२४ घण्टा नबित्दै बाँकेमा थप १० संक्रमितको मृत्यु
२० वैशाख २०७८
•
३ मिनेट पाठ
२४ घण्टा नबित्दै बाँकेमा थप १० संक्रमितको मृत्यु
नयाँ भेरियन्टका रुपमा तीव्र फैलिएको कोरोना संक्रमणबाट बाँकेमा दिनहुँ मृत्युदर बढिरहेको छ। बाँकेमा २४ घण्टा नबित्दै थप १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेका ९ र बर्दियाका १ जना रहेका छन्। कोरोना संक्रमणबाट बाँके, खजुरा गाउँपालिका ७ की ३२ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। 




उपचारका क्रममा उनको सोमबार बिहान साढे ९ बजेतिर मृत्यु भएको हो। यही वैशाख १० गते बागेश्वरी ल्याबमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि उनी वैशाख १६ गते भेरी अस्पतालमा भर्ना भएकी थिईन्।  खजुरा २ कै ३२ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको सोमबार बिहान साढे ८ बजेतिर मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कलेजमा यही बैशाख ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसपछि उनी वैैशाख ७ गते भेरी अस्पतालमा भर्ना भएका थिए।  

बर्दिया, बढैयाताल गाउँपालिका ८ का ४७ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको सोमबार बिहान साढे ६ बजेतिर मृत्यु भएको हो। भेरी अस्पतालमा यही वैशाख १७ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसको भोलीपल्ट उनी भेरी अस्पतालमा भर्ना भएका थिए।  

बाँके, बैजनाथ गाउँपालिका ५ की ३३ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही वैैशाख १६ गते भर्ना भएकी उनलाई १९ गते कोरोना पुष्टि भएको थियो। स्वास्थ्यमा सुधार नआएपछि सोमबार बिहान ६ बजे मृत्यु भएको हो।

नेपालगन्ज–१ का ६६  वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पततालमा उनको उपचारका क्रममा सोमबार बिहान ४ बजेतिर मृत्यु भएको हो । भेरी अस्पतालमा यही बैशाख १५ गते भर्ना भएका उनलाई भोलीपल्ट कोरोना पोजेटिभ देखिएको थियो। नेपालगन्ज–३ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा यहि वैशाख ६ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएपछि उनी भोलीपल्ट अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्य अवस्था गम्भिर भएपछि उनको सोमबार बिहान साढे ३ बजेतिर मृत्यु भएको हो।

बैजनाथ गाउँपालिका ८ बाँकेकी ६० वर्षीया महिलाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा आइतबार पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। सोही दिन अस्पतालमा भर्ना भएकी उनको आइतबार राती सवा १ बजेतिर मृत्यु भएको हो।

कोहलपुर नगरपालिका १५ का ६०  वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको आइतबार राती १ बजेतिर मृत्यु भएको हो। मेडिकल कलेजमा वैशाख १७ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन अस्पतालमा भर्ना भएका थिए।

नेपालगन्ज–५ का ४८  वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राती सवा ९ बजेतिर मृत्यु भएको हो। भेरी अस्पतालमा यहि वैशाख ८ गते उनलाई कोरोना पोजेटिभ देखिएपछि वैशाख १४ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका थिए।

बाँके, खजुरा ४ का ८२  वर्षीय पुरुषको मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कलेजमा शनिबार भर्ना भएका उनको आइतबार पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि सोही दिन बेलुकी ७ बजेतिर मृत्यु भएको हो। यस सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ र जिल्ला बाहिरका मृतकको संख्या १ सय २२ पुगेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। ‘अहिलेको महामारीमा अन्य कुनै रोग नभएका धेरै व्यक्तिको कोभिड संक्रमणका कारण मृत्यु भएको छ,’ उनले भने। 
अर्को समाचार
६ हजार ८सय २५ जना कोभिडका नयाँ बिरामी थप, ५ हजार ९०४ जना संक्रमणमुक्त
२० जेष्ठ २०७८
•
१ मिनेट पाठ
६ हजार ८सय २५ जना कोभिडका नयाँ बिरामी थप, ५ हजार ९०४ जना संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८सय २५ जना कोभिडका नयाँ बिरामी थपिएका छन्।




स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ हजार ५६२ वटा पीसीआर र ३ हजार २११ वटा एन्टीजेन परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको जनाएको छ। सो अवधिमा ७५ जनाको मृत्यु भएको जनाउँदै मन्त्रालयले ५ हजार ९०४ जना संक्रमणमुक्त भएको उल्लेख गरेको छ।

बिहीबार थपिएका संक्रमित सँगै नेपालमा ५ लाख ७६ हजार ९३६ जना संक्रमित पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाक कारण ७ हजार ६ सय ३०जनाको मृत्यु भएको छ। 
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस