सिरिन्ज अभाव र स्वास्थ्यकर्मी संक्रमित भएका कारण स्थगित भएको कोरोनाविरुद्धको अभियान मंगलबार पुनः सुचारु हुने भएको छ। गत माघ ८ गतेदेखि खोप अभियान चलाउने भनिएपछि खोप, सिरिन्ज र स्वास्थ्यकर्मीको उपलब्ध नहुँदा अभियान स्थगित गरिएको थियो। गत माघ ८ गतेदेखि स्थगित गरिएको कोभिड–१९ खोप अभियान यही माघ १२ गतेदेखि पुनः सुचारू हुने स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए।
पहिलो मात्रा कोभिशिल्ड वा अस्ट्राजेनिका वा भेरोसेल लगाएका सम्पूर्णले दोस्रो मात्रा खोप केन्द्रमा लगाउन उनले आग्रह गरे। २०७८ असार मसान्तसम्म कोभिशिल्ड, अस्ट्राजेनिका वा भेरोसेलको दोस्रो मात्रा पूरा गरेका सम्पूर्णले थप मात्रा लगाउन सक्ने उनले बताए। यस्तै १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोर किशोरीहरुलाई मोडर्ना खोपको दोस्रो मात्रा यही माघ १६ गतेदेखि लगाउने कार्यक्रम रहेको उनले बताए। खोप सरकारी अस्पताल र जिल्लाका ९६ वटै वडामा रहेको स्वास्थ्य चौकीमा लगाउन सकिने छ।
जिल्लामा कोभिशिल्ड वा एक्ट्राजेनिका गरी १ लााख ६ हजार ७९३ जनाले लगाएको कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताए। यस्तै दोश्रो डोज ६० हजार ७७२ जनाले, भेरोसिल पहिलो डोज १ लाख ५१ हजार ७७ जनाले र दोश्रो डोज १ लाख ३३ हजार ७५० जनाले लगाएका छन्। यस्तै जोन्सन एन्ड जोन्सन ८३ हजार ५३९ तथा मोडर्ना ७३ हजार ८१० जनाले लगाएका छन्। यस्तै थप ८१७ जनाले समते खोप लगाएका छन्।