वीपी प्रतिष्ठानमा अन्योल: सबैको नजर अदालततिर
११ माघ २०७८
•
४ मिनेट पाठ
वीपी प्रतिष्ठानमा अन्योल: सबैको नजर अदालततिर
वीपी प्रतिष्ठानको नयाँ परिस्थितिबारे अफिसर्स क्लब र संयुक्त कर्मचारीहरुको छलफल। तस्बिरः नागरिक
सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई काम गर्न रोक लगाएर स्वास्थ्य मन्त्रालयका बिशेषज्ञ डा.श्यामसुन्दर यादवलाई पठाए पनि उनले कसरी काम अघि बढाउने भन्ने अलमल छ।  




उनी सोमबार दिउँसो कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख चिरञ्जिवि अधिकारीसहित प्रतिष्ठानमा आएका थिए। त्यसयता उनी प्रतिष्ठानको गेष्ट हाउसमा बसेर भेटघाट मात्र गरिरहेका छन्। प्रतिष्ठानकै एक उच्च अधिकारीका अनुसार डा.यादवले आफू बसेर काम गर्ने कार्यालय पनि खोजेका छैनन्।

विभागीय प्रमुख, प्रोफेसरहरुसँग भेटघाट मात्र गरिरहेका डा.यादवले बुधबार सर्वोच्च अदालतबाट के आदेश आउछ भनेर प्रतिक्षा गरेको हुनसक्ने ती अधिकारीको भनाई छ। ‘उहाँ गेष्ट हाउसमै बसिरहनु भएको छ। मलाई ठाउँ देऊ पनि भन्नु भएको छैन। त्यहीबाट भेटघाट गर्दै हुनुहुन्छ,’ नाम नखुलाउने सर्तमा ती कर्मचारीले भने,‘भोलि (बुधबार) अदालतको के आदेश आउछ भनेर पर्खेको हुनसक्छ।’

पुष ३० गतेको मन्त्रिपरिषद बैठकले प्रतिष्ठानको वहालवाला पदाधिकारीहरुलाई काम गर्न रोक लगाएको र अस्पताल प्रशासन तथा दैनिक प्रशासनिक काम गर्न डा.यादवलाई खटाउने निर्णय गरेको भन्दै स्वास्थ्य मन्त्रालयले उनलाई पठाएको हो। सरकारको यो निर्णय र निर्देशन कानुन विपरीत भएको भन्दै प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उक्त मुद्दाको पेशी बुधबार तोकिएकोले प्रतिष्ठानका सबैको नजर अदालततिर छ। ऐन वमोजिम नियुक्त भएका पदाधिकारीहरुलाई ऐनमा भएको प्रावधान अनुसार हटाएर नयाँ नियुक्ती गर्नुपर्नेमा सरकारले त्यसविपरीत ऐन, नियमावलीले नचिन्ने व्यक्ति पठाएको भन्दै सरकारको निर्णयको आलोचना पनि भइरहेको छ।

सरकारले खटाएका डा.यादव प्रतिष्ठान आएपछि नयाँ परिस्थतिमा कसरी अघि बढ्ने भनेर मंगलबार अफिसर तहका कर्मचारी र संयुक्त कर्मचारीहरुको पनि छलफल भएको थियो। उक्त छलफलले पनि सरकारको निर्णयले अन्योल बनाएकोले अदालतको आदेश पर्खने निष्कर्ष निकालेको प्रतिष्ठानस्थित अफिसर्स क्लबका सहसंयोजक प्रकाश श्रेष्ठले जानकारी दिए। ‘ऐन र नियमावलीले उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकले गर्ने काम तोकिएको छ। जो आउनु भयो, उहाँले त्यो सबै काम गर्न मिल्ने हो कि नमिल्ने के हो? भोलि वैधानिक हुन्छ कि हुँदैन? भनेर छलफल भयो,’ श्रेष्ठले भने,‘यो बिषय अदालतमा पुगिसकेको हुनाले अदालतको आदेशलाई पर्खने भन्ने भयो।’

सरकारले डा.यादवलाई ऐन, नियमावलीको दफा, उपदफा तोकेर नियुक्ती नदिएकोले अन्योल भएको उनको भनाई छ। स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद बैठकको निर्णयको हवाला दिदै ऐनको दफा २० (क) वमोजिम निर्देशन दिएको पत्र पठाएको छ। उक्त दफामा ‘नेपाल सरकारले प्रतिष्ठानलाई आवश्यक निर्देशन दिन सक्नेछ’ भन्ने वाक्य मात्र छ।अदालतले पदाधिकारीको पक्षमा स्टे अर्डर दिएमा सरकारले पठाएका डा.यादवको ‘च्याप्टर क्लोज’ हुनेछ।  

स्टे अर्डर नआए पनि समस्या यथावतै रहने भएपनि अदालतको आदेश पछि पुनः बैठक बसेर के गर्ने भन्ने निर्णय लिइने कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईको भनाई छ। ‘डा.यादवलाई नेपाल सरकारको कर्मचारीको रुपमा चिन्छौ, सम्मान गछौं, तर प्रतिष्ठानको ऐन, नियमावलीले उहाँलाई चिन्दैन। हामी ऐन, नियमावली अनुसार नियुक्ती भएका पदाधिकारी मात्र चिन्छौ,’ राईले भने,‘सरकारले समस्या हल गर्ला भन्ने थियो, तर समस्या माथि थप समस्या बढाउने काम गर्यो। पहिला संस्थागत समस्या थियो, अब कानुनी र नीतिगत समस्या पनि सृर्जना भयो। अदालतको के आदेश आउछ, त्यसपछि बैठक बसेर निर्णय लिन्छौ।’

सरकारले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित पदाधिकारीहरुलाई हटाएको छैन। उनीहरुलाई काम गर्न मात्र रोक लगाएको हो। डा.गिरी अघिका उपकुलपति प्रा.डा.राजकुमार रौनियार पनि निलम्बन मात्र भएका हुन्। अख्तियारको टोलीलाई उनलाई घूस लिएको रकमसहित नियन्त्रणमा लिएपछि निलम्बनमा परेका थिए। प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (ख) मा उपकुलपति नियुक्तीको व्यवस्था छ भने ११ (ग) मा शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्तीको व्यवस्था छ। सोही ऐनको दफा ११ (घ) मा आफ्नो पद अनुसारको दायित्व पूरा नगरेका पदाधिकारीहरुलाई हटाउने प्रावधान राखिएको छ।  

ऐनको सोही प्रावधान अनुसार वर्तमान पदाधिकारीहरुलाई हटाउन सरकारले छानबिन समिति गठन गरेको थियो। उक्त समितिको प्रतिवेदन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको पनि २ महिना बितिसकेको छ। उक्त प्रतिवेदनले वर्तमान पदाधिकारीहरुले जिम्मेवरी पूरा नगरेकोले पदबाट हटाउन सुझाव दिएको छ। उक्त प्रतिवेदन सिनेट बैठक बसेर बहुमतले पारित गरेपछि मात्र पदाधिकारीहरुलाई कुलपतिले पदबाट हटाउन सक्छन्।

सरकारले यो वैधानिक बाटो छोडेर पदाधिकारीहरुलाई काम गर्न रोक लगाउदै मन्त्रालयबाट कर्मचारी खटाए पछि ऐन र नियमावलीमा व्यवस्था नभएको व्यक्ति पठाएको भन्दै आलोचना पनि भइरहेको छ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
७ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस