काठमाडौं-चाडबाड क्रममा पारिवारिक जमघट, भ्रमण र भेटघाट जति हार्दिक र आनन्ददायक हुन्छ, उचित सावधानी नअपनाउँदा यही जमघट र खानपान रोग फैलाउने कारक बन्न सक्छ।मौसम परिवर्तनको यो समय दसैं मनाउन पहाडबाट तराई वा तराईबाट पहाड जाँदा बिरामी पर्ने जोखिम त छँदैछ, विभिन्न ठाउँमा फैलिएका सरुवा रोगले समेत थला पार्न सक्नेतर्फ चिकित्सकहरू सतर्क गराउँछन्। नयाँ ठाउँमा जाँदा र नयाँ मानिससँग भेट्दा सर्ने खालका रोगबाट बच्न सावधानी अपनाउनुपर्ने उनीहरूको सुझाव छ। ‘कुन रोगबाट कसरी बच्ने र कुन ठाउँमा के/के सरुवा रोगको जोखिम छ भन्ने कम्तीमा थाहा पाउनुपर्छ,' इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले सोमबार नागरिकसँग भने।
महाशाखाका अनुसार यतिबेला तराईका अधिकांश जिल्लामा डेंगी ज्वरोका बिरामी देखा परेका छन्। पूर्वका केही जिल्लामा जापानिज इन्सेफलाइटिस फैलिएको छ। चिकेनगोनिया, वाइस्ट नाइलजस्ता भाइरसले गराउने र न्युराइन टाइफस, रिपेक्सियाजस्ता ब्याक्टेरियाले गराउने रोगसमेत केही ठाउँमा देखिएका छन्। यसबाहेक अफ्रिकामा फैलिएको इबोला र कतारमा फैलिएको कोरोना भाइरसको जोखिम पनि उत्तिकै रहेको डा. पाण्डेले बताए।
देशका ३५ भन्दा बढी जिल्लामा डेंगी बिरामी भेटिएको महाशाखाले जनाएको छ। असोजदेखि मंसिरसम्म फैलिने डेंगीको मध्यसिजन दसैं, तिहार र छठमै पर्छ। नवलपरासी, दाङ, नेपालगन्ज, भैरहवा, कञ्चनपुर, कैलालीसहित पहाडका धादिङ र तनहुँसम्म डेंगी देखापरिसकेको छ। त्यस्ता ठाउँमा गएका बेला डेंगी सार्ने लामखुट्टेले टोके वा बिरामीसँग लसपस भए आफू पनि थला पर्न सक्ने खतरा हुन्छ।
केही महिनाअघि धादिङमा ५ जना चिकेनगुनियाका बिरामीसमेत भेटिएका थिए। अफ्रिकाको नाइल नदीवरपर क्षेत्रमा फैलिएको वाइस्ट नाइल भाइरसका बिरामी नेपालगन्जमा भेटिएको महाशाखा निर्देशक डा. बाबुराम मरासिनीले जानकारी दिए।
अफ्रिकी देशमा पाइने न्युराइन टाइफस ब्याक्टेरियाका बिरामी पनि नेपालका केही ठाउँमा फेला परेका छन्। पछिल्लो समय पाटन अस्पतालले ज्वरोका कारण भर्ना भएका १५ प्रतिशत बिरामीमा यो खालको ब्याक्टेरिया पहिचान गरेको थियो।
भुसुना, उपियाँ, उडुसजस्ता कीराको टोकाइबाट सर्ने ‘रिपेक्सिया' नेपालमा परीक्षण भइसकेको छैन। तर, यहाँबाट फर्किएर गएकामा कडा खालका समस्या देखिएपछि परीक्षण गरेर हेर्दा रिपेक्सिया भेटिएको पुष्टि भएको थियो। यस्ता भाइरसको संक्रमणले कडा ज्वरो आउँछ। चिकेनगुनिया रोग पनि डेंगी ज्वरो गराउने प्रजातिकै लामखुट्टेले सार्ने हुनाले यसका बिरामी बढ्न सक्ने महाशाखाले जनाएको छ।
नेपालमा यसै पनि लामखुट्टे, भुसुनाजस्ता कीराको टोकाइबाट सर्ने रोगको डर वर्षौंदेखि कायम छ। पुराना केही रोग खोप, विषादी छर्ने, औषधि वितरणलगायत अभियानबाट नियन्त्रणमा रहे पनि त्यस्ता रोगले खतराको क्षेत्र परिवर्तन गर्दै लगेको छ।
‘एकातिर भएका रोग पहाड र हिमाली क्षेत्रमा सर्दैछन्, अर्कोतिर नयाँ रोग देखिँदैछन्,' डा. मरासिनीले भने, ‘सर्ने र कीटजन्य रोगको जोखिम नेपालमा उस्तै छ।'
संसारका विभिन्न कुनामा हुने रोगसमेत नेपालमा देखिन सक्ने विज्ञको भनाइ छ। ‘दसैंमा नयाँ ठाउँमा जाँदा, यस्ता रोग सार्न सक्ने जोखिमबाट बच्नुपर्छ,' डा. पाण्डेले भने।
यसअघि नेपालमा जापानिज इन्सेफ्लाइटिस, औलो, कालाजार, डेंगी ज्वरो, हात्तीपाइलेजस्ता रोगका कीराबाट सर्ने रोग बर्सेनि थुप्रैलाई बिरामी गराउने (इन्डेमिक) का रुपमा छन्। सन् २००२ सम्म ठूलो मृत्युको कारण रहेको जापानिज इन्सेफ्लाइटिस हाल पूर्वका झापा, मोरङ र सुनसरीमा फैलिएको छ।
कैलाली, कञ्चनपुर, बाँकेमा औलोको जोखिम बढी छ। ‘भारतबाट यही मौकामा धेरै नेपाल आउँछन्, रोग पनि ल्याउँछन्,' पाण्डेले थपे। लामखुट्टकै टोकाइबाट सर्ने हात्तीपाइलेको जोखिम ६४ जिल्लामा छ।
त्यसैगरी, भुसुनाको टोकाइबाट सर्ने कालाजारको जोखिम झापादेखि मध्य र पूर्वी तराईका ११ जिल्लामा छ। यो रोगको मृत्युदर भने घट्दो छ। तराईको रोग भनेर चिनिने कालाजार, औलो पहाड चढ्दै गरेको महाशाखाको भनाइ छ। ‘चुरेबाट कोसीको तीरैतीर यी रोग ओखलढुंगा, खोटाङ, भेरी, कर्णालीबाट दैलेख, कालिगण्डकीबाट स्याङ्जातिर चढ्दैछ,' मरासिनीले भने।
डा. पाण्डेले तीबाहेक मौसम परिवर्तनको अवस्थामा मौसमी फ्लु, भाइरल ज्वरो, स्वाइन फ्लुको पनि जमघट र भेटघाटले सजिलै सर्ने र फैलिने सम्भावना हुन्छ। डा. पाण्डेले यस्ता सरुवा रोग हात मिलाउँदा, अंकमाल गर्दा र सँगै बस्दा पनि सजिलै सर्न सक्ने भएकाले पनि सावधानी आवश्यक पर्छ।
घरमा बाहिर रहेका सदस्य फर्कंदा र पाहुना बढ्दा पर्याप्त झुल एवं सुरक्षित सुत्ने ठाउँको पनि व्यवस्था नहुने र यसले जोखिम बढाउने चिकित्सक बताउँछन्।