वीर अस्पतालमा पछिल्लो समय बिरामीको लर्को
१३ साउन २०८२
•
४ मिनेट पाठ
वीर अस्पतालमा पछिल्लो समय बिरामीको लर्को
कुनै समय सरकारी अस्पताल भन्नेबित्तिकै जानेबुझेका मानिस तर्कने गर्थे। पछिल्लो समय भने वीर अस्पतालमा बिरामीको लर्को लागेको छ। वीर अस्पतालमा एक दशकमा सेवा लिन आउने बिरामीको तथ्यांकले यस्तो औंल्याएको छ। सोमबार अस्पतालको १३५औं वार्षिकोत्सवका अवसरमा पछिल्लो तथ्यांक प्रस्तुत गर्दै अस्पतालका निर्देशक डा. दिलिप शर्माले बताएका हुन्।




अस्पतालको बहिरंग तथा अन्तरंग सेवामा आउने बिरामीको तथ्यांक १० वर्षको तुलनामा चौबर पुगेको उनले औंल्याए। तथ्यांकअनुसार गत आर्थिक वर्षमा ६ लाख ४७ हजार २ सय १५ जनाले लिएका छन्। १० वर्षअघि अन्तरंग सेवा लिनेको संख्या ११ हजार ५ सय १२ जना थिए भने गत आवमा २१ हजार २ सय २४ जनाले सेवा लिएका थिए।

त्यसैगरी ज्येष्ठ नागरिक विभागमा सेवा लिने पाँच गुणाले बढेको प्रतिवेदनले औंल्याएको छ। यी दुईबाहेक अन्य विभागमा पनि सेवा लिनको संख्या बढिरहेको निर्देशक शर्माले बताए। उनका अनुसार कोभिड १९ पछि वीरसहित अन्य सरकारी अस्पतालमा आकर्षण बढेको उनको विश्लेषण छ। ‘कोभिडपछि सरकारी अस्पतालमा जनताको विश्वास बढेको देखिन्छ,’ उनले भने।

वीर अस्पतालले दिने सुलभ शुल्क उपचार, स्वास्थ्य बिमा उपचार, विपन्न नागरिक निःशुल्क सेवालगायतका कारण बिरामीको आकर्षण उत्तिकै बढेको अस्पतालले जनाएको छ। ‘यो अस्पतालको शुल्क सेवा स्वास्थ्य बिमाले तोकेभन्दा पनि कम छ,’ डा. शर्माले भने।

वीर अस्पतालको तथ्यांकअनुसार गत आर्थिक वर्षभित्रमा विभिन्न सेवा विस्तार गरेको छ। यी विशिष्टीकृत सेवामा वृद्धि गरिएको गुणस्तरीय सेवा पनि आकर्षणको कारण बनेको शर्माले बताए। गत आवमा वीर अस्पतालमा लामो समय बन्द भएको बर्न सेवालाई केडी जोशी बर्न सेन्टरका रूपमा सञ्चालन, हाल ३५ शय्यामा सञ्चालित आकस्मिक कक्ष विस्तार गरी ७० शय्याको मोडुलर इमरजेन्सी सेवा, गत कात्तिकमा सबै खालका दुखाइका लागि पेन मेडिसिन सेवा, सिटिभिएस तथा पल्मोनरी क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभाग सञ्चालनमा ल्याएको छ।

त्यसैगरी मुटु, बाथरोग कार्यक्रम, कोक्लियोपलान्ट सर्जरी (कृत्रिम कान प्रत्यारोपण सेवा), न्युरो सर्जरी विभागबाट भिडियो इइजी तथा डिप ब्रेन स्टुमुलेसन प्रविधि सेवा विस्तार, फार्मेसी सेवा विस्तार, औषधी सूचना केन्द्र, १० वटा थप गरी ७२ वटा आइसियु बेड विस्तार, ३८ वटा हाइ डिपेन्डेन्सी युनिट गरी ११० वटा विभिन्न विधाका सघन कक्ष सञ्चालनमा रहेका छन्।

यीबाहेक प्याथोलोजी सेवामा विभिन्न आठवटा विशेष परीक्षणको विस्तार, एन्टिमाइक्रोवेयल सटेवार्डसिप कार्यक्रम लागु, टोमोथेरापी सेवा, ज्येष्ठ नागरिक सेवा, टिकट काउन्टर तथा अनलाइन दर्तालगायतका सेवा विस्तार गरेको अस्पतालले जनाएको छ।

गत आवमा यो अस्पतालले क्यान्सर सेवामा आधुनिक टोमोथेरापी सञ्चालनमा ल्याई हालसम्म पाँच सय ४२ शय्याको अन्तरंग सेवा र २२ वटा बहिरंग विभागबाट सेवा प्रदान गरिरहेको छ। तर नौ सय ६० शय्यामा सेवा दिने क्षमता विकास गरिसकेको छ। त्यसैगरी १८ वटा शल्यक्रिया टेबुल, २४ शय्याको पोस्ट अपरेटिभ वार्ड, ५८ शय्याको क्यान्सर वार्ड सञ्चालनमा छन्। गत वर्ष यो अस्पतालबाट ६ लाख ४७ हजार २ सय १५ जनाले बहिरंग सेवा र ३५ हजार १ सय ४४ जनाले अन्तरंग सेवा लिएका छन्।

तर पूर्ण क्षमतामा सञ्चालन गर्न कतिपय चुनौती कायम रहेको अस्पतालका निर्देशक डा. शर्माले बताए। उनका अनुसार बिरामीको बढ्दो चापअनुसार पुरानो भवन निर्माणमा कमी, बढ्दो कर्मचारी परिवर्तन दर, प्राविधिक जनशक्ति दरबन्दी स्वीकृत हुन नसक्नु, स्वास्थ्य बिमा बोर्डबाट समयमै सोधभर्ना नहुनु, अत्यावश्यक शीर्षकमा वार्षिक बजेटको कमी, डिजिटल रेकर्ड प्रणालीका लागि विद्यमान सर्भरको क्षमतामा कमीजस्ता कारणले थप प्रभावकारी सेवा प्रदान गर्न चुनौती बनेको डा. शर्माले औंल्याए।

सोही क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालको विकासले समग्र देशको स्वास्थ्य सेवाको स्थिति संकेत गर्ने बताए। यस अस्पतालमा आवश्यक परेको भौतिक तथा अन्य पक्षको व्यवस्थापनका लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाए। ‘यो अस्पतालका लागि आवश्यक पर्ने उपकरणदेखि बजेट व्यवस्थापनमा पहिलो प्राथमिकता दिनेछौं,’ उनले भने। उनले अस्पतालमा आवश्यक उपकरण पूर्तिका लागि स्वास्थ्य सेवा विभागमा रहेका उपकरण पहिलो चरणमै वीर अस्पताललाई उपलब्ध गराउने बताए। वीर अस्पताल १९ सय ४६ साउन १२ गते स्थापना भएको थियो। सुरुमा १२ शय्याबाट सेवा प्रदान गरिएको थियो।

भदौभित्र सबै अस्पतालको बक्यौता भुक्तानी

स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य बिमाबापत अस्पताललाई तिर्नुपर्ने बक्यौता साउन महिनाभित्रै भुक्तानी गर्ने बताएका छन्। सोमबार वीर अस्पतालको वार्षिकोत्सवका अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘भदौ महिनाभित्र सबै अस्पतालमा बिमाको बक्यौता भुक्तानी हुनेछ।’ यसका साथै यही वर्षदेखि बिमाको थैली दुई लाखमा वृद्धि गरेको बताए।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
४ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५८ सेकेन्ड अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस