वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुधारको लागि विगत ५ महिनादेखि जारी आन्दोलनरत सेभ घोपा अभियान, स्वास्थ्य मन्त्रालय र प्रतिष्ठानबीच ५ बुँदे सहमति भएको छ।
शनिबार साँझ स्वास्थ्यमन्त्री भवानी खापुङले सम्बोधन गरेसँगै १३८औं दिनमा आन्दोलन अन्त्य गरेको सेभ घोपा अभियानसँग आइतबार लिखित सहमति भएको हो। उक्त सहमति पत्रमा मन्त्री खापुङ, प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र हामी नेपाल तथा सेभ घोपा अभियानका संयोजक सुधन गुरुङले हस्ताक्षर गरेका छन्।
सहमतिको पहिलो बुँदामा विरामीको चापलाई ध्यानमा राखेर थप डिजिटल एक्स रे मेशिनलगायत अन्य आवश्यक उपकरणहरु क्रमशः जडान गर्दै जाने उल्लेख छ। यस्तै, विगत ४ बर्षदेखि माग भएर पनि पुरा नभएको एमआरआई मेशिनको खरिद र सञ्चालनको लागि अपुग बजेट निर्धारणको व्यवस्था र यथासीघ्र टेण्डर आह्वान गरिने सहमतिको दोस्रो बुँदामा उल्लेख छ।
तेस्रो बुँदामा खरिद प्रक्रिया अझै पारदर्शी गर्दै प्रतिष्ठानको वेभसाइटमा राख्ने आदेश तथा कार्यान्वयन १ महिना भित्र गर्ने उल्लेख छ भने चौथो बुँदामा अस्पतालमा सेवाग्राहीको चापलाई ध्यानमा राखेर चिकित्सकहरुलगायत स्वास्थ्यकर्मीहरुको दरबन्दी, पारदर्शी छनौट प्रक्रिया र चुस्त व्यवस्थान गर्ने उल्लेख छ। पाँचौं बुँदामा अस्पतालको अनुगमन सम्बन्धित निकायबाट नियमितरुपमा गर्ने पनि सहमतिपत्रमा उल्लेख छ। आन्दोलनको क्रममा धेरै मागहरु पुरा भइरहेको र महत्वपुर्ण तथा दीर्घकालिनरुपमा सुधार गर्नुपर्ने मागहरुबारे स्वास्थ्यमन्त्रीकै उपस्थितिमा लिखित सहमति भएकोले चाडै पुरा हुने अपेक्षा रहेको अभियानका संयोजक गुरुङले बताए।
प्रतिष्ठानको स्वास्थ्य सेवा खस्कदै गएको, सर्वसाधारण विरामीहरुले सास्ती भोग्नुपरेको, अनियमितता बढेको भन्दै धरानबासीहरु आन्दोलनमा थिए। शुरुवातमा हामी नेपालको अगुवाईमा भएको आन्दोलन पछि उक्त संस्थाले धराने युवाहरुलाई सुम्पिएको थियो। आन्दोलनको क्रममा हरेक दिन दिउँसो ४ बजेदेखि ६ बजेसम्म प्रतिष्ठानको डेन्टल गेट अघि धर्ना बस्ने गरिएको थियो।आन्दोलन चर्कदै गएपछि समस्या पहिचान गर्न र सुझाव दिन कार्यदल गठन भएको थियो।
उक्त कार्यदलले तत्काल सुधार गर्नुपर्ने र दीर्घकालिनरुपमा सुधार गर्नुपर्ने सुझावसहित प्रतिवेदन दिएको थियो। तत्काल १५ दिनभित्र सुधार गर्न सकिने कामहरु कार्यान्वयनमा नभएसम्म धर्ना जारी राख्ने अडान राखेको सेभ घोपा अभियानले साउन २९ गतेदेखि काठमाण्डौंमा आमरण अनसनमा बस्ने घोषणासमेत गरेको थियो। तर, प्रतिष्ठानले १५ दिनभित्र सुधार गर्न सकिने कामहरु कार्यान्वयन गरेको साथै दीर्घकालिनरुपमा सुधार हुने कामहरुको पनि प्रक्रिया शुरुवात भइसकेको भन्दै आन्दोलनरत पक्षलाई पत्राचार गरेपछि आमरण अनसन स्थगित गरिएको थियो।
स्वास्थ्यमन्त्री खापुङद्वारा अस्पतालको अनुगमन
स्वास्थ्यमन्त्री भवानी खापुङले प्रतिष्ठानको विभिन्न विभागको ओपिडी, आइसियु, डाइलाइसिस सेवा, मेडिकल स्टोर, इर्मजेन्सी, निर्माणाधिन एमसिएच भवनलगायतको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षण पश्चात सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै मन्त्री खापुङले आफ्नो ध्यान प्रतिष्ठानलाई कसरी सुधार गर्ने भन्नेमा केन्द्रीत रहेको बताए। उनले प्रतिष्ठानमा रिक्त पदपूर्ति भइसकेको र नयाँ टिम आएकोले संस्थानलाई राम्रो बनाउन एकढिक्का भएर अघि बढ्न निर्देशन पनि दिइसकेको बताए। ‘पद अनुसारको आआफ्नो जिम्मेवारी छ, त्यो अनुसार काम गर्नुपर्छ। माथि मन्त्रालय र सरकारकोतर्फबाट सहयोग गर्ने कुरामा स्रोत, साधानले भ्याएसम्म सहयोग गर्न तयार छौं,’मन्त्री खापुङले भने।
प्रतिष्ठान दक्षिण एसियामा नाम चलेको मेडिकल कलेज भएपछि पछिल्लो समय साख खस्केको भन्दै नयाँ टिमले हिजोकै स्थितिमा पुर्याउन निर्देशन दिइसकेको पनि मन्त्री खापुङले बताए। ‘हिजोकै स्थितिमा पुर्याउनसबै लाग्नुपर्छ। यो अहिलेको टिम लाग्छ भन्नेमा पुर्ण विस्वस्त छुँ,’मन्त्री खापुङले भने,‘सरकारमा रहेसम्म यसकै पक्षमा काम गर्छु। म भोली विरामी हुँदा आएर उपचार गर्ने ठाउँ पनि यही हो। सबै लागेर राम्रो बनाउन लाग्नुपर्छ।’ उनले प्रतिष्ठानमा उपचार सेवा गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक एमआरआई, डिजिटल एक्स रेलगायत उपकरणहरुको लागि सरकारबाट सहयोग आउने पनि बताए।
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।
अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।
शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।
स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।
गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'
गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।
प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।
तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।
स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'
उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...