काठमाडौं-सरकारले इबोला संक्रमित अफ्रिकी देशबाट नेपाल प्रवेश गरेका २२ जनालाई स्वास्थ्य निगरानीमा राखेको छ। यसमा दुई जना नेपाली सैनिक पनि छन्।
अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ १ देखि सञ्चालित ‘हेल्थ डेस्क' ले प्रारम्भिक स्वास्थ्य परीक्षणका आधारमा २२ जनालाई निगरानीमा राखेको हो। कसैमा पनि शंकास्पद लक्षण भने देखिएको छैन। शरीरमा भाइरस प्रवेश गरेको २१ दिनसम्म लक्षण देखिनसक्ने हुँदा निगरानीमा राख्नुपरेको स्वाथ्यकर्मी बताउँछन्।
‘तत्काल लक्षण देखिए अस्पताल लगिन्छ, नदेखिए निरन्तर तोकिएको स्वास्थ्य संस्थाको सम्पर्कमा रहने गरी घर पठाइन्छ,' इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले मंगलबार नागरिकसँग भने, ‘अहिलेसम्म हामीले कुनै शंकास्पद लक्षण भएका मान्छे भेटेका छैनौं।'
उनका अनुसार निगरानीमा रहेका सबैको स्थानीय ठेगाना र सम्पर्क नम्बर लिइएको छ। डेस्कबाट प्रत्येक साता स्वास्थ्य अवस्थाबारे सोधपुछ गरिनेछ। तोकिएको स्वास्थ्य संस्थाले पनि निगरानी गरिरहेको हुन्छ। सरकारले वीर, टेकु, सैनिक र प्रहरी अस्पताललाई इबोलाका बिरामी उपचार गर्ने संस्था तोकेको छ।
निगरानीमा रहेका २२ मध्ये ३ विदेशी र अन्य नेपाली छन्। अधिकांश राजधानीकै हुन्। दुई सैनिकलाई भने नगरकोटको तालिम केन्द्रमा लगेर अरूसँग सम्पर्क नहुने ठाउँमा राखिएको नेपाली सेनाले जनाएको छ।
सैनिक प्रवक्ता सहायकरथी जगदिशचन्द्र पोखरेलले संक्रमण फैलिएका देशबाट फर्किने सबै सैनिकलाई नगरकोट तालिम केन्द्रमा तीन साता छुट्टै राख्ने निर्णय भएको जानकारी दिए। ‘त्यसपछि मात्र परिवारलाई भेट्ने वा ब्यारेक जाने अनुमति दिइन्छ,' उनले भने।
सैनिक स्वास्थ्य महानिर्देशनालयअन्तर्गत स्वास्थ्य टोली व्यवस्था गरेर समय/समयमा जाँचको प्रबन्ध गरिएको उनले बताए।
पोखरेलका अनुसार संक्रमण बढी फैलिएका चार देशमध्ये लाइबेरियामा नेपाली सेनाका ३५ जना कार्यरत छन्।
निगरानीमा रहेका २२ मध्ये अधिकांश केन्याबाट आएका हुन्। इबोला भाइरस बढी फैलिएका देशहरू गिनी, सियरालियोन, लाइबेरिया र नाइजेरियाबाट एक–एक जना छन्। तीन विदेशीमध्ये दुई जना अफ्रिकाकै नागरिक भएको र एक जना अफ्रिकालाई ट्रान्जिट बनाएर नेपाल भित्रिएका बेलायती नागरिक रहेको महाशाखाले जनाएको छ।
महाशाखाले निगरानीमा रहेका सबैलाई कुनै पनि शंकास्पद लक्षण देखिए तत्काल स्वास्थ्य डेस्कमा खबर गर्न भनेको छ। घरमा बस्दा परिवारसँग लसपस नगर्न पनि सुझाइएको छ।
‘ज्वरो आउने, पखाला लाग्ने, बान्ता आउने, कमजोरी महसुस हुने, आँखा रातो हुने र खोकी लाग्नेजस्ता लक्षण देखिए तुरुन्त हेल्थ डेस्कमा खबर गर्न भनेका छौं,' डा. मरासिनीले भने, ‘यस्ता लक्षण देखिए विशेष सावधानीका साथ अस्पताल नै भर्ना गर्नुपर्छ।'
सरकरले इबोला भाइरस भित्रिन नदिन संक्रमित देशबाट आउनेहरूलाई विमानदेखि नै निगरानी गर्न थालेको छ। वायुसेवा कम्पनीसँग रेकर्ड मागेर सुरुमै संक्रमण फैलिएका देशबाट आउनेलाई हेल्थ डेस्कमा ल्याएर दोहोरो स्वास्थ्य जाँच गरिन्छ। हेस्थ डेस्कमा ६ जना स्वास्थ्यकर्मी छन्। उनीहरूले प्रतिसिफ्ट दुई जनाका दरले १८ घन्टा ड्युटी गर्छन्।
सुरुमा स्वास्थ्य जाँचका लागि प्रयोग गरिने विशेष उपकरण ‘फर्मल सेन्सर क्यामरा' ले जाँचिन्छ। त्यसपछि टाढाबाटै स्वास्थ्य जाँच गर्न सकिने उपकरण ‘रेजर गन' ले ज्वरो नापिन्छ। मानिसलाई नछोइकनै शरीरका तापक्रमलगायत अवस्था थाहा पाउन यी उपकरण विमानस्थलको हेल्थ डेस्कमा जडान गरिएको छ।
सेन्सर क्यामरा कम्युटरमा जडान गरिएपछि क्यामराले ओगट्ने क्षेत्रभित्र हिँड्दै गरेको मानिसको शरीरको तापक्रम स्त्रि्कनमा देखिन्छ। रेजर गनले पनि मानिसलाई नछोइकन तीन फिट टाढाबाट तापक्रम नाप्न सकिन्छ। बन्दुक आकारको यो उपकरणलाई मानिसको कन्चटतिर तेर्स्याएपछि तत्कालै तापक्रम देखिन्छ। अफ्रिकाबाट आएका यात्रुसँग सिटमा बसेकालाई पनि स्वास्थ्य परीक्षण गराएर मात्र पठाउने गरिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई साताअघि इबोलालाई ‘विश्वव्यापी महामारी' घोषणा गरेपछि नेपालमा पनि विशेष सतर्कता अपनाउन थालिएको हो। परराष्ट्र मन्त्रालयले बढी संक्रमित देश भ्रमण नगर्न आग्रह गरिसकेको छ। सरकारले एयरपोर्टबाहेक भारतसँग जोडिएका विभिन्न नाकामा हेल्थ डेस्क राख्न सुरु गरिसकेको डा. मरासिनीले जानकारी दिए।
इबोला संक्रमितका शरीरबाट निस्किने रगत, पसिना, दिसा, पिसाब, थुक, वीर्य, यौनरसलगायत कुनै पनि तरल पदार्थबाट यो भाइरस सर्न सक्छ। मुखभित्रको छाला र काटेको वा कोतरेको ठाउँबाट बग्ने तरलबाट पनि भाइरस सर्छ। शरीरबाट निस्कने यस्ता तरल पदार्थमा यो भाइरस घन्टौं बाँच्नसक्छ। संक्रमित व्यक्तिको शवबाट पनि संक्रमणको खतरा हुन्छ।
यो रोगमा ९० प्रतिशतसम्म मृत्युदर छ। संक्रमण भए कम्तीमा ४९ दिनसम्म शारीरिक सम्पर्क राख्नुहुन्न। सकेसम्म एउटै ओछ्यान, भाँडाकुँडा, शौचालयसमेत प्रयोग नगर्न र जुठो नखान चिकित्सकहरू सुझाव छ।
इबोला भाइरस चमेरोको शरीरमा भेटिए पनि यो जंगली जनावरको मासुबाट मानिसमा सरेको हुनसक्ने अनुमान छ। यो भाइरस सन् १९७६ मा कंगोको इबोला नदी नजिक भेटिएको थियो। त्यतिबेला अफ्रिकामा आउजाउ कम भएकाले नियन्त्रणमा लिन सजिलो भयो। त्यसपछि पनि बर्सेनि १०/२० जनाको इबोला भाइरसबाट मृत्यु हुने गरेको थियो। यसपालि भने पश्चिमी अफ्रिकाबाट फैलिएपछि विश्वव्यापी महामारीको रूप लियो।
मार्चमा अफ्रिकी मुलुक गिनीबाट फैलिएको यो भाइरसले हाल अफ्रिकाका सियरालियोन, लाइबेरिया र नाइजेरियामा समेत ठूलो महामारीको रूप लिएको छ। यी देशमा नेपाली शान्ति मिसन परिचालित छन् भने वैदेशिक रोजगारका लागि गएका नेपाली पनि प्रशस्तै छन्। नाइजेरिया, कंगो, दक्षिण अफ्रिकालगायत देशमा करिब २ लाख नेपाली रहेको अनुमान छ।
इबोला प्रभावितमा ठूलो संख्यामा चिनियाँ र ४५ हजारभन्दा बढी भारतीय रहेको अनुमान छ। भारतमा अफ्रिकाबाट आउजाउ बढी रहेकाले त्यहाँ रोग देखापरे नेपालमा पनि जोखिम बढी हुने चिकित्सक बताउँछन्। साउदीमा समेत इबोलाको संक्रमण देखिएकाले त्यहाँका नेपाली जोखिममा छन्।