२० एम्बुलेन्स र चार बस सहयोग
१२ माघ २०७०
•
२ मिनेट पाठ
२० एम्बुलेन्स र चार बस सहयोग
काठमाडौं– भारतले आफ्नो ६५ औं गणतन्त्र दिवसको अवसरमा नेपाललाई २० वटा एम्बुलेन्स र चारवटा बस उपहार स्वरूप प्रदान गरेको छ। २० जिल्लाका अस्पताल र नाफा कमाउने उद्देश्य नभएका परोपकारी तथा शैक्षिक संस्थालाई काठमाडौंस्थित भारतीय दूतावासमा आइतबार एम्बुलेन्स र बस हस्तान्तरण गरिएको छ।
नेपालका लागि भारतीय राजदूत रन्जित रेले १७ जिल्लाका संस्थालाई एक–एक एम्बुलेन्स र चारवटा बस प्रदान गरेका थिए। बाँकी तीन एम्बुलेन्स वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले आफ्नो क्षेत्राधिकारअन्तर्गत पर्ने संस्थालाई प्रदान गरेको थियो।

सोही अवसरमा राजदूत रेले नेपालका दुर्गम जिल्लाका साथै विभिन्न क्षेत्रमा रहेका शैक्षिक तथा तालिम प्रदान गर्ने ५० वटा संस्थालाई पुस्तक पनि उपहार स्वरूप प्रदान गरेका थिए।

गणतन्त्र दिवस '२६ जनवरी' मा आयोजना गरिएको कार्यक्रममा राजदूत रेले राष्ट्रिय झन्डा फहराई भारतका राष्ट्रपतिले राष्ट्रका नाममा दिएको सन्देश पढेर सुनाएका थिए। राष्ट्रपतिको सन्देशमा आफ्ना छिमेकी देशहरूको शान्ति, स्थायित्व र विकासमा भारतको सहयोग रहने उल्लेख छ।

भारतले सन् १९९४ यता नेपालका ७१ जिल्लाका संस्थालाई ४ सय २२ वटा एम्बुलेन्स उपहार स्वरूप प्रदान गरेको छ। यसबाट पहुँचभन्दा टाढा रहेका नागरिकको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउन सहयोग पुगेको दूतावासले जनाएको छ। यस्तै, हालसम्म नेपालका २४ जिल्लाका शैक्षिक तथा कल्याणकारी संस्थालाई ८२ वटा बस उपहार स्वरूप प्रदान गरेको दूतावासले जनाएको छ। ६५ अर्ब भन्दा बढी लगानीमा बृहत नेपाल–भारत विकास साझेदार कार्यक्रमअन्तर्गत भारतले एम्बुलेन्स तथा बस उपहार स्वरुप प्रदान गरेको हो।
अर्को समाचार
गाउँपालिकालाई एम्बुलेन्स सहयोग
१२ माघ २०७५
•
१ मिनेट पाठ
गाउँपालिकालाई एम्बुलेन्स सहयोग
भारतीय राजदूत पुरीको हातबाट एम्बुलेन्सको चावी लिँदै गाउँपालिकाका अध्यक्ष रावल। तस्बिर : जनक/नागरिक
हुम्ला - हुम्लामै पहिलो पटक गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरीएको छ। भारतीय राजदूतावासले आफ्नो ७० औैं गणतन्त्र दिवसको अवसर पारेर जिल्लाको खार्पुनाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको हो।

भारतीय राजदूतावासले शनिबार नै एम्बुलेन्सको चावी गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरेको खार्पुनाथ गाउँपालिकाका लेखापाल बिशाल बोहोराले बताए। चावी बुझेपछि गाउँपालिकाका अध्यक्ष रावलले  नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसहित भारतीय दूतावासले हुम्ला जस्तो विकट ठाउँलाई सम्झेर ठुलो गुन लगाएकोमा धन्यवाद दिए। भारतीय राजदूतावासबाट यसरी एम्बुलेन्स सहयोग पाउने खार्पुनाथ गाउँपालिका हुम्ला जिल्लाकै पहिलो भएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस