काठमाडौं— साउनको दोस्रो साता चितवन कोराक किरानटारकी १८ वर्षीया सुमित्रा तामाङले भरतपुर अस्पतालमा शिशु जन्म दिइन्। जन्मनासाथ श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकले नवजात शिशुलाई भेन्टिलेटरमा राख्नुपर्ने बताए। शिशुको उपचार निजी अस्पतालमा गर्न तामाङ परिवारसँग रकम थिएन भने सरकारी अस्पतालमा उपचारमा आवश्यक नियोनाटाल इन्टेन्सिभ केयर युनिट (एनआइसियु) थिएन। जन्मेको तेस्रो दिनमै नवजात शिशुको मृत्यु भयो।राजधानीस्थित प्रसूतिगृहपछि धेरै सुत्केरी गराउने (दैनिक सरदर ८०) भरतपुरस्थित सरकारी अस्पतालमा एनआइसियु नहुँदा गत वर्ष १ सय २५ नवजातको अस्पतालमै ज्यान गयो।
दोलखाकी सीता खतिवडाले केही महिनाअघि दोलखास्थित गौरीशंकर अस्पतालमा जन्म दिएको स्वस्थ्य शिशुलाई चिकित्सकले भोलिपल्टै निमोनिया भएकाले राजधानी लैजान सुझाए। राजधानी ल्याइएका शिशुलाई २० दिन आइसियु र २ दिन भेन्टिलेटरमा राख्दा पनि बचाउन सकिएन।
सरकारले चालु आर्थिक वर्षदेखि नै नवजात (जन्मेदेखि २८ दिनसम्मका) शिशुको उपचार निःशुल्क गर्ने घोषणा गरेको छ। चितवन र दोलखाजस्ता तुलनात्मक रुपमा सुगम ठाउँका सरकारी स्वास्थ्य संस्थामै पूर्वाधार अभावका कारण सरकारले घोषित कार्यक्रम देशभर लागू गर्न सक्नेमा आशंका उत्पन्न भएको छ।
जनस्वास्थ्यविद् एवं बालरोग विशेषज्ञका अनुसार सरकारी स्वास्थ्य संस्थाको क्षमता, यो वर्ष विनियोजित रकम, कार्यक्रम लागू गर्ने तयारी हेर्दा सरकारको कार्यक्रम घोषणामै सीमित हुने सम्भावना छ। स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. यशोवद्र्धन प्रधान सरकारले घोषणा गरेको आइसियु सेवा विस्तार पनि मिठो सपना मात्र भएको बताउँछन्। 'आइसियु सञ्चालन गर्न एनेस्थेसियोलोजिस्टसँगै कार्डियोलोजिस्टजस्ता विशेषज्ञ जनशक्ति चाहिन्छ,' डा. प्रधानले भने, 'सरकारसँग यस्तो जनशक्ति अत्यन्तै न्यून छ ।'
एनेस्थेसियोलोजिस्ट सोसाइटीका पूर्वअध्यक्ष डा. मोदनाथ मरहठ्ठाका अनुसार सरकारी स्वास्थ्य संस्थामा एनेस्थेसियोलोजिस्टको दरबन्दी दर्जन हाराहारीभन्दा बढी छैन । 'एनेस्थेसियोलोजिस्ट नहुँदा अहिले पनि धेरै अञ्चल अस्पतालले प्राविधिकका भरमा शल्यक्रिया गर्नु परेको छ ।'
प्रधानले पनि एनेस्थेसियोलोजिस्टको माग देशभर नै भए पनि न्यून संख्यामा मात्र रहेका दाबी गरे । 'एमबिबिएस चिकित्सकलाई त आकर्षित गर्न नसकेका बेला सरकारले कसरी विशेषज्ञ जनशक्ति ल्याउँछ ?' उनले भने । उनले एनआइसियुका लागि भने स्टाफ नर्सलाई तालिम दिएर एमबिबिएस चिकित्सक भए हुने भएकाले उपयुक्त कार्ययोजना तयार पारी कार्यान्वयन गर्नुपर्ने बताए ।
चिकित्सकका अनुसार नवजात शिशुको प्रभावकारी न्यूनतम उपचारका लागि अञ्चल अस्पतालमा कम्तीमा एक जना बालरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट वा प्राविधिक र आइसियु सेवा उपलब्ध हुनुपर्छ। जिल्ला, प्राथमिक स्वास्थ्य केन्द्रमा प्रभावकारी नवजात शिशु कर्नर खोल्नुपर्ने आवश्यकता छ। स्वास्थ्य चौकी, प्रसूति केन्द्रमा कार्यरत हजारौं स्वास्थ्यकर्मी र नर्सलाई तालिम दिई पूर्वाधार र आवश्यक स्वास्थ्य सामग्रि उपलब्ध गराउन आवश्यक छ।
चिकित्सकले सार्क विकास केन्द्रको सहयोगमा स्वास्थ्य संस्थामा सितांग शिशु तताउन (बेबी वार्मर)सहित नवजात शिशु कर्नर, कान्ति प्रसूतिगृहजस्ता अस्पतालमा सुविधासम्पन्न एनआइसियु स्थापना गर्नुपर्ने बताउँछन्।
अहिले पनि स्तरोन्नति भएका ५० बेडका अञ्चल अस्पतालमा बालरोग विशेषज्ञको दरबन्दी भए पनि सबै अस्पतालमा विशेषज्ञ उपलब्ध नभएको स्वास्थ्यविद नै दाबी गर्छन्। ठूला अस्पताल सुविधासम्पन्न र १६ सय सुत्केरी केन्द्रमा प्राथमिक र प्रारम्भिक तहको उपचार प्रबन्ध मिलाउनुपर्ने उनीहरूको भनाइ छ। सरकारले सात वर्षअघि मातृशिशु मृत्युदर घटाउन प्रसूति सेवा सुरु गरे पनि नवजात बचाउने कार्यक्रम प्राथमिकतामा नपर्दा शिशु मृत्युदर घट्न सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या सर्वेक्षण २०११ अनुसार नेपालमा प्रति हजार जिवित जवजात जन्ममा ३३ मृत्युदर छ। यस आधारमा प्रत्येक २ घण्टामा ३ नवजातको मृत्यु हुन्छ। सर्वेक्षण अनुसार नवजात मृत्युमध्ये कम तौल जन्म ३० प्रतिशत, निमोनिया १५, जन्मदा निसास्सिएर ११, गम्भीर संक्रमण ७, झाडापखाला ६ र जन्मजात विकृत ४ प्रतिशत छ। तीबाहेक अन्य रोगहरु (मेनेन्जाइटिस, लहरे खोकी, दादुरा तथा नसर्ने रोग)बाट १९ प्रतिशत र अन्य सरुवा रोगबाट ८ प्रतिशत नवजातको मृत्यु हुन्छ।
नवजात मृत्युको रोकथामका लागि सरकारले ७ वर्षअघि नै समुदायमा आधारित एकिकृत व्यवस्थापन कार्यक्रम चलाए पनि सफल भएन । यस अवधिमा सरकारले खुट्टाको नाप लिएर पोषण अवस्था थाहा पाउने कार्यक्रम चलाएको छ । यसका लागि तालिमसहित औषधि, बेगन माक्स (निसासिएका बच्चालाई श्वास फेर्न सघाउने सामान)समेत वितरण गरे पनि कार्यक्रम प्रभावकारी बन्न सकेन।
यी समुदायमा आधारित कार्यक्रम सफल नभएपछि सरकारले स्वास्थ्य संस्थामा उपचारका लागि ल्याउन प्रोत्साहन गर्नका लागि सरकारी अस्पतालबाट नवजातको उपचार निःशुल्क गर्ने कार्यक्रम अगाडि सारेको बाल स्वास्थ्य महाशाखाका समुदायमा आधारित बालरोगको एकिकृत व्यवस्थापन कार्यक्रम प्रमुख चुडामणि भण्डारीले बताए।
भण्डारीका अनुसार अहिले सरकारले सार्क डेभलपमेन्ट फन्ड र सरकारी बजेटमा यस वर्ष निःशुल्क कार्यक्रमका लागि ६ करोड छुट्याएको छ । यो बजेट पर्याप्त नहुने भएकाले थप बजेट माग भइरहेको छ।