कोरोनाविरुद्धको दोस्रो डोज २६ प्रतिशतलाई
१८ पौष २०७८
•
३ मिनेट पाठ
कोरोनाविरुद्धको दोस्रो डोज २६ प्रतिशतलाई
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र संघीय स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ खोपका विषयमा छलफल गर्दै। तस्बिर: नगेन्द्र/नागरिक
कर्णाली प्रदेशमा कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउनेको संख्या पहिलोको भन्दा न्यून रहेको पाइएको छ। कर्णाली प्रदेशमा १८ लाख ३४ हजार ८१९ जनसंख्या छ। तीमध्ये १८ वर्षमाथिका १२ लाख ३ हजार २८८ जनसंख्यामध्ये कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउने ३८ प्रतिशत छन्। दोेस्रो डोज जम्मा २६ प्रतिशतले मात्रै लगाएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार १८ वर्षमुनिका ८५ हजार ५३१ जनालाई खोप लगाइएको छ।  




संघीय सरकारले कर्णालीलाई हालसम्म १२ लाख डोज खोप उपलब्ध गराएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले संघीय सरकारबाट प्राप्त खोपमध्ये १० लाख डोज खोप जिल्लामा पठाएको छ। ‘खोप केन्द्रहरू स्थानीय तहमा छन्, खोप लगाउने तर, त्यसको रिपोर्टिङ नगरिदिने भएकाले कर्णालीमा खोप लगाउनेहरूको संख्या न्यून देखिएको हो,’ सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले भने, ‘रिपोर्टिङलाई प्रभावकारी बनाउन पहल भइरहेको छ।’

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीका सबै नागरिकलाई खोप लगाउनका लागि आवश्यक पर्ने खोपको संख्या माग गरेका थिए। कर्णाली र सुदूरपश्चिममा खोप लगाउनेको संख्या कम देखिएपछि प्रधानमन्त्रीले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई स्थलगत अनुगमनका लागि खटाएका छन्। कर्णालीमा २०७७ माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो। हालसम्म कोभिशिल्ड पहिलो र दोस्रो डोज गरेर १ लाख ९६ हजार ५२१, एस्टाजेनिका ८२ हजार ६०५ र भेरोसेल ७ लाख २६ हजार ४३६ जोड लगाइएको छ।  

यस्तै जोन्सन एण्ड जोन्सन ८५ हजार ७९२, मोडोर्ना ८५ हजार ५३१ र फाइजर ४ हजार ५५ डोज खोप कर्णालीका नागरिकहरूलाई लगाइएको छ। सरकारले अहिले १२ वर्षदेखि १७ वर्ष उमेरका नागरिकलाई फाइजर र मोडोना खोप लगाइरहेको छ। कर्णालीमा १२–१७ वर्षका नागरिकको संख्या २ लाख ६ हजार छ। तथ्यांक अनुसार कर्णालीका १० जिल्लामध्ये मुगुका ५१ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। तर दोस्रो डोज लगाउनेको संख्या ३८ प्रतिशत मात्रै छ।  

यस्तै डोल्पामा पहिलो डोज ४८ प्रतिशत नागरिकले लगाएका छन् भने दोस्रो डोज जम्मा २९ प्रतिशतले मात्रै लगाएका छन्। हुम्लामा ३१ प्रतिशत नागरिकले पहिलो डोज लगाउँदा दोस्रो डोज लगाउने १६ प्रतिशत मात्रै छन्। प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा पहिलो र दोस्रो डोज लगाउनेको फरक धेरै छैन्। सुर्खेतका ४३ प्रतिशत नागरिकले पहिलो डोज लगाएका थिए भने ४१ प्रतिशतले दोस्रो डोज पनि लगाएका छन्। ‘तथ्यांकलाई आधार मान्ने हो भने कर्णालीमा हालसम्म ३८ प्रतिशत नागरिकले कोरोनाविरुद्ध पहिलो डोज खोप लगाएका छन्,’ सचिव काप्रीले भने, ‘दोस्रो डोज लगाउनेको प्रतिशत २६ मात्रै छ।’

मुख्यमन्त्री जीवनबहादुर शाहीसँग भएको छलफलमा स्वास्थ्य राज्यमन्त्री खापुङले कर्णालीमा खोपलाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा छलफल गरेका थिए। उनले ठूलो भूगोल र कम जनसंख्या रहेको कर्णालीका सबै नागरिकलाई आवश्यक पर्ने खोप संघीय सरकारले उपलब्ध गराउने बताए। ‘ठूलो भूगोल र कम जनसंख्या रहेको कर्णालीका सबै नागरिकहरूलाई खोप उपलब्ध गराउन संघीय सरकार तयार छ,’ खापुङले भने, ‘तथ्यांकमा कर्णाली र सुदूरपश्चिममा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या कम देखिएको छ, यसलाई प्रभावकारी बनाउनुप¥यो।’

केही दिनअघि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई प्रधानमन्त्री देउवाले टेलिफोन गरेर आवश्यक खोप माग गर्न र सबै नागरिकलाई खोप लगाउने वातावरण बनाउन निर्देशन दिएका थिए। मुख्यमन्त्री शाहीले दुईवटा खोप लगाइसकेका नागरिकलाई बुष्टर डोजको व्यवस्थाका लागि खोप पठाइदिन आग्रह गरेका थिए। स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रवीन खड्काले खोप लगाउनेहरूको यकिन तथ्यांक केही दिनभित्रै आउने बताए। ‘खोप लगाएका तर, रिपोर्टिङ नहुँदा कर्णालीमा खोप लगाउनेको संख्या कम देखिएको छ,’ उनले भने, ‘सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर पालिका–पालिकाको तथ्यांक संकलन गर्छौं।’
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
१० घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस