कोरोना कहरः सुदूरमा बढ्दै संक्रमित
०६ माघ २०७८
•
३ मिनेट पाठ
कोरोना कहरः सुदूरमा बढ्दै संक्रमित
रोजगारीका लागि भारत गएकाहरु सीमानाका गौरीफन्टाबाट धनगढी फर्कदै। तस्बिरः पुष्पराज/नागरिक
पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा पनि नयाँ संक्रमितको संख्या दिनानु दिन बढ्न थालेको छ। सुदूरपश्चिममा बिहीबार एकै दिन ५ सय ३४ जना नयाँ संक्रमित फेला परेका छन्। नयाँ फेला परेका संक्रमित मध्ये जटिल बिरामीको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने बाँकी कोही क्वारेन्टिन र कोही होम क्वारेन्टिनमा छन्।  




प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा यतिका धेरै बिरामी फेला परिसकेका छन्। ती मध्ये थोरैलाई मात्रै सन्चो भएर फर्के पनि अधिकांश भने होम आइसोलेसन तथा क्वारेन्टिनमा दिन बिताइरहेका छन्। बिहीबार मात्रै सुदूरपश्चिममा आरटी पिसिआर विधिमार्फत् परीक्षण गरिएका ५ सय ३४ जना पोजेटिभ देखिएका हुन्। विगत २४ घण्टामा सुदूरपश्चिममा देखिएका बिरामी मध्ये ७ जनाको अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये सेती प्रादेशिक अस्पतालमा २, जिल्ला अस्पताल दार्चुलामा १ जना, जिल्ला अस्पताल बाजुरामा १ जना र कनरी आइसोलेसन धनगढीमा ३ जनाको उपचार भइरहेको हो।  

सुदूरपश्चिममा माघ १ गते २ सय ८३, माघ २ गते १ सय ८४, माघ ३ गते ३ सय ४५, माघ ४ गते ४ सय ८८, माघ ५ गते ४ सय ७७ र माघ ६ गते ५ सय ३४ जना नयाँ संक्रमित भेटिएका छन्। यो विगत ६ दिन यताको यो तथ्याङ्क हेर्दा अघिल्लो दिनको तुलनामा दैनिक बिरामीको संख्या बढ्दो छ।

यस्तै, कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन आएदेखि सुदूरपश्चिममा अहिलेसम्म २ जना बिरामीको मात्रै मृत्यु भएको छ। माघ १ गतेका दिन कैलालीको कैलारी गाउँपालिका ५, की ५३ वर्षीया एक महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने माघ २ गतेका दिन बाजुराका ५२ वर्षीय एक पुरुषको होम आइसोलेसनमै मृत्यु भएको थियो। निर्देशनालयका अनुसार कोरोनाको पहिलो भेरियन्टदेखि हालसम्म सुदूरपश्चिममा ६ सय १६ जनाले कोभिड–१९ का कारण मृत्युवरण गर्नु परेको छ।

पछिल्ला दिनहरुमा रोजगारीका लागि भारत गएकाहरु फर्कने क्रम बढेसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै गएको देखिएको हो। रोजगारीका लागि भारत गएकाहरु माघी मनाउन स्वदेश फर्केसँगै सुदूरपश्चिममा बिरामीको संख्या दैनिक बढेको तथ्याङ्क देखिन थालेको हो। पछिल्लो समयमा भारतबाट दैनिक ८ सयदेखि एक हजारको संख्यामा सुदूरपश्चिमका नाकाबाट स्वदेश फर्किरहेका छन्। सीमामा हेल्प डेस्क तथा चेकजाँच कक्ष राखिए पनि कोरोना संक्रमित भेटिए उनीहरुलाई निश्चित ठाउँमा राख्न नसक्दा संक्रमितहरु सिधै घर जाने र त्यसबाट अन्य व्यक्तिमा सर्ने गरेको सरोकारवाला बताउँछन्। यस्तो बेला सरकारी पक्षले लापरबाही गर्दा ग्रामीण भेगमा कोरोनाको नयाँ भेरियन्ट फैलिसकेको छ।

सीमामा आएकाहरुलाई क्वारेन्टिनको व्यवस्थापन नहुँदा सिधै घर गएका कारण ग्रामीण भेगमा कोरोनाको संक्रमण बढ्दो छ। नाकामा परीक्षण गराउन अनिवार्य भए पनि उनीहरुलाई निश्चित स्थानमा राख्न नसक्नु र सिधै घर जानुले पनि सुदूरपश्चिमका गाउँबस्ती अहिले कोरोनाको उच्च जोखिममा छ।

सुदूरपश्चिमका सीमा नाकामा देखिएका संक्रमित मध्ये केही मात्रै धनगढी उपमहानगरपालिकाले स्थापना गरेको कनरी आइसोलेसनमा पुगे पनि अधिकांश बिरामी सार्वजनिक सवारी चढेर आफ्नै घर फर्कने गरेका कारण उनीहरुले सीमा नाकादेखि घरसम्म यात्रा गर्दा सम्पर्कमा आएका व्यक्तिमा कोरोना सर्न सक्ने सम्भावना अत्याधिक भएको नागरिक समाजका अगुवा हरि रेग्मी बताउँछन्। उनले भने,‘सीमामै कोरोना पोजेटिभ देखिएका बिरामीलाई सिधै घर जान नदिई उनीहरुलाई कनरीकै अइसोलेसनमा राख्ने व्यवस्था गरेको भए कोरोनाको संक्रमण दर ह्वात्तै बढ्ने थिएन।’
अर्को समाचार
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
१ घण्टा अघि
•
१ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
सप्तरी,  सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ। 

 

जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका  छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले बताइन्।

उनले भनिन्, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका छन्। विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए। पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ।”

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ।

“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन्।

एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ। विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। 

 



अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस