आइसीयुमा भर्ना हुने पालो कुर्दाकुर्दै जान्छ संक्रमितको ज्यान
१८ वैशाख २०७८
•
४ मिनेट पाठ
आइसीयुमा भर्ना हुने पालो कुर्दाकुर्दै जान्छ संक्रमितको ज्यान
लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डमा शुक्रबार बुटवलका एक पुरुषको मृत्यु भयो। श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका ती संक्रमितलाई बेड खाली भएपछि आइसीयुमा सार्ने भनेर इमरजेन्सीमै राखिएको थियो। तर गम्भीर अवस्थाका ती संक्रमितले अक्सिजनका भरमा मात्रै मृत्युसँग लड्न सकेनन्।  




रुपन्देहीको देवदह नगरपालिकी ४९ वर्षे संक्रमित महिलाको पनि उपचार नपाएरै ज्यान गयो। संक्रमण पुष्टि भएर गम्भीर स्वास्थ्य समस्या देखिएकी उनको अस्पताल भर्ना हुने पालो कुर्दाकुर्दै मंगलबार मृत्यु भएको हो। ती महिलाका श्रीमान् वडाध्यक्ष भएकाले नगर प्रमुख हिराबहादुर खत्री लगायतले बुटवल भैरहवा, काठमाडौ र चितवनका अस्पतालमा आइसीयु बेडका लागि हारगुहार गरे। कुनै सीप नलागेपछि प्रादेशिक अस्पताल बुटवल लगियो। ‘उहाँको अवस्था नाजुक थियो । तत्कालै आइसीयुमा राख्नुपर्ने बिरामीलाई अक्सिजनले मात्रै बचाउन सकिएन’ प्रादेशिक अस्पतालका डाक्टर बिष्णु गौतमले भने।

‘उच्च ज्वरो र श्वास फेर्न समस्या भएको बिरामीलाई न आईसीयु न अक्सिजन, बिरामी छटपटाइ रहँदा निरीह भएर हेर्नुपर्ने कस्तो बिडम्बना!’ ती महिलाका श्रीमानले नागरिकसँग भने।  

नवलपरासीको रामग्राम ९ का ३५ वर्षे युवाले आइसीयु बेड कुर्दाकुर्दै तीन दिनअघि ज्यान गुमाए। श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका उनलाई सोमबार बुटवल ल्याइएको थियो। कोभिड अस्पतालहरुमा बेड खाली नभएपछि फर्काएर नवलपरासीकै पृथ्वी चन्द्र अस्पताल लगियो। जहाँ न संक्रमितको उपचारका लागि आइसीयु बेड छन् न पर्याप्त अक्सिजन। उचित उपचार नपाउँदा ती युवाको मृत्यु भएको पृथ्वीचन्द्र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नुरुल होदाले बताए। ती युवाका बुवाको पनि सात दिनअघि कोभिड अस्पतालमा भर्नाका लागि चक्कर काट्दा–काट्दै मृत्यु भएको थियो।  

केही दिनअघि अर्घाखाँचीको मालारानीका ५८ वर्षे पुरुषको उपचार नपाएरै ज्यान गयो । दुई साताअघि भारतबाट फर्केका उनलाई रुपन्देहीको बेलहिया नाकामा चेकजाँच नगरी घर पठाइयो। ९ गते स्वास्थ्य समस्या देखियो। परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि बुटवल ल्याइएपनि  कोभिड अस्पतालहरुमा बेड नपाएपछि फर्काएर घर लगियो। मंगलबार अवस्था गम्भीर भएपछि जिल्ला अस्पताल सन्धिखर्क लगियो, त्यही उनको मृत्यु भयो।  

लुम्बिनी प्रदेशमा पछिल्लो समय गम्भीर लक्षणसहितका संक्रमितको संख्या ह्वात्तै बढेको छ। यहाँका कोभिड अस्पतालहरु भरिभराउ छन्। आइसीयु, भेन्टिलेर बेड अभाव छ। अस्पतालहरुमा अक्सिजनको अभाव छ। गम्भीर स्वास्थ्य समस्या देखिएका संक्रमितले भर्ना हुन पाइरहेका छैनन् ।नयाँ बिरामीहरु फर्काइएका छन्। भर्ना हुने पालो कुर्दाकुर्दै संक्रमितहरुले सामान्य अक्सिजनसमेत नपाएर ज्यान गुमाइरहेका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म ५७० संक्रमितको मृत्यु भइसकेको छ। निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले बैशाखमा संक्रमितको संख्या र मृत्युदर हवात्तै बढेको बताए। उनका अनुसार दैनिक १२/१५ जनाका दरले संक्रमितको मृत्यु भइरहेको छ। शनिबारमात्रै रुपन्देही र बाँकेमा ९/९ जनाको मृत्यु भएको छ।

प्रदेशमा सक्रिय संक्रमितको सख्या १० हजार २३७ छ । दैनिक करिब एक हजारको हाराहारीमा नयाँ संक्रमितहरु थपिएको र यो क्रम अझ बढ्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

प्रदेश सरकारको तयारी फितलो

संक्रमण र मृत्युदर बढिरहँदा प्रदेश सरकारले पर्याप्त बेड, उपकरण र जनशक्तिको व्यवस्थापनमा ध्यान दिएको छैन। यसअघिकै सीमित संरचनाले काम चलाइएको छ। एक बर्षअघि बनाउने भनिएका एचडियु बेड र जनशक्ति थप गर्ने योजना दोश्रो लहरले भयावह स्थिति सिर्जना भएपछि बल्ल अगाडि बढाइएको छ। प्रदेश सरकारले पर्याप्त बजेटको समेत व्यवस्था नगर्दा पूर्वाधारसँगै कोभिड अस्पतालहरुले जनशक्तिको पनि अभाव झेलिरहेका छन्। बुटवलको कोरोना अस्पतालका स्वास्थ्यकर्मीहरुले तीन महिनादेखि तलबभत्ता समेत पाएका छैनन्।  

यो प्रदेशमा रुपन्देही, बाँके र दाङमा मात्रै कोभिड अस्पताल छन्। बुटवलको धागो कारखानाको कोभिड अस्पतालमा १४ बेडको आइसीयु र ३ वटा भेन्टिलेटर छन्। पोहोर नै संचालन गर्ने भनिएका एचडियु बेड शनिबार बल्ल तयार गरिएकोअस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए। ‘स्थिति भयावह भएपछि ३२ वटा एचडीयु बेड तयार गरियो। तर तिनले स्थितिलाई थेग्न सक्तैन’ डा. पाठकले भने।

भैरहवाको भीम अस्पतालमा ५ आइसीयुसहित २० वटा एचडियु बेड छन् । दाङको बेलझुण्डीमा आइसीयु  ५, भेन्टिलेटर ६ र ३० वटा एचडियु बेड छन्। बाँकेको भेरी अस्पतालमा १५ वटा आइसीयु, १० भेन्टिलेटर र एचडियु बेड ५० छन्। नेपालगञ्ज मेडिकल कलेजले कोभिडका लागि २५ वटा आइसीयु र २ भेन्टिलेटर छुट्याएको छ।

अहिले यी सबै बेडहरु भरिएपछि जनरल वार्ड, गल्ली र पेटीमा समेत अक्सिजन लगाएर संक्रमितको उपचार गरिएको छ। थेग्नै नसकेपछि लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा समेत संक्रमितहरुलाई राखिएको छ। वेडसँगै अक्सिजनको पनि अभाव छ। बेलझुण्डीको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको अस्पतालका व्यवस्थापक द्रोण ओलीले बताए।  

प्रदेशका ६ वटा पहाडी र ३ वटा तराईका जिल्ला अस्पतालमै सघन उपचारको सुविधा छैन । ती जिल्लाका संक्रमितलाई रुपन्देही, दाङ या बाँके नै पुर्याउनु पर्छ। लुम्बिनी प्रादेशिक अस्पतालका डा. सुदर्शन थापाले निको हुने संक्रमितको दर न्यून रहेकाले स्थिति अझै भयावह हुन सक्ने बताए।

जटिल परिस्थितिसँग जुझ्न पहाड तराईका सबै जिल्लामा सघन उपचार कक्ष सहितका कोभिड अस्पताल, जनशक्ति र अक्सिजनको पर्याप्त व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताए। कोभिडको चेन ब्रेकका लागि बिगतमा जस्तै कडा लकडाउन, नाकामा विशेष सावधानी, कोभिड खोप, मास्क सेनिटाइजरको प्रयोगमा उनले जोड दिए।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
४ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस