इबोला भाइरस सन्त्रास : भरपर्दो छैन रोक्ने तयारी
०२ कार्तिक २०७१
•
१३ मिनेट पाठ
इबोला भाइरस सन्त्रास : भरपर्दो छैन रोक्ने तयारी
काठमाडौं- 'विश्वव्यापी महामारी' घोषित इबोला रोग बढी संक्रमण भएका चारमध्ये एक लाइबेरियाबाट १ सय ३१ जना सशस्त्र प्रहरी बिहीबार नेपाल आए। यही देशबाट १ सय ६० जना दस दिनपछि स्वदेश फर्कंदैछन्। यसअघि पनि अफ्रिकी देशबाट आएका २२ जनालाई सरकारले स्वास्थ्य निगरानीमा राखेको जनाएको थियो।




इबोला संक्रमित देशबाट आउनेलाई अरूसँग लसपस हुन नदिई 'छुट्टै ठाउँमा निगरानीमा राख्ने' व्यवस्था गरिए पनि रोगका लक्षण देखिए उपचार र फैलिन नदिनेतर्फ कुनै तयारी भएको छैन।
अमेरिका र युरोपका विकसित मुलुकसमेत इबोला रोकथाम र संक्रमण रोक्न असफल भइरहेका बेला अहिलेकै अवस्थामा नेपाल छिरे भयावह स्थिति सिर्जना हुने विज्ञहरूले चेतावनी दिएका छन्।
यस्तो चेतावनीविपरीत सरकारले भने अन्तर्राष्ट्रिय विमानस्थलमा 'हेल्थ डेस्क' राख्नेबाहेक अर्को भरपर्दो तयारी गरेको छैन। हेल्थ डेस्कले पनि लक्षण देखिए मात्र इबोला खुट्ट्याउनसक्छ। भदौ पहिलो साता नाइजेरियाबाट आएका एक यात्रुलाई ज्वरो आएको थाहा पाएपछि हेल्थ डेस्ककै स्वास्थ्यकर्मी तथा एयरपोर्टमा खटिएका सुरक्षाकर्मीको भागाभाग भएको थियो।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इबोला सम्पर्क अधिकृत डा. वासुदेव पाण्डे विमानस्थलमा 'हेल्थ स्त्रि्कनिङ डेस्क' राख्नेबाहेक उपचार र रोग फैलिन नदिन प्रभावकारी तयारी नभएको स्वीकार गर्छन्।
'रोग बढी संक्रमित भएका अफ्रिकी मुलुकबाट थुप्रै संख्यामा प्रहरी र सर्वसाधारण आइरहेका छन्, तर हामीसँग रोगका लक्षण देखिए अस्पताल पुर्याअउने र नफैलिने गरी उपचार गर्ने तयारी छैन,' उनले आइतबार नागरिकसँग भने, 'देश ठूलो महामारीको त्रासबाट गुजि्रए पनि त्यसविरुद्ध लड्ने तयारीमा हामी कमजोर छौं।'
महाशाखा प्रमुख डा. बाबुराम मरासैनी इबोला रोगका लक्षण पाइएको अवस्थामा बिरामीलाई अस्पताल पुर्यासउन विशेष एम्बुलेन्ससमेत नभएको बताउँछन्। अरू बिरामी बोक्ने एम्बुलेन्सले इबोलाको शंका भएका बिरामी बोक्नु हुँदैन। यतिमात्र होइन, अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा काम गर्ने स्वास्थ्यकर्मीलाई लक्षण देखिएका बिरामीको कसरी सुरक्षित उपचार गर्ने भनी तालिमसमेत दिइएको छैन।
विमानस्थलको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई अलिअलि ज्ञान भए पनि उपत्यकाबाहिरका स्वास्थ्यकर्मी यसबारे बेखबर रहेको डा. मरासैनी बताउँछन्। हालसम्म सरकारले काँकडभिट्टा, विराटनगर, बुटवल, नेपालगन्ज र वीरगन्जस्थित सीमानामा स्वास्थ्य जाँचकेन्द्र राखेको छ। त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई तालिम भने दिएको छैन। 

विज्ञका अनुसार इबोलाका बिरामी ओसार्न विशेष र सुविधायुक्त एम्बुलेन्स प्रयोग गर्नुपर्छ, जसमा चालकलगायत स्वास्थ्यकर्मीलाई समेत संक्रमण नहुने गरी उच्च सावधानी अपनाइएको हुन्छ। अस्पताल पुर्यारएपछि पनि अन्य बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्ने खतरा हुन्छ। सरकारले यस्तो संक्रमण रोक्नेतर्फ केही सोचेकै छैन।
'वीर अस्पतालले इबोलाका बिरामी उपचार गर्न एउटा बेड छुट्टयाए पनि सम्भावित संक्रमण रोक्न कुनै तयारी गरेको छैन। पाटनले एउटा कोठा छुट्ट्याएको छ, तर अरू सुविधा केही छैन,' डा. पाण्डेले भने, 'टेकु अस्पतालमा पनि खास तयारी छैन।'
'काठमाडौंको अवस्था त यस्तो छ भने बाहिरका अस्पतालमा के स्थिति होला?' उनको प्रश्न छ।
चिकित्सकका अनुसार आइसियु लग्नुपर्ने अवस्थाका इबोला बिरामीलाई बचाउन सकिने सम्भावना कम हुन्छ। सामान्य लक्षण देखिएकै अवस्थामा अस्पताल पुर्यावएर विशेष उपचार दिनुपर्ने उनीहरूको भनाइ छ। यसको निम्ति रोगको आशंका भए तत्काल जाँच गर्न प्रयोगशाला हुनुपर्छ। नेपालमा इबोला भाइरस पत्ता लगाउन सक्ने प्रयोगशाला एउटै छैन।
'पहिला कम्तीमा र्यारपिड टेस्ट गर्नुपर्छ, शंका लागे सुविधासम्पन्न ल्याबमा पठाउने हो, अहिले हामी त्यो पनि गर्न सक्दैनौं,' मरासैनीले भने। प्रयोगशालाका प्राविधिकलाई संक्रमण नहुने गरी नमूना संकलनको तरिकासमेत ज्ञान नभएको उनको भनाइ छ। 
सर्वसाधारणमा पनि इबोलासम्बन्धी चेतना एकदमै कम छ। संक्रमण भएको ३ देखि २१ दिनसम्म रोगको लक्षण देखिन सक्छ। त्यही भएर समुदायस्तरमा रोगबाट बच्नेबारे उच्च तहको जानकारी हुनुपर्ने डा. पाण्डे बताउँछन्।
सरकारले हालसम्म स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा उपचारका लागि छुट्ट्याएका अस्पताल निर्देशक, महाशाखा प्रमुखसमेत रहेको प्राविधिक तयारी एवं रेस्पोन्स समिति बनाएको छ। समितिको सिफारिसमा उपचार क्रममा स्वास्थ्यकर्मीको मृत्यु भए ५० लाख रुपैयाँसम्म क्षतिपूर्ति दिनेबारे अर्थ हुँदै मन्त्रिपरिषदमा सिफारिस गरिएको छ। निर्णय भने भइसकेको छैन।
हालसम्म प्रभावित मुलुकमा ४ सय २७ स्वास्थ्यकर्मी इबोलाबाट संक्रमित भएकामा २ सय ३६ को मृत्यु भइसकेको छ। नेपालजस्तो देशमा रोग संक्रमण भएको अवस्थामा उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीसमेत अभाव हुनसक्ने विज्ञहरूले चेतावनी दिएका छन्। 'अत्यन्तै सावधानी अपनाउने देशहरूलाई पनि उपचारमा संलग्न स्वास्थ्यकर्मी जोगाउन मुस्किल परेको छ, यस्तो अवस्थामा हामीले आफ्नो जनशक्तिलाई दक्ष र साधनस्रोतसम्पन्न राख्न सक्नुपर्छ,' डा. पाण्डेले भने।
इबोला संक्रमण पछिल्ला दिनमा बेलायत, अमेरिका, स्पेनजस्ता देशमा फैलिएको छ। अफ्रिकामा रोग नियन्त्रणबाहिरै छ र मृत्युदर पनि बढ्दैछ। ९० प्रतिशतसम्म मृत्युदर भएको इबोला संक्रमण भइसकेको अवस्थामा यसबाट बच्न 'सुपरस्पेसियालिस्ट' चिकित्सकसहित पूर्वाधार, औषधि र उपकरणको आवश्यकता पर्छ। यस्तो कुनै तयारी नेपालमा छैन।
सरुवा रोग विशेषज्ञ डा. मानसकुमार बनर्जी डब्लुएचओले विश्वव्यापी महामारी घोषणा गरिसकेको अवस्थामा 'त्रासभन्दा विवेकसम्मत् सावधानीको खाँचो' औंल्याउँछन्। सीमा नाका तथा विमानस्थलमा 'स्वास्थ्य स्त्रि्कनिङ डेस्क' राख्नुपर्ने र शंकास्पद लक्षण देखिए तत्काल कसैको सम्पर्कमा नआउने गरी छुट्टै उपचार गर्नुपर्ने उनको सुझाव छ। यसका लागि अस्पताल किटान गरेर अलग्गै वार्डको व्यवस्था गर्नुपर्ने उनी बताउँछन्। 'विमानस्थल र नाकामा स्वास्थ्य जाँचका लागि खटिने टोलीलाई पनि विशेष सुरक्षा उपाय अपनाउनुपर्छ,' उनले भने, 'यसमा टाउकोदेखि खुट्टासम्म ढाक्ने कपडा, मास्क, ग्लोब्सलगायत पर्छन्।'
नेपालमा व्यक्तिगत तथा सामुदायिक सरसफाइमा सावधानी कम भएकाले रोग भित्रिए मृत्युदर अफ्रिकाजस्तै बढी हुनसक्ने खतरा उनले औंल्याए। 'सरसफाइ र स्वास्थ्य उपचार सुविधा कमजोर भएका देशमा नियन्त्रण गर्न कठिन हुन्छ,' उनले भने, 'नेपालले रोग भित्रिनै नदिने तयारीमा बढी ध्यान दिनुपर्छ, जुन हामीले गर्न सकेका छैनौं।'
डा. मरासैनी भने सरकारले गर्नुपर्ने तयारीका लागि बजेट अभाव भएको बताउँछन्। 'अर्थलाई हामीले यो रोगले ल्याउने भयावह अवस्थाबारे बुझाउनै सकेनौं,' डा.मरासैनीले भने, 'पैसा नभएर केही गर्न सकिएको छैन।'
गत मार्चमा अफ्रिकी मुलुक गिनीबाट फैलिएको यो भाइरसले हाल अफ्रिकाका सियरालियोन, लाइबेरिया र नाइजेरियामा ठूलो महामारीको रूप लिएको छ। युरोप र अमेरिकामा समेत देखापरिसकेको छ। केही दिनअघिको डब्लुएचओ तथ्यांकअनुसार रोगका कारण अफ्रिकाका सात मुलुकमा ९ हजार ३ सयभन्दा बढी बिरामी भएका छन्। यसमध्ये ४ हजार ५ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ।
इबोला संक्रमितका शरीरबाट निस्किने रगत, पसिना, दिसा, पिसाब, थुक, वीर्य, यौनरसलगायत कुनै पनि तरल पदार्थबाट यो भाइरस सर्न सक्छ। मुखभित्रको छाला र काटेको वा कोतरेको ठाउँबाट बग्ने तरलबाट पनि भाइरस सर्छ। शरीरबाट निस्कने यस्ता तरल पदार्थमा यो भाइरस घन्टौं बाँच्नसक्छ। संक्रमित व्यक्तिको शवबाट पनि संक्रमणको खतरा हुन्छ।
यो रोगमा ९० प्रतिशतसम्म मृत्युदर छ। संक्रमण भए कम्तीमा ४९ दिनसम्म शारीरिक सम्पर्क राख्नुहुन्न। सकेसम्म एउटै ओछ्यान, भाँडाकुँडा, शौचालयसमेत प्रयोग नगर्न र जुठो नखान चिकित्सकहरू सुझाव छ।
इबोला भाइरस चमेरोको शरीरमा भेटिए पनि यो जंगली जनावरको मासुबाट मानिसमा सरेको हुनसक्ने अनुमान छ। यो भाइरस सन् १९७६ मा कंगोको इबोला नदी नजिक भेटिएको थियो। त्यतिबेला अफ्रिकामा आउजाउ कम भएकाले नियन्त्रणमा लिन सजिलो भयो। त्यसपछि पनि बर्सेनि १०/२० जनाको इबोला भाइरसबाट मृत्यु हुने गरेको थियो। यसपालि भने पश्चिमी अफ्रिकाबाट फैलिएपछि विश्वव्यापी महामारीको रूप लियो।
अर्को समाचार
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
१७ घण्टा अघि
•
१ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
काठमाडौं। जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्छन्। त्यतिबेलासम्म रोगले गम्भीर रूप लिइसकेको हुन सक्छ। समयमै रोग पहिचान हुन नसक्दा उपचार जटिल बन्नुका साथै शिशुको ज्यानै जाने जोखिम हुन्छ।




यस्तो जोखिम न्यूनीकरण गर्न जन्मेको केही दिनभित्रै गरिने नवजात शिशु स्क्रिनिङ महत्वपूर्ण मानिन्छ। यस परीक्षणबाट बाहिरबाट स्वस्थ देखिने शिशुमा समेत लुकेर रहेका जन्मजात तथा मेटाबोलिक रोगको जोखिम पहिचान गर्न सकिन्छ।

चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रतिवेदनअनुसार नेपालमा हाल प्रति एक हजार जीवित जन्ममा १७ नवजात शिशुको मृत्यु हुने गरेको छ। नवजात शिशु मृत्युदर घटाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि जन्मजात तथा वंशाणुगत रोग समयमै पहिचान गर्ने परीक्षण प्रणालीको विस्तार आवश्यक देखिएको छ।

यसैलाई ध्यानमा राखेर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले २०८१ असोज २० गतेदेखि नवजात शिशु स्क्रिनिङ सेवा औपचारिक रूपमा सुरु गरेको हो।

अस्पतालको बालरोग विभागका वरिष्ठ कन्सल्टेन्ट डा. शैलेन्द्र वीर कर्माचार्यका अनुसार जन्मँदा सामान्य देखिने शिशुमा पनि मेटाबोलिक तथा वंशाणुगत रोग हुन सक्ने भएकाले लक्षण देखिनुअघि नै परीक्षण गरी जोखिम पहिचान गर्न सके उपचार सहज हुन्छ।

'सुरुमा हेर्दा यसमा बढी लगानी गर्नुपर्ने जस्तो देखिए पनि दीर्घकालीन रूपमा यो निकै सस्तो हुन्छ। रोगको पहिचान र उपचार समयमै गर्न सकियो भने बच्चाले पछि धेरै दुःख पाउनुपर्दैन,' उनले भने।

प्रारम्भिक स्क्रिनिङमा कुनै रोगको जोखिम देखिएमा त्यसको पुष्टि गर्न थप परीक्षण गरिन्छ। स्क्रिनिङले रोगको सम्भावना मात्र देखाउने भएकाले त्यसैका आधारमा शिशुलाई रोग लागेको निष्कर्ष निकाल्न मिल्दैन। थप परीक्षणबाट रोग पुष्टि भएपछि आवश्यक उपचार सुरु गरिन्छ।

