क्षयरोग रणनीतिक योजना: मृत्युदर ६० प्रतिशत घटाइने
२८ असार २०७९
•
३ मिनेट पाठ
क्षयरोग रणनीतिक योजना: मृत्युदर ६० प्रतिशत घटाइने
आर्थिक वर्ष २०९१/९२ सम्म क्षयरोगको अन्त्य गर्ने योजनासहित पञ्चवर्षीय योजना सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले यहाँ आयोजना गरेको कार्यक्रममा ‘क्षयरोग अन्त्यको राष्ट्रिय रणनीतिक योजना २०७८/७९ देखि २०८२/८३’ सार्वजनिक गरेका हुन्। रणनीतिक योजनामा आव २०९१/९२ सम्म क्षयरोगको अन्त्य र आव २१०६/०७ सम्ममा क्षयरोग निवारण गर्ने लक्ष्य लिइएको छ।  




केन्द्रका निर्देशक डा.सञ्जयकुमार ठाकुरले क्षयरोग सामाजिक रोग भएकाले सबैले मिलेर अन्त्य गर्नुपर्ने बताए। उनले क्षयरोगको कारणले परिवारमा पर्ने अधिक आर्थिक व्ययभार पनि शून्यमा झार्ने गरी रणनीतिक योजना ल्याइएको जानकारी दिए। रणनीतिमा आवमा २०८२/८३ क्षयरोगका नयाँ बिरामी दरमा २४ प्रतिशतले कमि ल्याउने लक्ष्य राखिएको छ। उनकाअनुसार रणनीतिक योजनामा आर्थिक वर्ष २०८२/८३ सम्म प्रतिलाख जनसङ्ख्यामा १८१ जना क्षयरोगका बिरामी झार्ने लक्ष्य लिइएको छ। आर्थिक वर्ष २०७७/७८ मा प्रतिलाख जनसङ्ख्यामा २३८ जना क्षयरोगका बिरामी रहेका छन्।

योजनामा क्षयरोगबाट बिरामी भई मृत्यु हुने दर ६० प्रतिशतले घटाउने लक्ष्य लिइएको छ। यस्तै रणनीतिक योजनामा २०८२/८३ मा प्रतिलाख जनसङ्ख्या २३ जना मृत्युदर झार्ने तयारी गरिएको छ। २०७७/७८ मा प्रतिलाख जनसङ्ख्यामा ५८ जना मृत्युदर रहेको छ।

यस्तै क्षयरोगका बिरामीमा एचआइभी परीक्षण सतप्रतिशतमा पुर्‍याउने लक्ष्य लिइएको छ। अहिले ६९ प्रतिशतमा मात्र एचआइभी परीक्षण भएको छ। केन्द्रका निर्देशक डा ठाकुरले क्षयरोगलाई रणनीतिकअनुसार काम गर्दै जाने र सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त घोषणा गर्ने सरकारको लक्ष्य रहेको बताए।

उनले रणनीतिक कार्ययोजना सहित क्षयरोगको पहिचान, निदान तथा समयमा नै उपचार गर्न समुदायस्तरसम्म सक्रिय खोज पडताल गर्नुपर्ने बताए। उनका अनुसार गत वर्ष सात हजार क्षयरोगका बिरामी फेला परेको थिए भने यस वर्ष १० हजार फेला परेका छन्। मन्त्री खापुङले रणनीतिक योजनाअनुसार पाँच वर्षमा उल्लेखनीय मृत्युदर घटाउनुपर्ने बताए। उनले रणनीतिमा भएको लक्ष्य पूरा गर्नका लागि प्रत्येक वर्ष र प्रत्येक महिनाको के के गर्न सकिन्छ भनेर कार्ययोजना बनाएर काम गर्नुपर्ने बताए।

उनले अझ पनि धेरै क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेकाले पत्ता लगाई उपचार गर्नुपर्ने बताए। सचिव डा रोशन पोखरेलले पाँच वर्षसम्म योजनाअनुसार काम गरेर क्षयरोगका बिरामी घटाउनुपर्ने बताए। उनले क्षयरोगले धेरै नै आर्थिक व्ययभार बढ्ने गरेको उल्लेख गर्दै योजनाअनुसार काम गर्न नसके मुलुक आर्थिकरुपमा धराशायी हुने बताए।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले क्षयरोगका बिरामी पत्ता लगाउन सके क्षयरोग नियन्त्रण गर्न सकिने बताए। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले वडास्तरमा गएर क्षयरोगका बिरामी पत्ता लगाउनुपर्ने बताए। उनले योजनाले तय गरेको क्रियाकलापअनुसार सबै स्थानीय तहलाई क्षयरोगरहित बनाउनुपर्ने बताए।  

नेपालमा अहिले २६ हजार ६७७ क्षयरोगका बिरामी राष्ट्रिय क्षयरोग कार्यक्रममा दर्ता गरिएका छन्। यस्तै नेपालमा प्रत्येक वर्ष ६९ हजार नयाँ क्षयरोगका बिरामी हुने अनुमान गरिए पनि अझ ४१ हजार ५०० बिरामी पत्ता लगाउन नसकिएको केन्द्रका निर्देशक डा ठाकुरले जानकारी दिनुभयो। नेपालमा प्रत्येक वर्ष १६ हजार मानिस क्षयरोगका कारणले मृत्यु हुने गरेका छन्। नेपालमा क्षयरोगको उपचार लागि पाँच हजार ५०३ डट्स केन्द्र, २२ वटा मल्टी ड्रग रेसिडेन्स उपचार केन्द्र र ८१ मल्टी ड्रग रेसिडेन्स उपचार उपकेन्द्र, एक वटा ड्रग रेसिडेन्स ९होम० र छवटा ड्रस रेसिडेन्स होल्टल रहेका छन्।

केन्द्रका निर्देशक डा ठाकुरले हरेक प्रदेशमा राष्ट्रिय क्षयरोग रेफ्ररेन्स प्रयोगशालालाई सुदृढीकरण गरी जिनएक्सपर्ट मेसिन उपलब्ध गराई क्षयरोगी पत्ता लगाउने बताए। यस्तै रणनीतिमा आधुनिक उपकरणको प्रयोग गरी समुदाय र स्वास्थ्य संस्थाबाट क्षयरोगका बिरामी पत्ता लगाउने, क्षयरोगका बिरामीको सम्पर्कमा आएका व्यक्तिको खकार जाँचका लागि सम्पर्क परीक्षण (कन्ट्याक्ट ट्रेसिङ)को विस्तार गर्ने, बालबालिकामा हने क्षयरोगको निदान र उपचार व्यवस्थापनलाई सुदृढ गर्नेजस्ता कार्ययोजना रहेका छन्। यस्तै पाँच वर्षमुनिका बालबालिकामा लेटेन्ट क्षयरोग सङ्क्रमणको उपचार ९० प्रतिशतभन्दा बढी पुर्‍याउने योजना रहेको छ। 
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
१३ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस