सुनसरीमा पछिल्लो समय ९८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। पछिल्लो जेठ २३ गतेयता एक जनाको मृत्यु भएको छ।
पछिल्लो समय सुनसरीमा जेठ २३ गते एक जना संक्रमित भेटिएपछि असारदेखि क्रमशः कोरोना संक्रमित बढेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ। सुनसरीको १२ वटा स्थानीय तहमध्ये गढी गाउँपालिकाबाहेक सवैमा कोरोना संक्रमित बढ्न थालेका छन्।
सवैभन्दा बढी धरानमा कोरोना संक्रमित पुगेका छन्। धरानमा सक्रिय संक्रमितमध्ये ६८ जना रहेको जिल्ला स्वास्थय कार्यालय प्रमुख सागर प्रसाईंले बताए। कोरोना महामारी सुरु भएयता सवैभन्दा बढी धरानमै संक्रमित र मृत्यु रहेका छन्।
जिल्लामा कोरोना जाँच गर्न सहज स्थान धरान हो। धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेकाले गर्दा कोरोनाको जाँच गर्न सहज रहेको छ। धरानपछि इटहरीमा सवैभन्दा बढी कोरोना संक्रमित १३ जना रहेका छन्।
‘कोरोनाको जाँच बढी शहर केन्द्रित हुने हुँदा पछिल्लो समय सवैभन्दा बढी धरान र त्यसपछि इटहरीमा रहेकोमा अब अन्य स्थानमा पनि परीक्षण बढाउने योजना छ,’ स्वास्थ्य कार्यालय प्रमुख प्रसाईंले भने।
सुनसरीमा १८ वर्षमाथिका कोरोनाबिरुद्दको पहिलो खोप पाँच लाख ५४ हजार नौ सय ३८ जनाले लगाएका छन्। सोही उमेर समूहले दोस्रो दोजको खोप चार लाख ९० हजार ७८९ जनाले लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयको रेकर्ड अनुसार १२ देखि १७ वर्ष उमेर समूहले पोहिलो खोप ९२ हजार ६२८ जनाले लगाएका छन् भने दोस्रो डोजको खोप ७४ हजार चार सय २४ जनाले लगाएका छन्।
यस्तै, पाँच वर्षदेखि ११ वर्ष उमेर समुहका एक लाख ४७ हजार ४६ जनाले पहिलो डोजको खोप लगाएका छन् भने दोस्रो डोजको खोप लगाउने तयारी भइरहेको छ। बराहक्षेत्र नगरपालिकामा भने सुरु गरिएको छ। जिल्लाभर एक लाख ४८ हजार ९५७ जनाले बुस्टर डोज लगाएका छन्। साउन महिना १२ दिनको अवधिमा १३ हजार ६१४ जनाले बुस्टर डोज लगाएका छन्।
सुनसरीमा कोरोना महामारी सुरु भएयता अहिलेसम्म पाँच सय ६३ जनाको मृत्यु भएको छ। संक्रमित हुनेको संख्या भने ३२ हजार २९३ पुगेको छ।