अहिले अस्पतालमा यो सेवा निःशुल्क उपलब्ध छ। तर अभिभावकमा पर्याप्त जनचेतना नहुँदा अपेक्षाअनुसार सबै नवजात शिशु परीक्षणको दायरामा आउन नसकेको डा. कर्माचार्यले बताए।

'हामी अझै सफलताको चरणमा पुगिसकेका छैनौँ, सुरुवाती चरणमै छौँ। यसबारे पर्याप्त रूपमा सचेतना फैलाउन सकिएको छैन। अब स्क्रिनिङको दायरा अझै बढाउनुपर्ने छ,' उनले भने।

परीक्षणको दायरामा सबै शिशुलाई समेट्न चुनौती

अस्पतालले २०८१ साउनदेखि परीक्षणका रूपमा यो सेवा सञ्चालन गरेको थियो। सुरुमा एक हजार ४० नवजात शिशुको निःशुल्क स्क्रिनिङ गरी कार्यक्रम अघि बढाइएको थियो। पहिलो वर्षमै ५० प्रतिशत नवजात शिशुलाई सेवाको दायरामा ल्याउने लक्ष्य राखिए पनि अपेक्षाअनुसार परीक्षण हुन सकेको छैन।

अस्पतालमा वार्षिक करिब २४ हजार शिशुको जन्म हुने गरेको छ। तर जन्मेको केही समयमै शिशुलाई डिस्चार्ज गरेर लैजाने र अभिभावकमा परीक्षणबारे पर्याप्त जानकारी नहुँदा सबैलाई सेवामा समेट्न कठिन भएको अस्पतालको भनाइ छ।

अस्पतालकी प्याथोलोजी विभाग प्रमुख डा. करिश्मा मल्ल वैद्यका अनुसार सेवा सुरु भएदेखि कात्तिकसम्म १५ हजारवटा परीक्षण गरिएको छ। तीमध्ये १६५ वटाको नतिजा शंकास्पद पोजिटिभ आएको छ भने ५० भन्दा बढीमा थप परीक्षणबाट रोगको पुष्टि भएको छ। शंकास्पद नतिजा आएका कतिपय शिशुका अभिभावक थप परीक्षणका लागि नआउने गरेकाले रोग पुष्टि भएका शिशुको सङ्ख्या कम देखिएको उनले बताइन्।

'हाल हामीले सातवटा प्यारामिटरमा परीक्षण गरिरहेका छौँ। भविष्यमा बजेट थपिएमा परीक्षणको दायरा पनि बढाउँदै लैजाने सोच छ। अस्पतालमा बिरामीको चाप धेरै छ। सबै शिशुको परीक्षण गर्ने प्रयास गरे पनि धेरैलाई समेट्न सकेका छैनौँ। अभिभावकलाई परामर्श दिने गरेका छौँ, तर अझै सबै शिशु परीक्षणको दायरामा आएका छैनन्,' उनले भनिन्।

शिशु जन्मेको २४ घण्टापछि रगतको नमुना सङ्कलन गरेर परीक्षण गरिन्छ। सियोले कुर्कुच्चामा घोची थोरै रगत निकालेर विशेष विधिबाट परीक्षण गर्ने गरिएको छ। परीक्षणमा रोगको जोखिम देखिएमा थप परीक्षण आवश्यक हुन्छ।

डा. वैद्यका अनुसार सरकारी स्तरमा नवजात शिशुको यस्तो स्क्रिनिङ सेवा उपलब्ध गराउने अस्पताल हाल प्रसूति अस्पताल मात्र हो। अहिले अस्पतालमा जन्मिएका शिशुको मात्र परीक्षण भइरहेको छ। आगामी दिनमा अन्य अस्पतालमा जन्मिएका शिशुको समेत निश्चित शुल्क लिएर परीक्षण गर्ने योजना रहेको उनले बताइन्।

सात प्रकारका रोगको परीक्षण

नवजात शिशु स्क्रिनिङ जन्मेको केही समयभित्र गरिने परीक्षण प्रक्रिया हो। यसबाट बच्चा बाहिरबाट स्वस्थ देखिए पनि शरीरभित्र लुकेर रहेका केही जन्मजात, मेटाबोलिक तथा वंशाणुगत रोगको जोखिम पहिचान गरिन्छ। सामान्यतया जन्मेको २४ देखि ७२ घण्टाभित्र रगतको नमुना लिएर गरिने यस परीक्षणलाई ‘ब्लड स्पट टेस्ट’ पनि भनिन्छ।

प्रसूति अस्पतालमा हाल सात प्रकारका रोग तथा अवस्थाको स्क्रिनिङ भइरहेको छ। तीमध्ये जन्मजात थाइराइड हर्मोनको कमी, जी–६–पीडीको कमी, फेनाइलकेटोनुरिया, सिस्टिक फाइब्रोसिस, ग्यालेक्टोसेमिया, जन्मजात एड्रिनल हाइपरप्लासिया र बायोटिनिडेजको कमी रहेका छन्।

यी रोगले शिशुको शारीरिक तथा मानसिक विकासमा असर पार्न सक्छन्। जन्मजात थाइराइड हर्मोनको कमी हुँदा समयमै उपचार नभए मस्तिष्कको विकास प्रभावित हुन सक्छ। जी–६–पीडीको कमी भएका शिशुमा केही औषधि, संक्रमण वा अन्य कारणले रातो रक्तकोषिका फुट्ने जोखिम हुन्छ।

त्यस्तै, फेनाइलकेटोनुरिया भएका व्यक्तिको शरीरले फेनाइलएलानाइन नामक एमिनो एसिड प्रशोधन गर्न सक्दैन भने ग्यालेक्टोसेमियामा दूधमा पाइने ग्यालेक्टोज प्रशोधन गर्न समस्या हुन्छ। सिस्टिक फाइब्रोसिसले फोक्सो र पाचन प्रणालीमा असर गर्छ। बायोटिनिडेजको कमी हुँदा शरीरले बायोटिन भिटामिन प्रभावकारी रूपमा प्रयोग गर्न सक्दैन। जन्मजात एड्रिनल हाइपरप्लासियामा एड्रिनल ग्रन्थिबाट हर्मोन उत्पादनमा समस्या हुन्छ।

यीमध्ये कतिपय रोग भएका शिशु जन्मँदा सामान्य देखिए पनि केही दिनपछि लक्षण देखिन थाल्छन्। समयमै पहिचान र उपचार हुन नसके गम्भीर स्वास्थ्य समस्या, मानसिक विकासमा अवरोध, अपाङ्गता तथा मृत्युको जोखिम हुन सक्छ। त्यसैले लक्षण देखिनुअघि नै परीक्षण गरेर जोखिम पहिचान गर्नुलाई महत्वपूर्ण मानिन्छ।

नवजात शिशुको मृत्युका प्रमुख कारणमा संक्रमण, जन्मने क्रममा निस्सासिनु, समय नपुगी जन्मनु र कम तौल हुनु रहेका छन्। तर कतिपय अवस्थामा मृत्युको वास्तविक कारण पहिचान गर्न कठिन हुने गरेको अस्पतालका निर्देशक डा. अधिकारीले बताए। केही अवस्थामा मेटाबोलिक रोग पनि मृत्युको कारण हुन सक्ने भएकाले यस्ता रोग पहिचान गर्न विशेष परीक्षण आवश्यक रहेको उनको भनाइ छ।

'नवजात शिशुमा हुन सक्ने मेटाबोलिक रोग पहिचान गरी समयमै उपचार गर्न सके मृत्युदर घटाउन सहयोग पुग्छ। यस परीक्षणले केही हदसम्म योगदान पुर्‍याएको छ,' उनले भने।

विकसित देशमा व्यापक, नेपालमा सीमित

विश्वका विकसित मुलुकमा नवजात शिशु जन्मिएपछि विभिन्न जन्मजात, वंशाणुगत तथा मेटाबोलिक रोगको स्क्रिनिङ गर्ने व्यवस्था छ। देशअनुसार परीक्षण गरिने रोगको सङ्ख्या फरक भए पनि धेरै मुलुकमा रगत परीक्षणसँगै श्रवण र मुटुसम्बन्धी स्क्रिनिङलाई नवजात शिशु स्वास्थ्य सेवाको हिस्सा बनाइएको छ।

उदाहरणका लागि अमेरिकामा सिफारिस गरिएको मुख्य परीक्षण सूचीमा ३५ प्रकारका रोग तथा अवस्था समावेश छन्। बेलायतमा १० र जर्मनीमा १९ प्रकारका रोगको स्क्रिनिङ गरिन्छ। अन्य मुलुकमा पनि स्वास्थ्य नीति र उपलब्ध प्रविधिअनुसार परीक्षणको दायरा निर्धारण गरिएको छ।

यस्ता कार्यक्रमले जन्मजात रोग समयमै पहिचान गरी उपचार सुरु गर्न सहयोग पुर्‍याउँछन्। यसबाट रोगका कारण हुन सक्ने दीर्घकालीन स्वास्थ्य समस्या, अपाङ्गता तथा केही अवस्थामा मृत्युको जोखिम कम गर्न सकिन्छ।

दिगो विकास लक्ष्य हासिल गर्न पनि स्क्रिनिङ आवश्यक

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपालले नवजात शिशु मृत्युदर प्रति एक हजार जीवित जन्ममा १२ मा झार्ने लक्ष्य राखेको छ। हालको मृत्युदर १७ रहेकाले लक्ष्य हासिल गर्न थप प्रयास आवश्यक देखिन्छ।

नेपालमा नवजात शिशु मृत्युदर घटाउन गर्भावस्थादेखि नै गुणस्तरीय मातृ तथा नवजात स्वास्थ्य सेवा, दक्ष स्वास्थ्यकर्मी, समयमै उपचार र स्वास्थ्य प्रविधिमा पहुँच विस्तार गर्नुपर्ने हुन्छ। त्यससँगै जन्मजात तथा वंशाणुगत रोग पहिचान गर्ने परीक्षणलाई पनि स्वास्थ्य सेवाको नियमित हिस्सा बनाउनुपर्ने विज्ञहरूको जोड छ।

नवजात शिशु स्क्रिनिङ सामान्य र तुलनात्मक रूपमा छिटो हुने परीक्षण प्रक्रिया भए पनि यसले भविष्यमा देखिन सक्ने गम्भीर स्वास्थ्य समस्याको जोखिम पहिचान गर्न मद्दत गर्छ। परीक्षणबाट जोखिम देखिएका शिशुलाई थप परीक्षण र उपचारको पहुँचमा पुर्‍याउन सके शारीरिक तथा मानसिक विकासमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ।

बालरोग विभागका वरिष्ठ कन्सल्टेन्ट डा. कर्माचार्यका अनुसार सबै नवजात शिशुलाई स्क्रिनिङको पहुँचमा ल्याउन सके जन्मजात विकारका कारण हुने रोकथामयोग्य मृत्यु घटाउन सहयोग पुग्नेछ। त्यसका लागि सेवा अस्पतालमा मात्र सीमित नराखी विस्तार गर्न, पर्याप्त बजेट व्यवस्था गर्न, नमुना सङ्कलन प्रणाली प्रभावकारी बनाउन र अभिभावकमा जनचेतना अभिवृद्धि गर्न आवश्यक छ।

जन्मेको केही दिनमै गरिने सामान्य परीक्षणले शिशुको जीवनभरको स्वास्थ्यमा महत्वपूर्ण प्रभाव पार्न सक्छ। त्यसैले नवजात शिशु स्क्रिनिङलाई वैकल्पिक परीक्षणका रूपमा मात्र नभई नवजात स्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधारका रूपमा विकास गर्नु आवश्यक रहेको उनको भनाइ छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस