थाहै नपाई फैलिन्छ डिम्बाशय क्यान्सर
२१ चैत्र २०८२
•
४ मिनेट पाठ
थाहै नपाई फैलिन्छ डिम्बाशय क्यान्सर
महिलाहरूमा हुने क्यान्सरमध्ये खतरनाक मानिन्छ डिम्बाशयको क्यान्सर। प्रायः रोगहरूको लक्षण सुरुमै देखिने भए पनि डिम्बाशयको क्यान्सर थाहै नपाई फैलने हुँदा यसलाई अत्यन्त खतरनाक मानिएको हो। यो क्यान्सरबारे चिकित्सकले पनि सुरुमै थाहा पाउन सक्दैनन्। ‘अरू क्यान्सरजस्तो सुरुमै थाहा पाउन सकिन्न,’ पाटन अस्पतालका अन्कोमेडिकल चिकित्सक डा. अरुण शाहीले भने। यो क्यान्सरको लक्षण पेटको अन्य रोगको लक्षणसँग मिल्दोजुल्दो भएकाले बिरामीले सुरुमा अनुमान पनि गर्न सक्दैनन्।




यस्तो अवस्थामा धेरैजसो डिम्बाशयको क्यान्सर तेस्रो या चौथो चरणमा मात्र पत्ता लाग्छ, जतिबेला रोग छिप्पिएर उपचारको प्रभावकारी हुन नसक्ने अवस्था बनिसकेको हुन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा महिलामा हुने क्यान्सरमध्ये डिम्बाशयको क्यान्सर सात प्रतिशत छ। प्रतिवर्ष नेपालमा एक हजारदेखि एक हजार दुई सय जनाको डिम्बाशयमा क्यान्सर देखिन्छ। ग्लोबोक्यानको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष २० देखि २५ हजार क्यान्सरका नयाँ बिरामी थपिन्छन् । धेरैजसो बिरामी ढिला गरी उपचारमा पुग्छन्।

ढिलो उपचारमा पुग्दा समस्या

नेपालमा ६० देखि ७० प्रतिशत अन्डाशयको क्यान्सर तेस्रो वा चौथो चरणमा मात्र पहिचान हुने गरेको तथ्यांक छ। प्रसूति गृह अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीका अनुसार पेटको भिडियो एक्सरे गर्ने क्रममै डिम्बाशय क्यान्सर पत्ता लाग्छ। यीमध्येमा धेरैजसो ढिला गरी उपचारमा पुगेका हुन्छन्। ‘यो क्यान्सरमा लक्षण सजिलै थाहा नहुँदा बिरामीहरू ढिला गरी उपचारमा पुग्छन्,’ उनले भने, ‘पाठेघरको मुखको क्यान्सरमा रगत बग्ने कारण सुरुमै थाहा हुन्छ। यो क्यान्सरमा पेट ठुलो भएको हुन्छ तर क्यान्सर हो भनेर वास्तै हुँदैन,’ उनले भने। पेट फुलेको अवस्थामा बेवास्ता गरेपछि ढिला मात्र थाहा हुने निर्देशक अधिकारी बताउँछन्।

पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. शाहीका अनुसार पहिलो चरणमा २० प्रतिशत, तेस्रो र चौथो चरणमा ६० प्रतिशत र चौथो चरणमा १० प्रतिशत मात्र थाहा हुने गर्छ। उपचारमा आएका तेस्रो चरणभित्रका ९० प्रतिशत उपचारपछि निको हुन्छन् भने चौथो चरणका रोगी राम्रो हेरचाह पाएको अवस्थामा थप केही वर्ष मात्र बाँच्छन्। नेपालमा ढिला उपचारमा आएकै कारण यो क्यान्सर लाग्नेमध्ये ६० प्रतिशतले केही वर्षभित्रै ज्यान गुमाउँछन्। बिरामी उपचारमा ढिला आउनुका पछाडि जनचेतनाको कमी, आर्थिक अभाव, नियमित जाँचको पहुँच कम, लक्षणलाई बेवास्ता, भौगोलिक विकटतालगायत कारण रहेको पाटन अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. शाही बताउँछन्।

तल्लो पेटमा दुखाइ

चिकित्सकहरूका अनुसार पाठेघर तथा पेटको तल्लो भाग दुख्नु डिम्बाशयको क्यान्सरको लक्षण हो। पेटको तल्लो भागमा दुखिरहन्छ भने तुरुन्तै अस्पताल गएर जाँच गराइहाल्नुपर्ने सुझाव चिकित्सकहरूले दिने गरेका छन्। यस्तो दुखाइलाई महिलाहरू पाचन प्रणालीको समस्या या महिनावारी गडबडीको दुखाइ मानेर भ्रममा पर्न सक्छन्। यस्तो दुखाइ नियमित छ भने स्वास्थ्य परीक्षण गरिहाल्नुपर्छ।

दिसापिसाबमा अनियमितता

दिसापिसाबको व्यवहारमा परिवर्तन हुन पनि डिम्बाशयको क्यान्सरको संकेत हुन सक्छ। अनियमित दिसा लाग्ने कहिले पखाला, कहिले कब्जियत तथा अनियमित दिसा हुनु डिम्बाशयको क्यान्सरको सुरुको लक्षण हो तर मानिसहरूमा यस्तो समस्या ग्यास्टिक या पेटको रोगका कारणले हुन्छ भन्ने बुझाइ छ। यो कारणले गर्दा पनि डिम्बाशयको क्यान्सरको निदानमा ढिलाइ हुने गरेको छ। घरीघरी पिसाब लाग्नु या पिसाब थैलीमा हुने दबाब पनि डिम्बाशयको क्यान्सरको लक्षण हुन सक्छ। ट्युमरको दबाब परे यस्तो हुन सक्छ। बिस्तारै नजिकैका अन्य अंगमा पनि दबाब पर्न सक्छ। यस्तो बेलामा तुरुन्तै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराइहाल्नुपर्छ।

पाचन प्रक्रियामा समस्या

डिम्बाशयको क्यान्सरको सुरुको लक्षणमा पाचन प्रणालीमा समस्या देखिनु हो। पेट जतिबेला पनि अघाएजस्तो अनुभव हुनु, केही कारण पेट भरिएजस्तो भइरहनु, भोक कम लाग्नु यो क्यान्सरका लक्षण हुन्। डिम्बाशयको क्यान्सरको कारण बनेको ट्युमरले ठाउँमा ओगटे वा दबाब परे पनि यस्तो हुन सक्छ।

एक्कासि तौलमा कमी

तौल बढ्नु या घट्नु पनि यो क्यान्सरको लक्षण हुन सक्छ। जस्तो कि तौल बढेको छ भने ट्युमरको कारणले हुन सक्छ। तौल हवात्तै घटेको छ भने क्यान्सर फैलिएर हुुन सक्छ।

निरन्तर थकान महसुस

हरेक समय तपाईंलाई थकाइ लागिरहन्छ? यो पनि डिम्बाशयको क्यान्सरको संकेत हुन सक्छ। शरीरमा लुकेर बसेको डिम्बाशयको क्यान्सरका कारण पनि थकाइ लागिरहेको हुन सक्छ । जुन थकाइ आराम गरे पनि कम नहुन सक्छ।

कस्ता महिला जोखिममा?

डिम्बाशयको क्यान्सर जुनसुकै उमेरका महिलामा हुन्छ तर यसको बढी जोखिम ५० वर्षमाथि उमेर भएका महिलामा हुन्छ। खास गरी महिनावारी बन्द भएपछि डिम्बाशयको जोखिम हुन्छ। यो क्यान्सर वंशाणुगत कारणले पनि हुन्छ। कतिपय महिलाको व्यक्तिगत कारणले पनि हुन्छ। जस्तो कि कसैको सामान्य समय (उमेर) भन्दा पहिल्यै या ढिला गरी महिनावारी बन्द भए र कहिल्यै गर्भवती नभएकी महिलामा पनि डिम्बाशयको क्यान्सरको जोखिम बढी हुन्छ।

समयमै थाहा पाए निको हुन्छ

डिम्बाशयको क्यान्सर थाहा पाउन कुनै पनि विश्वासिलो परीक्षण सबैको पहुँचमा छैन। डिम्बाशय पेटको तल्लो भागमा हुन्छ। यसको पहिचान नियमित परीक्षणबाट मात्र सम्भव छ। यसका लागि सम्भावित लक्षण तीन साताभन्दा बढी छ भने मेडिकल परीक्षणका लागि गइहाल्नुपर्छ। पेटको तल्लो भागको परीक्षण गर्न सकिन्छ। यसका लागि भिडियो एक्सरे, सोनीग्राफी, रगतमा क्यान्सरको परीक्षण, सिटिसक्यान या एमआरआई, बायोप्सी परीक्षणलगायत छन्। यी लक्षण लगातार दुई साताभन्दा बढी देखिए तुरुन्त स्वास्थ्य परीक्षण गराउन चिकित्सकहरू सुझाउँछन्।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
२ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस