चितवन- क्यान्सर उपचारका लागि अस्पताल धाउनेमा ५० वर्षभन्दा माथिका व्यक्तिको संख्या अधिक पाइएको छ। क्यान्सर उपचार हुने देशका सात अस्पतालको एक दशकको तथ्यांकले यस्तो देखाएको हो।यी अस्पतालमा सन् २००३ देखि सन् २०१२ भित्र क्यान्सर भएका २९ हजार ९ सय ५ महिला र २६ हजार १ सय ८ पुरुषको उपचार भएको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरसँगको समन्वयमा सबै अस्पतालका क्यान्सर रोगीको तथ्यांक राख्ने गरिएको छ। भरतपुरबाहेक भक्तपुर क्यान्सर अस्पताल, काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, पोखराको मणिपाल शिक्षण अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर उपचार हुने गरेको छ।
'क्यान्सर उपचारका लागि आउनेमध्ये सबैभन्दा धेरै साढे १४ प्रतिशत पुरुष ६० देखि ६४ वर्षका छन्,' बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्यान्सर अनुुसन्धान, रोकथाम तथा नियन्त्रण विभागका प्रमुख किशोर प्रधानांग भन्छन्। त्यस्तै महिलामा सबैभन्दा धेरै साढे १३ प्रतिशत बिरामी ५० देखि ५४ वर्ष उमेरका छन्। 'महिला होस् या पुरुष उमेर ढल्केपछि क्यान्सरले ग्रस्त बनाएको यो तथ्यांकबाट देखिन्छ,' प्रधानांग सुनाउँछन्। पुरुषमा सबैभन्दा धेरै २० प्रतिशतलाई फोक्सोको क्यान्सर र महिलामा सवैभन्दा धेरै २१ प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ। यी दुवै क्यान्सर उमेर ढल्कँदै गएपछि देखा पर्ने उनले जनाए।
अस्पतालका कार्यकारी निर्देशक डा. सिबी पुनका अनुसार फोक्सोको क्यान्सर हुने मुख्य कारण धुवाँ र धुलो हो। चुरोट खाने बानीले फोक्सोको क्यान्सर हुने गरेको छ। सुर्तीमा चार हजार प्रकारका रसायन हुन्छन् जसमध्ये ४० प्रकारका रसायनले क्यान्सर गराउने चिकित्सक बताउँछन्।
'फोक्सोको क्यान्सर हुने ९० प्रतिशत कारण सुर्ती र चुरोट खानु हो,' डा. पुनले भने। पुरुष क्यान्सर रोगीमध्ये ५५ वर्षदेखि ७४ वर्ष उमेर हुनेहरू लगभग आधा अर्थात् साढे ४८ प्रतिशत रहेको तथ्यांकले देखाएको छ। त्यस्तै महिला क्यान्सर रोगीमध्ये ४० देखि ६४ वर्षका ६० प्रतिशतभन्दा धेरै छन्। 'क्यान्सरले पीडा धेरै दिन्छ। वृद्ध उमेरमा क्यान्सर हुनु थप पीडा बेहोर्नु हो,' प्रधानांग भन्छन्, 'यस्ता बिरामीलाई स्याहार पुर्या उन परिवारका सबै सदस्य जुट्नुपर्छ।'
सचेत नहुँदा निम्तिएको समस्या
सचेतना नहुनु नै महिलामा पाठेघर क्यान्सर बढ्नुको कारण रहेका चिकित्सक बताउँछन्। कम उमेरमा यौनसम्पर्क गर्ने, सानैमा बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, गुप्तांग सफाइमा ध्यान नदिने महिलालाई पाठेघरको मुखको क्यान्सर हुने प्रधानांगले जानकारी दिए। ह्युमन पापिलोमा भाइरसका कारण पनि पाठेघरको मुखको क्यान्सर हुने गर्छ। विकसित देशमा यो भाइरसविरुद्ध नियमित खोप दिने गरिन्छ।
'नेपालमा खोप निकै कम मात्रले लिएका छन्। उमेर बढ्दै जाँदा क्यान्सरले ग्रस्त हुन्छन् अनि मात्र उपचारका लागि आउँछन्,' प्रधानांगले भने। फोक्सोको क्यान्सर हुँदा पनि तत्काल अस्पताल नआउने अवस्था छ। 'धेरैले टिबी लागेको आशंकाले उपचार सुरु गर्छन्। निको नभएपछि बल्ल क्यान्सरको परीक्षण सुरु गर्छन्,' उनले जानकारी दिए।
चाँडै परीक्षण नगर्दाको परिणाम
उमेर ढल्केपछि क्यान्सर देखिनुमा बेलैमा परीक्षण गराउने परिपाटी नहुनु पनि हो। विवाहित महिलाले नियमित स्त्रीरोग र हरेक दुई वर्षमा गर्भाशयस्राव (प्याप स्मेयर) परीक्षण गराए पाठेघर मुखको क्यान्सर भए/नभएको बेलैमै थाहा पाई सहजै उपचार हुने प्रधानांग बताउँछन्। रोग पुरानो भएपछि निको हुने सम्भावना पनि कम हुने उनले बताए।
१० वर्षसम्म उपचार गराएका कुल महिलामध्ये साढे १५ प्रतिशतलाई स्तन क्यान्सर देखिएको छ। ३० वर्षपछि बच्चा जन्माएका, बच्चा नै नजन्माएका, स्तनपान नगराएका महिलामा स्तन क्यान्सरको सम्भावना धेरै हुन्छ। तालिमप्राप्त स्वास्थ्यकर्मी वा चिकित्सकको मद्दतमा वा आफैंले छामेर पनि स्तन क्यान्सर भए/नभएको पत्ता लगाउन सकिने प्रधानांग जनाउँछन्। 'तर, सुरुमा परीक्षण गर्ने परिपाटी छैन। रोगले गाँजेर ज्यादै दुख्न लागेपछि मात्रै अस्पताल आउँछन्,' उनी भन्छन्।
क्यान्सर नियन्त्रणका लागि सरकारी तहबाटै प्रयास हुनुपर्ने र जिल्लाजिल्लामा सरकारी निकाय खटाउनुपर्ने आवश्यकता देख्छन् प्रधानांग। 'क्यान्सर सरुवा रोग होइन। तर, हामीले गरेका विभिन्न सर्वेक्षणमा ३० प्रतिशत शिक्षक र २० प्रतिशत स्वास्थ्यकर्मीले पनि यो सरुवा रोग हो भन्ने ठान्दा रहेछन्,' उनले भने।
अस्पतालका उपकार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार क्यान्सर भए/नभएको पत्ता लगाउन दैलोदैलोमा पुग्नुपर्ने आवश्यकता छ। विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार नेपालजस्ता देशमा वार्षिक ३० हजारभन्दा धेरै नयाँ क्यान्सर रोगी देखिन सक्छन्। तर, अहिले देशका विभिन्न अस्पतालमा उपचार गराउने क्यान्सर रोगी पाँच–छ हजार मात्रै छन्।