बाजुरा जिल्ला अस्पतालले स्त्री तथा प्रजनन रोगको उपचार सेवा सुरु गरेको छ। स्थापनाको पहिलो पटक बाजुरा जिल्ला अस्पतालले बिशषेज्ञ चिकित्सकमार्फत दिइने स्त्री तथा प्रजनन रोगको उपचार सेवा सुरु गरेको हो।
स्त्री तथा प्रजनन रोग बिशषेज्ञ चिकित्सकलाई नियुक्त गरे भदौ ५ गतेदेखि उपचार सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थान समिति अध्यक्ष मानबहादुर कार्कीले बताएका छन्। सेवा सञ्चालन पछि यौन तथा प्रजनन स्वास्थ्य समस्या भएका महिलाहरुलाई सहज हुने भएको छ।
बाजुरामा करिब ८० प्रतिशत बढी महिलामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि समस्या देखिने गरेको तथ्याक स्वास्थ्य संस्थासँग छ। जिल्लामा सञ्चालन हुने शिविर तथा उपचारका लागि स्वास्थ्य संस्थामा पुग्ने महिलाहरुलाई सबैजसोमा यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धीत रोग देखिने भएपछि विशषेज्ञ ल्याएर सेवा सञ्चालन गर्न थालिएको बाजुरा जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर मिलन कुमार जोशीले बताएका छन्।
अस्पतालले स्त्री तथा प्रजनन रोग उपचार सेवाका लागि विशषेज्ञ डाक्टर सुनिल कुमार शाहसँग करार सम्झौता गरेको छ। २४ घण्टा नै सेवा सञ्चालन गर्ने गरि सम्झौता गरिएको अस्पताल व्यवस्थान समिति अध्यक्ष मानबहादुर कार्कीले बताएका छन्।
कार्कीले अध्यक्षको पद ग्रहण गर्दा नै स्त्री तथा प्रजनन रोग र हाडजोर्नी उपचार सेवा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए। भदौ पहिलो हप्ताबाट दुबै रोगको उपचारका लागि बिशषेज्ञ डाक्टर हाजिर गराउने बताएपनि हाडजोर्नी सम्बन्धी उपचार सेवा केही ढिलो गरि सञ्चालन हुने देखिएको छ।
यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धितका समस्या जिल्लामै हल गर्ने गरि विशषेज्ञ सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख डाक्टर मिलन कुमार जोशीले बताएका छन्। यहाँका महिलाहरुको प्रमुख समस्या नै यौन तथा प्रजनन रोगसँग सम्बन्धित पाठेघर खस्ने, सेतोपानी बग्ने, अनियमित महिनावारी हुने, तल्लो पेट दुखिरहने समस्या बढी छ, त्यही समस्या समाधान गर्न र जिल्ला भित्रै उपचार सेवा दिन बिशषेज्ञ डाक्टर ल्याएको डाक्टर जोशीले भने।
आकस्मीक प्रसुती सेवा बाहेक अन्य अप्रेशन र सर्जरीसँग सम्बन्धीत कुनै उपचार सेवा पनि अस्पतालले सञ्चालन गरिरहेको छैन्। सानो समस्याका लागि समेत जिल्ला बाहिर जानु पर्ने र महँगो उपचार खर्च तिर्नु पर्ने यहाँका स्थानीयलाई बाध्यता छ।
रोगको संक्रमण र सिकार पुरुषहरु पनि छन्, तर बाजुरा जस्ता दुर्गम जिल्लाको हकमा बढी समस्या महिलामा छ। पुरुषहरु विशेष जाने, कामका लागि बाहिर गएर पनि उपचार गराउन सक्ने अवस्था छ, तर महिलाहरुलाई आर्थिक अभाव र पारिवारीक बन्धनले रोग पाली राख्नु पर्ने बाध्यता हटाउनकै लागि अस्पतालले पहिलो पटक जोखिम मोलेरै सेवा सञ्चालन गरेको व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीको भनाई छ।
आर्थिक अभावकै कारण रोग लुकाइ बस्ने महिलाहरुका लागि सेवा सञ्चालन पछि राहत महशुस हुने छ। अस्पताल भित्रका औजार उपकरण र अन्य सामाथ्र्यका आधारमा नै सेवाको गुणस्तर मापन हुने बिशषेज्ञ डाक्टर सुनिल कुमार शाहले बताएका छन्। शाहले हाजिर भएकै दिन आइतबार देखि नै सेवा दिन सुरु गरेका छन्।
अस्पतालसँग कुन कुन उपकरण छन्, कुन विधीको प्रयोग गर्न सकिने मेसिन छ, त्यसैका आधारमा सकेसम्म यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धीत रोगको उपचार गर्न सकिने हो, विश्वास छ, धेरै समस्या हल हुन्छ, शाहले भन्नु भयो। शाह स्त्री तथा प्रजनन रोग विशषेज्ञ सहीत निसन्तान रोगका बिशषेज्ञ पनि हुन्।
बाँझोपन, बच्चा खस्ने, महिनावारी अनियमित जस्ता समस्या भएका महिलाहरुलाई उपचार सेवा दिन सकिने अस्पताल व्यवस्थापन समितिले विश्वास लिएको छ। सुरुमा ६ महिनाका लागि करार सम्झौता गरिएपनि पछि सम्झौता थप हुने र सेवा नियमित हुने अस्पतालले बताएको छ। बाजुरा जिल्ला अस्पतालमा ६ जना एमबिबिएस डाक्टर कार्यरत छन्। ती चारै जना करार सेवाका हुन्। कार्यालयमा सेवारत डाक्टर रुपचन्द्र विश्वकर्मा एमडी अध्ययनका लागि गएदेखि दरबन्दीमा डाक्टर नै आएका छैनन्। अधिकांशले संघ रोज्दा प्रदेश मातहतका अस्पतालमा डाक्टर आउन समेत नमान्नु अर्को समस्या देखिएको छ।
सेवाका नाममा ल्याप देखि भिडियो एक्सरे, अक्सीजन प्लान्टदेखि पीसीआर चेकजाँच अप्रेसन देखि कुपोषण उपचार गर्ने गरिएको छ। तर भनेजस्तो प्रभावकारी छैन। जिल्ला अस्पतालमा २ जना डाक्टर सहीत १८ जना स्थायी दरबन्दी नै छ।
ती मध्ये ७ जना मात्र कार्यरत रहेको कार्यालय प्रमुख डाक्टर मिलन कुमार जोशीले बताएका छन्। २ जना अध्ययन विदामा छन्। बाँकी सबै सेवाका लागि अस्पतालले करारमै स्वास्थ्य कर्मी भर्ना गरेको छ। कार्यरत संख्या ७८ जनाको छ। अझै सबै सेवा सुचारु गर्न त्यो संख्या पनि अपुग छ।
सेवा सञ्चालन गरिएपनि अस्पतालमा विजुलीको समस्याले अक्सीजन उत्पादनमा समेत समस्या हुने गरेको छ। एमडीजिपी डाक्टरको अभावले सामान्य समस्याका लागि पनि महँगो भाडा र सास्ती भोगेर जिल्ला बाहिर उपचार गराउनु पर्ने बाध्यता जिल्ला बासीलाई छ।
बेहोस गरेर बच्चा जन्माउन सक्ने अवस्था समेत नआएपछि एक जना सुत्केरीलाई रिफर गर्न बाजुरा जिल्ला अस्पताल बाध्य छ। सानो घाउ र हात जोर्नीको समस्या लिएर आउनेहरुलाई समेत रिफर गर्ने गरेको आक्रोश नागरिक समाजको छ। विशषेज्ञ सेवा सुचारुसँगै सेवाको गुणस्तरमा सुधार हुने र बिशेषगरि महिलाहरुका लागि राहत हुने विश्वास गरिएको छ।