मधेस प्रदेशमा सबैभन्दा धेरै क्षयरोगी!
१६ भदौ २०८२
•
३ मिनेट पाठ
मधेस प्रदेशमा सबैभन्दा धेरै क्षयरोगी!
गत आर्थिक वर्षको तथ्याकं अनुसार मधेस प्रदेशमा सवै भन्दा बढी क्षयरोगी फेला परेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा पुष्टि भएका ३९ हजार एक सय १८ जनामा संक्रमित फेला परेका छन् । ती मध्येमा करिव १३ सय जनाको मृत्यु भएको तथ्यांक छ ।  




कुल संक्रमित  मध्येमा २५ प्रतिशत मधेस ९ हजार ७ सय ७८ जना छन् । त्यसपछि दोस्रोमा बाग्मती प्रदेशमा २३ प्रतिशत, लुम्विनीमा २० प्रतिशत, कोशीमा १२, सुदुरपश्चिममा ९, गण्डकीमा ७ र कर्णालीमा ४ प्रतिशत संक्रमित छन् ।  

सोमबार राष्ट्रिय क्षयरोग केन्द्रले नेपालमा क्षयरोगको स्थिति बारे सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ ।

सो क्रममा मधेस प्रदेशका केही जिल्लाका क्षयरोगी औषधि पुरा मात्रा सेवन नगर्ने,  कतिपय संक्रमित समयमै उपचारमा नजाने, उपचारमा पुगेका स्वास्थ्य संस्थामा पहिचानको लागि उचित साधन नपुग्नु , क्षयरोग उपचारमा बजेटको कमी हुनु जस्ता कारणले क्षयरोगी नियन्त्रणको चुनौती बनेको राष्ट्रिय क्षयरोग केन्द्रका छातिरोग विशेषज्ञ डा. नविनप्रकाश शाहले बताए ।  

तराईका सीमाना जिल्लाका क्षयरोगी पहिचानपछि पनि उपचार नसकी भारतीय जागिरमा जाने प्रबृत्तिले पनि समस्या बढेको बताए । ‘अलिक निको भएपछि निको भएँ अब किन औषधि खानु भन्ने सोंचले काममा भारत गएको देखिन्छ’ उनले भने ।  

यस्तो प्रबृतिले फर्किदा परिवारमा र भारतमा जाँदा अन्यलाई समेत संक्रमण बढ्ने जोखिम हुने उनले बताए ।  

मधेस प्रदेश बाहेक देशका अन्य  भागमा पनि बीचैमा औषधि छोड्ने र क्षयरोग लाग्दा नै औषधि प्रतिरोधी क्षमता भएका क्षयरोगको संक्रमण हुनेको संख्या पनि उल्लेखनीय रहेको डा. तिवारीले प्रस्तुत गरे ।  

उनको अनुसार गत वर्ष  ६ सय २५ सय जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो ।  औषधि प्रतिरोधी क्षयरोगी मध्येमा ३ सय ९७ जनाले मात्र औषधि सेवन गरिरहेका छन् ।  

संक्रमित मध्येमा ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन् । ती मध्येमा १४ वर्षमुनिका ५.६३ प्रतिशत छन् । क्षयरोग भएका मध्येमा ९४ प्रतिशतको एचआइभी परीक्षण भएको छ  । सवैजसो प्रदेशमा ९५ प्रतिशतमा एचआइभी परीक्षण भएको पाइएको हो ।  

कुनै पनि क्षयरोग पत्ता लागेपछि समयमै  चिकित्सकको निगरानीमा औषधि पुर्ण मात्रा औषधि सेवन गरेमा निको हुने भएकोले हरेक संक्रमितले औषधि सेवन गर्न चिकित्सकले सुझाएका छन् । राष्ट्रिय क्षयरोग केन्द्रका छातिरोग विशेषज्ञ डा. शाह भन्छन्, ‘पुर्ण मात्रामा सेवन गर्ने र पोषित खाना खाएमा क्षयरोग पुरै निको हुन्छ’ उनले भने ।  

चिकित्सकका अनुसार माइक्रो ब्याक्टेरियम ट्युवरक्लोसिस नामक सुक्ष्म कीटाणुवाट हुने सरुवा रोग हो । संक्रमित व्यक्ति खोक्दा निस्केको थोपा श्वास–प्रश्वासको माध्यमवाट अर्को व्यक्तिमा पुगेमा क्षयरोग लाग्छ । क्षयरोग लागेमा साँझपख ज्वरो आउने, दुई हप्ता भन्दा बढी लगातार ज्वरो आउनु, वजन घट्नु, साँझपख पसिना आउनु, छाति दुख्नु, खकारमा रगत देखा पर्ने जस्ता लक्षण देखिन्छ । यी लक्षण देखिएका संक्रमितले समयमै उपचार नगरेमा व्यक्तिको मृत्यु हुने या क्रोनिक क्षयरोगको  समस्या हुन्छ ।  

केन्द्रको अनुसार नेपालमा क्षयरोग पहिचानको लागि विभिन्न आधुनिक प्रयोगशालादेखि आधुनिक एक्सरे उपलब्ध छन् । पहिचान भएमा सबै औषधि नजिकको डटस क्लिनिकबाट निःशुल्क उपलब्ध हुने व्यवस्था छ । नेपाल सरकारले सन् २०५० सम्ममा क्षयरोग उन्मुलन गर्ने लक्ष्य लिएको  छ ।  

त्यो भन्दा अघि सन् २०३५ भित्रमा नियन्त्रणमा लिने लक्ष्य लिएको छ । लक्ष्य पुरा गर्नको लागि क्षयरोग उपचारमा विरामीको पकेटवाट उपचार खर्च घटाउने, प्रत्येक पालिकालाई जिम्मेवार बनाउन क्षयरोग मुक्त पालिका घोषणा अभियान सुरु गरेको केन्द्रले जनाएको छ ।  

मधुमेह,क्यान्सर, एचआइभी र शरीरमा प्रतिरक्षा कमजोर भएका व्यक्तिमा क्षयरोग सर्ने जोखिम बढी हुन्छ । वातवरणमा भएको क्षयरोगको किटाणु अरु मानिसको शरीरमा पनि प्रवेश गरेको हुन्छ । तर शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएमा क्षयरोग सक्रिय हुने चिकित्सक बताउँछन् ।  

यस्तो जोखिममा रहेका व्यक्तिमा यी मध्ये कुनै पनि क्षयरोग लक्षण देखिएमा समयमै उपचार गर्ने, पूर्ण रुमपा औषधि सेवन गर्ने र पौष्टिक खाना खाएमा निको हुने डा. शाह सुझाउँछन् ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
३ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस