मस्तिष्कघात: समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ
१३ असार २०७९
•
७ मिनेट पाठ
मस्तिष्कघात: समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ
मस्तिष्कघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् ।




बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रियस्तरको मस्तिष्क तथा नसारोग स्वास्थ्य सेवा (जनशक्ति तथा उपकरण) प्रदान गर्दै आएको जनाउँदै  उनीहरुले अगामी दिनमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखा पर्दै गएको मस्तिष्क र नसा रोग न्यूनीकरण गर्न सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

हस्पिटलद्वारा निरन्तर चिकित्सा शिक्षा शृङ्खलाअन्तर्गत ‘बृहत्तर मस्तिष्क शिक्षा’ विषयक  आयोजित प्रवचन कार्यक्रममा सहभागी वरिष्ठ भारतीय नसारोग विशेषज्ञले  गुणस्तरीय मस्तिष्क उपचार सेवा विस्तार गर्न तथा यसका बारेमा  समुदायलाई जानकारी गराउन सरकारलाई सुझाव दिए ।  

उनीहरुले मस्तिष्काघात हुनेबित्तिकै जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्न सकिएमा पूर्ववत् अवस्थामा फर्किने सम्भावना उच्च हुने र  ‘प्यारालाइसिल’ हुनबाट जोगिन सकिने औँल्याए  । कार्यक्रममा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीका डा शैलेश गैकवडा, मेदान्तका न्युरो  इन्टरभेन्सन विशेषज्ञ डा गौरव गोयल, एपोलो हस्पिटलका न्युरो  इन्टरभेन्सन विशेषज्ञ डा.निश्चिट जैनले अलग अलग कार्यपत्र प्रस्तुत गर्दै मस्तिष्काघातका समयमा उपचारमा ल्याउन सकिएमा अपाङ्ग हुनबाट जोगाउन सकिने जनाउँदै यस्ता उपचार सेवा विस्तार गर्न आवश्यक रहेकामा जोड दिए।  

उनीहरुले भने,  'उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा उपलब्ध सेवा र प्रविधि विश्वगुणस्तरका छन्। मस्तिष्क र नसाको उपचार गर्ने चिकित्सकीय विधि प्रायः समान छन्।' कार्यक्रममा इन्टरभेन्सनल रेडियोलोजिष्ट डा सुबास फुयालले बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले  ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्युरो इन्टरभेन्सन’ सेवा सुरुआत गरेको जानकारी दिए। 

यसैगरी नसारोग विशेषज्ञ डा.एञ्जिलमणि सिंह महर्जनले मस्तिष्काघात हुने समस्या दिनानुदिन वृद्धि हुँदै गएको जनाउँदै यसको न्यूनीकरणका लागि  उपचार सेवा विस्तार र जनचेतना जगाउन आवश्यक भएकामा जोड दिए।  

यसैगरी  हस्पिटलका नसारोग विशेष डा शिखर श्रेष्ठले पक्षघातजस्तो आपत्कालीन स्वास्थ्य समस्यालाई सम्बोधन गर्न विशेष प्रविधि र जनशक्तिमा राज्यले लगानी बढाउन पर्छ भने। कार्यक्रममा हस्पिटलका वरिष्ठ नसारोग विशेषज्ञ डा .सौरव लामिछानेले मस्तिष्काघातको नेपालको अवस्थाका बारेमा जानकारी दिए।  हस्पिटलका कार्यकारी अध्यक्ष प्रा.डा मधुदीक्षित देवकोटाले आगामी दिनमा निरन्तर चिकित्सा शिक्षा शृङ्खला जारी रहने जानकारी दिए।  

‘बाइ प्लेन क्याथल्याब’: ‘न्युरो इन्टरभेन्सन’ मा वरदान

नेपालमा पहिलोपटक उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले सुरआत गरेको ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्युरो इन्टरभेन्सन’ सेवा बिरामीका लागि वरदान सावित भएको छ। अत्याधुनिक तथा विश्वस्तरीय सो उपकरणसहित विशेषज्ञ चिकित्सकको सेवाबाट धेरैले अकालमा ज्यान जोगाएका छन्।  

इन्टरभेन्सनल रेडियोलोजिष्ट डा.फुयालका अनुसार इन्डोभास्कुलर वा न्युरो इन्टरर्भेन्सन भनेको बिना शल्यक्रिया क्याथेटरको माध्यमबाट बन्द भएको मस्तिष्कको नसा खोल्ने वा फुटेको मस्तिष्कको नसालाई ‘रिपेयर’ गर्ने पद्धति हो। यस प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर पठाएर मस्तिष्कको नसाभित्र जमेको रगत थेग्लो निकालिन्छ। टाउको नखोलिकन नै मस्तिष्कभित्र गहिराईमा रहेको रक्तनलीभित्र शल्यक्रिया गरिन्छ र बिरामीलाई सञ्चो बनाइन्छ।  

उनी अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीबाट न्युरो इन्टरभेन्सनमा डीएम उपाधि हासिल गर्ने  पहिलो नेपाली चिकित्सक हुन्।  उनले भने,  'यस पद्धतिमा शल्यक्रियाका लागि टाउको नखोलिने भएकाले बिरामीलाई छिट्टै घर पठाउन सकिन्छ।  उपचारमा जोखिमसमेत धेरै कम हुन्छ। मस्तिष्कको समस्याजस्तै, मस्तिष्कघात, एन्युरिजम (रक्तनलीको फोको), घाँटीको नसा सुक्ने, मेरुदण्डको नसासम्बन्धि समस्यामा न्युरो इन्टरभेन्सन पद्धतिबाट उपचार गर्न सकिन्छ।'

नसारोग विशेष डा.श्रेष्ठका अनुसार उच्च रक्तचापका कारण मस्तिष्कको नसा कमजोर भई ‘ब्रेन हेमोरेज’ पनि हुनसक्छ। यसो हुँदा विगतमा टाउको खोलेर फुटेको नसा सिलाइन्थ्यो। यसरी टाउको खोलेर शल्यक्रिया गर्दा जटिलताका साथ–साथै अस्पतालको बसाई पनि लम्बिन्थ्यो। तर अहिले एन्युरिज्मका कारण हुने ‘ब्रेन हेमोरेज’ भएका व्यक्तिलाई तारको माध्यमबाट खुट्टाको नसा हुँदै च्यातिएको नसा भित्रभित्रै सिलाइन्छ। यसलाई ‘क्वाइलिङ’ भनिन्छ। यस्ता बिरामीलाई साधारणतया पाँच–सात दिनभित्र घर पठाउन सकिन्छ। उनले भने, 'तार (क्याथेटर)को माध्यमबाट शल्यक्रिया गर्दा इन्फेक्सन हुने, लामो समयसम्म  सघन उपचार कक्ष (आइसियु)मा बस्नुपर्नेलगायतका समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।' 

हालसम्म चार सयभन्दा वढी बिरामीले ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्युरो इन्टरभेन्सन’ सेवा लिइसकेका छन्। क्याथल्याबमार्फत मस्तिष्कभित्रको रक्तनलीसम्बन्धी रोगजस्तै नसा बन्द हुनु, रगतको नसाको फुकुण्डो फुट्नु र रगतको गुच्छाको सफल उपचार भएको छ। यी सेवा प्रदान गर्न प्राविधिकरुपमा अत्यन्त चुनौतीपूर्ण मानिन्छ। हस्पिटलका कार्यकारी अध्यक्ष प्रा.डा  देवकोटाले भने, 'जीवनशैली, तथा खानपानमा आएको परिवर्तन, हिँडडुल र शारीरिक व्यायामको कमी,  मद्यपान र धूमपानको बानीले गर्दा रगतमा तैलीय पदार्थको मात्रा बढी हुँदा यसले रक्तनलीको रोग निम्त्याउँछ। यसले उच्च रक्तचाप, मस्तिष्कघात र मुटुको समस्यामा वृद्धि भएको छ।'

