बाँकेमा कोरोना: चौबिस घण्टामा ७ सय २३ जना संक्रमित, २ सय ४४ डिस्चार्ज
१७ वैशाख २०७८
•
२ मिनेट पाठ
बाँकेमा कोरोना: चौबिस घण्टामा ७ सय २३ जना संक्रमित, २ सय ४४ डिस्चार्ज
भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत कोरोना संक्रमित। तस्बिर: अर्जुन/नागरिक
बाँकेमा तीव्ररुपमा बढिरहेको कोरोना संक्रमणले अवस्था झन्–झन् भयावह बन्दै गएको छ। यहाँका अस्पतालबाट बितेको २४ घण्टाभित्र डिस्चार्ज हुनेभन्दा तेब्बर बढी संक्रमित फेला परेका छन्। पछिल्लो रिपोर्ट अनुसार बाँकेमा नयाँ ७ सय २३ जनालाई कोरोना संक्रमण पष्टि भएको छ। नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र जमुनाहा हेल्थडेस्कमा परीक्षण गर्दा संक्रमित फेला परेका हुन्।




भेरी अस्पतालमा ४ सय ४१, मेडिकल कलेजमा १ सय २८, बागेश्वरी ल्याबमा १ सय ५२ र जमुनाहा हेल्थडेस्कमा २ जनामा कोरोना संक्रमण देखिएको हो। भेरी अस्पतालमा बिहिवार बेलुकी २ सय १४ जनालाई संक्रमण देखिएकोमा शुक्रबार बिहान थप २ सय २७ जनालाई कोरोना पोजेटिभ भएको हो। अस्पतालले आफ्नो फेसबुक पेजमा तथ्यांक सार्वजनिक गरिसकेको छ।  

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले कोरोना संक्रमित निको भएर दिनहुँ डिस्चार्ज हुने क्रम बढेपनि नयाँ संक्रमित हुनेको संख्या त्यो भन्दा धेरै हुने गरेको बताएका छन्। उनका अनुसार यहाँका अस्पताल तथा आइसोलेशन कक्षबाट २४ घण्टाभित्र २ सय ४४ जना डिस्चार्ज भएका छन्। यसमध्ये १ सय ४४ पुरुष र १ सय जना महिला रहेका छन्। बाँकेमा अहिलेसम्म पुरुष ३ हजार ५ सय र महिला २ हजार ६६ गरी कुल ५ हजार ५ सय ६६ जना डिस्चार्ज भइसकेका छन्। त्यस्तै यहाँ संक्रमित हुनेको संख्या ९ हजार नाघिसकेको छ।

भेरी अस्पतालमा अहिले १ सय ३० बेडको जनरल, ६० बेडको आईसियु र १० बेड भेन्टिलेटर सुविधासहितको कोभिड वार्ड सञ्चालनमा छ। संक्रमितको चाप बढेपछि सबै बेड भरिभराउ छन्। कोभिड वार्ड खाली नभएपछि संक्रमितहरु अस्पतालको इमेरजेन्सी लगायतका वार्डमा राखिएको छ। भेरी अस्पतालमा अहिले १ सय २९ पुरुष र १ सय १५ महिला गरी २ सय ४४ जना भर्ना छन्। यसमध्ये ८८ जना सिकिस्त छन्। यस्तै नेपालगन्ज मेडिकल कलेजमा ४३ जना पुरुष र २३ महिला गरी ६६ जना भर्ना छन्। यसमध्ये २९ जना सिकिस्त छन्।

होटल ह्वाईट हाउस मनिकापुरमा ३५ पुरुष र ९ जना महिला गरी ४४ जना रहेका छन्। कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा १० जना पुरुष र २ जना महिला गरी १२ जना भर्ना छन्। होम आईसोलेशनमा १ हजार ६ सय ४३ पुरुष र १ हजार ५ सय ४३ गरी ३ हजार १ सय ८६ जना बसिरहेका छन्। बाहिरी जिल्लाका १ सय ९२ जनाको बाँकेमा उपचार भइरहेको छ।  
अर्को समाचार
बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु
०८ जेष्ठ २०७८
•
१ मिनेट पाठ
बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु
बाँकेमा कोरोनाको उपचार हुँदै आएको भेरी अस्पताल र शिक्षण अस्पतालमा थप आठ सङ्क्रमितको मृत्यु भएको छ ।  




नेपालगञ्जस्थित भेरी अस्पतालमा चार र शिक्षण अस्पताल कोहलपुरमा चार गरी आठजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताए। उनका अनुसार मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१० निवासी ४४ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका–१० दाङ निवासी ५२ वर्षीय पुरुष, कोहलपुर–६ निवासी ५२ वर्षीया महिला, भीमदत्त नगरपालिका–२ कञ्चनपुरका ५४ वर्षीय पुरुष र जोशीपुर गाउँपालिका–१ कैलालीका ५० वर्षीय पुरुष रहेका छन्।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–६ निवासी ५० वर्षीय पुरुष, मधुवन नगरपालिका–७ बर्दिया निवासी ५७ वर्षीय पुरुष र लमही नगरपालिका–२ दाङ निवासी ६८ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २२७ र जिल्लाकै २७२ जनाको मृत्य भइसकेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले बताए।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस