियारमा भ्रष्टचार तथा अनियमितताको उजुरी परेकामध्ये बिपी प्रतिष्ठानसँग सम्बन्धित अत्यधिक उजुरी हुन्छन्। तीमध्ये कति रिसइबीको कारण दुःख दिने नियतले मात्र उजुरी गरिएको हुन्छ भने कतिपय ठूलो आर्थिक घोटालाहरूको विषयमा हुन्छन्। ती सबै विषयलाई केलाएर अनुसन्धान गर्न समय लाग्ने गरेको छ। कतिपय भ्रष्टाचारलाई भने अख्तियारले नै तामेलीमा राखिदिएको उदाहरणहरू पनि छन्। भ्रष्टाचारकै विषयमा अनुसन्धान भइरहेको हो, कुन विषय हो भनेर हामी भन्दैनौं, अनुसन्धान गोप्य नै हुन्छ,’ खतिवडाले भने।
प्रतिष्ठानका निमित्त उपकुलपति एवं रेक्टर डा. खनालले पुराना उजुरीको विषयमा सोधीखोजी गर्न अख्तियारबाट आएको पुष्टि गरे। उनले भने, ‘विभिन्न खालका उजुरी हुन्छन्। त्यसको सोधीखोजी गर्न आइरहन्छन्। पुरानो पेन्डिङ केसको लागि आएको हो।’ प्रतिष्ठानका रजिस्ट्रार डा. रेग्मीले कतिपय उजुरीको विषयमा आवश्यक कागजपत्र नपुगेर अख्तियारको टोली आएको बताए।
उनले पुराना निर्माणस्थलको अवलोकन गरेको र आवश्यक राय प्रतिक्रिया, कागजपत्रहरू लिएर गएको बताए। रजिस्ट्रार डा.रेग्मीले भने, ‘कतिपयमा डकुमेन्ट नपुगेको भनेर राय प्रतिक्रिया, कागजपत्रहरू लिन आएको हो। पुराना निर्माणको स्थलहरू पनि अवलोकन गरेर टोली गएको छ।’