जेनेभा– इबोला भाइरस नियन्त्रणसम्बन्धमा छलफल गर्न विश्व स्वास्थ्य संगठनले आकस्मिक बैठक बोलाएको छ।
जेनेभामा हुने यो बैठक सीमा नाकामा हुने चेकजाँच र त्यसमा अपनाउनुपर्ने सावधानीबारे केन्द्रित हुनेछ। इबोला भाइरसका कारण अहिलेसम्म साढे चार हजारभन्दा बढीको मृत्यु भइसकेको छ। यसमध्ये अधिकांशको मृत्यु गिनी, सियरालियोन र लाइबेरियामा भएको थियो।
यसैबीच अमेरिकाले यी तीन देशबाट आफ्नो राष्ट्रमा प्रवेश गर्ने व्यक्तिका लागि नयाँ नियम लागू गरेको छ। यी देश नागरिकले सिकागो, न्युयोर्क, वासिङटन, डालास र एटलान्टा विमानस्थलमा उत्रने बित्तिकै गहन जाँच पास गर्नुपर्नेछ।