अस्पतालको एउटै फार्मेसी बिमा र फार्मेसीको मूल्य फरक परेपछि बिरामीहरूले गुनासो गरेका छन्। बिरामीले बिमाको मूल्य अनुसार औषधी नपाउँदा गुनासो आउने गरेको वीर अस्पताल फार्मेसीले स्वीकार गरेको छ।
स्वास्थ्य बिमा बोर्डको पछिल्लो सेवा तथा औषधीमा गरेको पछिल्लो मूल्य दररेट बजार मूल्य र औषधीको खरिद मूल्य भन्दा अति न्यून परेपछि बिरामीमा अन्यौलता सिर्जना भएको र बिमा सेवा अन्तर्गत पाउन नसकेको वीर अस्पतालका उप निर्देशक डा. प्रकाश बुढाथोकीले बताए।
बोर्डले गत जेठ १३ गते सुविधा थैली घटे लगत्तै औषधीको मूल्यदर समायोजन गरेको थियो।
वीर अस्पतालका फार्मेसी इन्चार्ज मान बहादुर महराको अनुसार केही औषधीमा दश/बिस रुपैयाँ कम मूल्य तोकेको छ भने केहीमा दश देखि १२ हजार मूल्य बढी पर्ने गरी दर कायम भएपछि अस्पतालले यी औषधीहरू स्वास्थ्य बिमा सेवा बापत उपलब्ध गराउन नसकेको जनाएको छ।
क्यान्सर, मधुमेह, मिर्गौला प्रत्यारोपण र मुटु रोगको औषधीहरुमा अति न्यून मूल्य तोकिएको पाइएको छ। ‘प्रति औषधीमा बिस रुपैयाँ बढी मूल्य तोके पनि ठुलो दरमा विक्री गर्दा अस्पताललाई लाखौँ घाटा पर्छ’ उनले भने। नयाँ मूल्य समायोजनमा करिब १ सय ५० भन्दा बढी औषधीमा अस्पतालको खरिद मूल्य भन्दा अति न्यून मूल्य कायम गरिएको छ।
‘यी औषधीहरूमा खरिद मूल्य भन्दा १० देखि १२ हजार रुपैयाँ कम मूल्य तोकेको छ, जुन अस्पतालले उपलब्ध गराउन सक्दैन’ उनले भने।
‘एकातिर बोर्डले अस्पताललाई स्वास्थ्य बिमा सेवा बापत ६५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ, त्यस माथि एउटै औषधीको मूल्यमा यति ठुलो बढी मूल्यमा कसरी दिन सक्छ ? ’उपनिर्देशक बुढाथोकीले भने।
बुढाथोकीको अनुसार टिचिङ र निजी अस्पतालमा स्वास्थ्य बिमा सेवा बन्द भएपछि वीरमा बिमा सेवा लिन र दैनिक बिरामीको सङ्ख्या वृद्धि भई ४५ सय पुगेको छ। यस अघि औसत २५ सयदेखि ३ हजारको हाराहारीमा सेवा लिन आउँथे।
औषधीको मूल्य अति न्यून भएपछि अस्पतालले करिब १ सय ५० वटा औषधी बिमा सेवा मार्फत उपलब्ध गराउन सकेको छैन। ‘मूल्य नबुझी हचुवाको भरमा मूल्य समायोजन गरेको देखियो’, निर्देशक बुढाथोकीले भने।
अस्पतालमा नभएका सेवाहरू बाल सेवा, स्त्रीरोग र आयुर्वेदका ३ सय १२ थरीका औषधी बाहेक ८ सय ५० प्रकारका औषधी बिमा सेवा बापत अस्पतालको फार्मेसीमा छन्। त्यसै गरी अस्पतालको विशेषज्ञ सेवाको लागि तीन सय १२ वटा औषधी, क्यान्सरका तीन सय १२ गरी १२ सय ५० थरीका औषधी अस्पताल फार्मेसीमा उपलब्ध छन्।
बोर्डले औषधी सहित सेवाको दररेट पनि अत्यन्त न्यून भएपछि अस्पताल कर्मामा परेको डा. बुढाथोकी बताउँछन्। औषधी र सेवा दुवै अस्पतालको दर अनुसार बोर्डले भुक्तानी दिएमा सेवा सहज हुने उनको राय छ। उनी भन्छन्, ‘अस्पतालको शुल्क अनुसार हुने हो भने बढी मूल्य पनि पर्दैन, भुक्तानीमा यति बढी रकम बक्यौता रहँदैन’,।
मूल्य फरक परेपछि अस्पतालहरूको बिमाको सेवा दिन बन्द गरेको जानकारी बोर्डलाई जानकारी भइसकेको र सो अनुसार पुन समायोजन गर्ने तयारी भइरहेको स्वास्थ्य बिमा बोर्डका अधिकृत झलक जोशीले बताए। उनले भने, ‘अब समायोजन हुन्छ’।