अस्पतालले दुईवर्ष अगाडि नै मस्तिष्काघात उपचार सेवाका लागि नै पहिलोपटक विश्वस्तरीय आइसियु सञ्चालनमा ल्याएको थियो। नसारोग विशेषज्ञ डा.महर्जनका अनुसार मस्तिष्कमा अर्बौं कोशिका हुन्छन्। मस्तिष्कघात भई रक्तनली बन्द भएर उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख मस्तिष्कका कोषिका मर्दछन्। यसैले मस्तिष्कघातलाई आपतकालीन स्वास्थ्य समस्या भनिन्छ।  मस्तिष्कघात भएका बिरामीको उपचार विगतमा ‘थ्रोम्बोलाइसिस’मा  सीमित थियो।

उनले भने, 'न्युरो इन्टरभेन्सन पद्धतिमा औषधिको प्रयोगबाट रगतको थेग्लो पगाल्ने गरिन्छ। यसका लागि मस्तिष्कघात भएको साढे चार घण्टाभित्र बिरामीलाई अस्पताल पुर्‍याएमा उपचार सेवा बढी प्रभावकारी हुन्छ तर अहिले सो पद्धतिबाट २४ घण्टासम्म पनि यस्ता बिरामीलाई अस्पताल पुर्‍याउन सकेमा बन्द भएको ठूलो रगतको नसाबाट थेग्लो निकालेर बिरामीलाई पूर्ववत् अवस्थामा ल्याउन सकिन्छ।'

के हो मस्तिष्काघात ?  

मस्तिष्क शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग हो। यसलाई निरन्तर पोषण र अक्सिजन आवश्यक पर्दछ। यो रक्त नलीको माध्यमबाट मस्तिष्कमा पुग्दछ। मस्तिष्कको रक्तनलीमा अवरोध भए वा फुट्न गएमा मस्तिष्कमा रगत आपूर्ति कम भई स्नायु कोषिकामा तत्काल क्षति पुग्छ। यसरी उत्पन्न हुने समस्यालाई मस्तिष्काघात भनिन्छ। यसले स्नायु र स्नायुतन्तुमा स्थायी क्षति पुर्‍याइ अकालमा ज्यानसमेत जान सक्छ र बाँच पनि विकलाङ भई परनिर्भर हुनुपर्ने बाध्यता आउन सक्छ। पछिल्लो समय नेपालमा मृत्युको तेस्रो कारण मस्तिष्काघात रहेको जनाइएको छ। सन् २००९ देखि २०१९ का बीचमा मस्तिष्काघात हुने समस्या  ४०  प्रतिशतले वृद्धि भएको एक अध्ययनले जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग मस्तिष्काघातबाट बर्सेनि कतिजनाले अकालमा मृत्यु गर्दछन् भन्ने तथ्याङ्क नै छैन।

मस्तिष्काघातका लक्षण  

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ। ती लक्षण पहिचान गर्न चिकित्सकले छोटकरीमा ‘वि फास्ट’ अर्थात् (सन्तुलन नहुन, रिङ्गटा लाग्नु, आँखा धमिलो देख्नु, अनुहार बाङ्गिनु, हातखुट्टा लुलो हुनु, बोली लर्बराउनु, बोल्न नसक्नु, समय खेर नफाली अस्पताल पुर्‍याउनु)नामकरण गरेका छन्।    

मस्तिष्काघात कसलाई हुनसक्छ ?

५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप भएका, धूमपान र मद्यपान सेवन गर्ने व्यक्ति, मधुमेह, उच्च कोलस्टोर भएका, तनावपूर्ण जीवनशैली जिउने व्यक्ति, मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्या भएका, परिवारमा मस्तिष्कघातको इतिहास भएका तथा हालसालै अथवा पुरानो मस्तिष्क सङ्क्रमणले ग्रस्त बिरामीलाई यसको जोखिम हुनसक्ने जनाइएको छ। चिकित्सकका अनुसार मस्तिष्कघात दुई किसिमले हुनसक्छ। एक मस्तिष्कभित्रको रक्तनलीमा रगतको थेग्लो जमेर र अर्को मस्तिष्कमा रगत आपूर्ति गर्ने धमनी फुटेर। मस्तिष्काघात भएका अवस्थामा बन्द भएको नली खुलाउन औषधि र रक्तनलीभित्र शल्यक्रिया गरी दुई किसिमबाट उपचार हुने जनाइएको छ। 
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
१२ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस