सिभिल अस्पतालले बिरामीलाई छरितो तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले द्रूत योजना अघि सारेको छ ।
योजना अन्तर्गत भीड कम गर्ने गरी टोकन सिस्टम लागु गर्ने, अस्पतालमा चिकित्सक भेटेर समय वर्वाद गर्ने औषधी कम्पनीका कर्मचारीलाई प्रवेश निषेध गर्ने र बिरामीको अप्ठेरो सुन्नको लागि गुनासो पेटिक समेत राख्न सुरु गरेको छ । यो कार्यक्रम अस्पतालले हालै सुरु गरेको हो । अस्पतालमा बिरामीको चाप अनुसार सहज सेवा प्रदान गर्न बिभिन्न द्रूत योजनाको साथ अघि बढेको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताए ।
‘बिरामीले अस्पतालभित्र मेडिकल समूहले भीड गरेको गुनासो आएपछि उनीहरुलाई अस्पताल प्रवेशमा निषेध गरेका छौ’ उनले भने ।
अस्पतालमा बिरामीको चाप वर्षेनी बढ्ने गरेकोले थप व्यवस्थापन आवश्यक देखिएको र सो अनुसार अस्पतालले अनलाइन टिकट बुकिङ ७५ प्रतिशत र २५ प्रतिशत टिकट सिधै काउन्टरबाट लिने व्यवस्था पहिलादेखि नै सुरु गरेको थियो । केही रिपोर्ट बाहेक अन्य रिपोर्ट तीन घण्टाभित्रै दिने सेवासमेत अस्पतालले चलाएको छ ।
यही वर्षभित्रै सुरु हुने गरी क्यान्सर तथा मुटु सेवामा पनि बिभिन्न कार्यक्रम विस्तार गर्ने गरी अघि बढेको निर्देशक रेग्मीले जानकारी दिए । जस अनुसार मुटु सेवामा अस्पतालमा पहिलो पटक क्याथल्याव सेवा सुरु हुँदैछ भने अर्को वर्षसम्म मुटुको शल्यक्रिया सेवा पनि विस्तार गर्ने योजना रहेको रेग्मीले बताए ।
उनका अनुसार क्यान्सर सेवालाई थप गुणस्तरीय बनाउन विशेष सिटिसक्यान र बा्रकोथेरापी सेवा यही वर्षभित्रै सुरु हुँदैछ । यो सेवामा पहिला नै लिनक्याक रेडियोथेरापी सञ्चालनमा रहेको र आधुनिक नयाँ ब्रेकीथेरापी थप गर्न लागिएको हो । बिरामीको छरितो सेवाको लागि अन्य ससाना सुधारका कार्यक्रम सुरु भइसकेको र थप गर्ने तयारी भइरहेको छ । यी सेवा विस्तारको लागि बजेट आइसकेकोले प्रक्रिया अघि बढिसकेको उनले बताए ।