कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको बुढ्ढीमा संचालित २ दिने आँखा शिविरमा ८५ जना मोतियाबिन्दु लागेका बिरामीका निःशुल्क अप्रेशन गरिएको छ।
नगरपालिकाले छन्दकाले नारारणी अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा राखेको शिविरमा ५ सय ३४ जनाले आखाँको जाँच गरिएका थिए। सो जाँचकाक्रममा ८५ जना मोतियाबिन्दुका बिरामी फेला परेको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख खुबीराम खनालले बताए। फेला परेका ८५ जना कै मोतियाबिन्दुका बिरामीको निः शुल्क अप्रेशन गरिएको उनले बताए।
शिविरमा निःशुल्क चश्मा र औषधि समेत वितरण गरिएको थियो। शिविरमा नगरपालिकाका १० वटै वडा, छिमेकी महाराजगंज र शिवराज नगरपालिकाका केही वडा बिरामीहरु समेत आँखा जाँच गराउन आएका थिए। शिविरमा विपन्न परिवार र वृद्धवृद्धाहरु लाभान्वित भएको मेयर केशवकुमार श्रेष्ठले बताए। आर्थिक अभावका कारण वर्षोदेखि मोतियाबिन्दुका कारण आँखाले हेर्न नसक्ने भएका बिरामीहरुले अप्रेशनपछि आफूहरुले नयाँ जीवन पाएको महसुस गरको मेयर श्रेष्ठले बताए। विगत ४ वर्षदेखि हरेक वर्ष पालिकाले आँखा शिविर संचालन गर्दै आएको उनले बताए। ‘बिरामीहरुले आशिष दिएको देख्दा आफूले पुन्यको काम गरे जस्तो लागेको छ,’ मेयर श्रेष्ठले भने।
अप्रेशनपछि आँखा देख्ने भएपछि बिरामीहरुले दुखी बनेको आफ्नो जीवनमा पुनः खुशीयाली छाएको भन्दै खुसी ब्यक्त गरेको थिए। उनीहरुले हरेक पालिकाले यस्तो शिविर संचालन गरे विपन्नलाई सेवा दिनु पर्ने बताए। आँखा अस्पतालकी चिफ मेडिकल डाईरेक्टर डाक्टर सुभलक्ष्मी कटुवालले आफूहरुले पालिका, गैरसरकारी संस्थाहरुसंग समन्वय गरी आँखा शिविर संचालन गर्दै आएको बताइन्। शिविरमा १४ जना स्वास्थयकर्मी खटिएका थिए।