वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वहालवाला पदाधिकारीहरू सरकारले काम गर्न रोक लगाएको एक महिना बढी समयपछि पुनः काममा फर्किएका छन्।
सर्वोच्च अदालतबाट पदाधिकारीको पक्षमा अल्पकालिन अन्तरिम आदेश जारी भएपछि उनीहरू शुक्रबारदेखि पुनः प्रतिष्ठानमा आएर जिम्मेवारी सम्हालेका छन्। गत पुष ३० गते मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउने र उनीहरूको सट्टामा दैनिक प्रशासनिक, आर्थिक काम गर्न मन्त्तालय र महालेखाबाट कर्मचारी पठाउने निर्णय गरेको थियो। यो निर्णय प्रतिष्ठानको ऐन तथा नियमावली विपरीत भएको भन्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले सर्वोच्च अदालतमो रिट दायर गरेका थिए।
उनीहरूको रिटको सुनुवाई गर्दै बुधबार सर्वोच्चले पदाधिकारीहरूलाई पदीय जिम्मेवारी अनुसारको कर्तव्य पालना गर्नमा वाधा अवरोध नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो। यो आदेश आएको २ दिनपछि शुक्रबार उपकुलपति डा.गिरी र अस्पताल निर्देशक प्रा.डा.साह कार्यकक्षमा उपस्थित भएर नियमित कामकाज शुरु गरेका छन्। काममा फर्किएका उपकुलपित गिरीले माघ महिनाको शिक्षक तथा कर्मचारीहरुको तलब भुक्तानी स्वीकृत गरेका थिए। सरकारले पदाधिकारीहरुलाई काम गर्न रोक लगाएको र सरकारले पठाएका कर्मचारीले पनि काम गर्न नसकेपछि प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारीहरुले माघ महिनाको तलब पाएका थिएनन्।
उपकुलपति डा.गिरीले कसैसँग पनि दुराग्रह राखेर काम नगर्ने प्रतिक्रिया दिए। उनले सबैलाई समेटेर संस्थालाई राम्रो बनाउन सबैको सुझाव अनुसार अघि बढ्ने पनि बताए। उनले विगतमा के भयो भनेर विर्सने र भविष्य राम्रो बनाउन सबै लाग्नुपर्ने पनि बताए। ‘विगत के भयो भन्ने भुलेर अब संस्थाको भविष्य बनाउन सबै लाग्नुपर्छ,’उनले भने,‘मेरो कसैसँग इगो, दुराग्रह छैन। सबैसँग मिलेर प्रतिष्ठानलाई राम्रो बनाउन, विगतमा थालनी भएको कामहरु पुरा गर्न लाग्नेछु।’
प्रतिष्ठानमा बेथिती बढेको भन्दै यहाँका चिकित्सक, विद्यार्थी, कर्मचारीहरूले विगत ८ महिनाअघिदेखि आन्दोलन चर्काएका थिए। चौतर्फी दबाबपछि सरकारले उच्चस्तरीय छानबिन कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले चारै जना पदाधिकारीहरुलाई कारबाही गर्न सिफारिश गरेको थियो भने विवादित पदाधिकारीहरूलाई पदबाट हटाउन सरकारले पुनः प्रतिष्ठानको ऐन २०४९ को ११ (घ) वमोजिम सहकुलपतिको संयोजकत्वमा छानबिन समिति गठन गर्यो।
उक्त समितिले पनि पदाधिकारीहरुलाई कारबाही गर्न सिफारिस गर्दे तत्काल सिनेट बैठक बोलाउन प्रतिवेदन दिएको थियो। सरकारले उक्त प्रतिवेदन सिनेट बैठकमा राखेर बहुमतले पारित गरेपछि मात्र पदाधिकारीहरू पदच्युत हुन सक्छन्। तर, सरकारले यो वैधानिक बाटो अवलम्बन नगरि काम गर्न रोक लगाउने र मन्त्रालयबाट कर्मचारी पठाउने निर्णय गरेपछि पदाधिकारीहरूको पक्षमा सर्वोच्चको आदेश आउने अनुमान थियो।