वार्षिक ५३ हजार बढी बिरामीलाई सेवा दिदै आएको कपिलवस्तु अस्पताललाई सय बेडको बनाउनुपर्ने माग गरिएको छ। लुम्बिनी प्रदेश मै उत्कृष्ठ र नेपाल मै चौथो स्थान हासिल गरेका अस्पतालको सेवा सुविधा बिस्तार गर्नुपर्ने माग गरिएको हो।
अस्पतालद्वारा पत्रकार महासंघ कपिलवस्तुको सहजीकरणमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अस्पतालका मेसु डाक्टर किशोर बन्जाडोले सो माग गरेका हुन्। २ वर्षअघि सरकारले कपिलवस्तुलाईलाई ५० बेडको बनाएको थियो। अस्पतालमा सिटिस्क्यान र डार्ईग्नोपसिस सेवा, विस्तार गर्नुपर्ने उनले बताए।
बिरामीहरुको चाप हुने कपिलवस्तु अस्पताललाई सय बेडको बनाई सेवा सुविधा बिस्तारमा सबैले साथ दिनु पर्ने बताए। उनले सार्वजनिक सुनुवाईमा आएका बिभिन्न गुनासाहरु सम्बोधन गरिने बताए। उनले अस्पतालमा १० बेडको आईसियुसहित उपचारको सेवा रहेको बताए। १ सय ४० कर्मचारी रहेको अस्पतालको सेवालाई प्रभावकारी बनाउन आफूले सक्दो कोसिस गरेको उनले बताए। सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले अस्पतालको विकासमा आफनो सदा साथ रहेने प्रतिबद्धता ब्यक्त गरे।
उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको र नगर क्षेत्र भित्र रहेकोलाई स्वास्थ्य बीमामा आधा रकम नगर पालिकाले व्याेहोर्ने गरी निर्णय गरिएको बताए। उनले अस्पतालको विकास र स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आफूले सक्दो कोसिस गर्ने बताए। सो अवसरमा नागरिक अगुवा राजु प्रसाद अर्यालले अस्पतालले पहिलो पटक सार्वजनिक सुनुवाई गरेकोमा धन्यावाद दिंदै सेवा सुबिधालाई प्रभावकारी बनाउनुपर्ने बताए।
उनले बिरामीहरुसंग स्वास्थ्यकर्मीले राम्रो व्यवहार गरी सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए। उनले सांसद र प्रदेश सांसदसहित राजनितिक दलका नेताहरुको सहभागीतामा अस्पतालको कार्ययोजनाबारे अवगत गराउनुपर्ने बताए। सो अवसरमा साझा प्रयास अभियानका संयोजक रबि ठाकुरले कोरोना कालमा अभियानमा ७० लाख भन्दा बढीको नगदी र जिन्सी समान संकलन गरी ६७ लाख बराबरको सरसामान बाँडेको बताए।
उनले यो सार्वजनिक सुनुवाइ १ वर्षअघि नै राखेको भए उत्तम हुने थियो भन्दै अस्पतालले खर्च लगातयका बिवरण सार्वजनिक गरकोमा खुसी व्यक्त गरे। सो अवसरमा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले अस्पतालको विकासमा सघ, प्रदेश र स्थानीय पालिकाले समेत साथ दिनुपर्ने बताए। उनले अस्पतालको सेवालाई थप चूस्त र प्रभावकारी बनाउनुपर्ने बताए।
सो अवसरमा पत्रकार महासंघका सदस्य मनिष कार्कीले नागरिक अभिमत र बर्हिगमन प्रतिवेदन प्रस्तुत गरेको थिए। कार्यक्रममा अस्पतालमा खानेपानी र सरसफाईको विशेष प्रबन्ध गर्नुपर्ने, बिरामीसँग राम्रो ब्यवहार गर्नुपर्ने, स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने? ईमरजेन्सी सेवामा डाक्टरहरु उपलब्ध हुनुपर्ने लागतयका सुझावहरु दिएका थिए। अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादवले आफूले अस्पतालको सेवालाई प्रभावकारी बनाउन लागि परेको बताए।
शिवलाल यादवको अध्यक्षता, संचारकर्मी सेरिफ केसीको संचालनमा भएको कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ का अध्यक्ष र बिन्दू तिवारी, बरीराम चौरसिया, लगायतले अस्पतालको सेवा सुविधा प्रभावकारी र पारदर्शी बनाउनुपर्ने माग गरेका थिए। सो अवसरमा अस्पतालका डाक्टर तथा सुचना अधिकृत गणेश क्षेत्रीले न्युनतम सेवा मापदन्डमा कपिलवस्तु ८७ अंकसहित लुम्बिनी प्रदेश मै पहिलो र नेपालको चौथो रहेको बताए।
उनले गत आर्थिक वर्ष अस्पतालमा ५३ हजार ९ जना बिरामीले ओपिडी सेवा र ३३ हजार ६३७ जनाले आकस्मिक सेवा लिएको बताए। यस्तै सुरक्षित मातृत्व २ हजार २४१ जनाले तथा १ हजार २८ विपन्नले २१ लाख ५८ हजारको नि:शुल्क सेवा लिएको बताए। यस्तै कोरोनाकालमा अस्पतालमा ७६ लाख रुपैयाँ उठेको विवरण प्रस्तुत गरे। अस्पताल २०२९ साल पुसमा स्थापना भएको हो।