गाैंतुकोट आएका दिदीबहिनी उपचारपछि उत्साहित
२२ मंसिर २०८२
•
३ मिनेट पाठ
गाैंतुकोट आएका दिदीबहिनी उपचारपछि उत्साहित
कालीकोटको रास्कोट नगरपालिका वडा नं २ की विमला खड्काको तल्लो पेट दुख्ने, छाती दुख्ने, पिसाब पोल्ने समस्या पहिल्यैदेखि थियो तर आर्थिक अभावका कारण  उपचार गराउन कठिन भयो। न आर्थिक जोहो भइसकेको थियो न त अस्पतालमा गएर उपचार गराउने अवस्था नै थियो। रोग पालेर घरमै बस्नुबाहेक विकल्प थिएन तर आइतबार प्रादेशिक रणनीतिक रास्कोट अस्पताल गाैंतुकोटमा सञ्चालित निः शुल्क शिविरमा उपचार गर्न पाउँदा उनी उत्साहित भइन्। उनले खुलेरै स्वास्थ्य समस्या राखिन्।




रास्कोट नगरपालिका वडा नं २ की भरता सार्कीको लामो समयदेखि टाउको दुख्ने समस्याले सताइरहेको थियो। घरायसी औषधि गर्नसम्म गरिन् तर निको नभएपछि उनी झन् बिरामी हुँदै गइन्। यौनीबाट सेतो पानी बग्ने र पेट पोल्ने समस्या पनि थियो। उनले चिकित्सकसमक्ष सबै समस्याको पोको खोलिन्। भनेजस्तो उपचार पनि पाइन्। अहिले उनी मक्ख छिन्।

रास्कोट नगरपालिकाको प्रादेशिक रणनीति अस्पताल गाैंतुकोटमा आइतबारदेखि तीन दिनसम्म चल्ने निः शुल्क पाठेघरको मुखको क्यान्सर, यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी निः शुल्क स्वास्थ्य शिविरमा रास्कोट नगरपालिकाको समन्वय, प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र हुरेन्डेक नेपालको सहजीकरणमा सशक्त बालिका परियोजनाअन्तर्गत कार्यक्रम गरिएको हो।

किशोरकिशोरीले यौन तथा प्रजनन स्वास्थ्य अधिकार र मेरो विद्यालयमा साथीहरू पढ्ने बेलामा बेहोस हुने समस्याबारे शिविरमा चिकित्सकसँग जानकारी लिएको किशोरी अञ्जु लुवारले बताइन्। उनले भनिन्, ‘म पनि किशोरी समूहको सदस्य हुँ। मैले आज चिकित्सकबाट सिकेकाे कुरा किशोरी समूह र विद्यालयका साथीमाझ राख्ने बताइन्।

शिविरमा बोल्दै रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बरालले रास्कोट नगरपालिकाका दिदीबहिनीका समस्या समाधानका लागि रास्कोट नगरपालिकाले निः शुल्क शिविर राखेको बताए। उनले खुलेर उपचार गर्न सुझाए।

उनले रास्कोटमा चलिरहेको तीनदिने स्वास्थ्य शिविरमा आएर आफ्नो स्वास्थ्य जाँच गर्न आग्रह गरे। उनले दिदीबहिनी तथा किशोरकिशोरीलाई निर्धक्कका साथ आफ्ना समस्या चिकित्सकलाई राखी प्रजनन स्वास्थ्यमा भएका समस्या र यौन प्रजननको उपचार गर्न अनुरोध गरे।

प्लान इन्टरनेसनल नेपालका कार्यक्रम सयोजक दीक्षा भाटले प्लान इन्टरनेसनल नेपालले रास्कोट नगरपालिकामा लामो समयदेखि काम गरिरहेको बताइन्। उनले रास्कोट नगरपालिकाको समन्वयमा रास्कोटका दिदीबहिनी तथा किशोरकिशोरीको यौन प्रजनन स्वास्थ्य अधिकारलाई सुधार गर्न र प्रजनन स्वास्थ्यमा भएका समस्या सुधार गरी किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा खुलेर बोल्न सहयोग पुग्ने बताइन्।

उनले प्रजनन रुणता परीक्षण, यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी शिविरको महत्त्वबारे जानकारी दिँदै भनिन्, ‘यस परीक्षणको मुख्य उद्देश्य महिलाहरूमा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न र यदि कुनै समस्या देखिएमा उपचारका लागि उचित सुझाव दिनु सकेसम्म रोग लाग्न नदिऔं, रोकथाम नै सबैभन्दा राम्रो उपाय हो। किशोरकिशाेरीहरूका लागि यौन प्रजननका कुरा खुलेर गनु आवश्यक छ।’

कालीकोटको रास्कोट नगरपालिकाले  रास्कोटमै स्वास्थ्य शिविर सुरु गर्दा रास्कोटका नागरिकलाई धेरै सहज भएको हुरेन्ड नेपाल कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीले बताए। उनले भने किशोरीहरूले प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र परिवार नियोजनसम्बन्धी परामर्श समेत दिएको बताए। उपचारमा अधिकांश बिरामी स्त्रीरोग सम्बन्धी थिए।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महिलाहरूको तल्लो पेट दुख्ने, सेतो पनी बग्ने, ढाड, दुख्ने, पिसाब पोल्ने, पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच  र किशोरकिशोरीलाई परामर्श सेवा दिन स्वास्थ्य शिविर गरिएको छ।

पहिलो दिन १ सय २५ जनाले  स्वास्थ्य शिविरबाट सेवा लगेका छन्  जसमा १५ जना सान्नीत्रिवेणी गाउँपालिका र अन्य रास्कोट नगरपालिका १,२ र ३ का रहेको परियोजना  संयोजक पदम हमाले बताए। उनका अनुसार सोमबार ७,८,९  र मंगलबार ४,५ र ६ का नागरिकले सेवा लिन सक्ने उनको भनाइ छ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
५ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस