वीरमा १०३ तीन वर्षकी वृद्धाको टाउकोको सफल शल्यक्रिया
१६ पौष २०८२
•
२ मिनेट पाठ
वीरमा १०३ तीन वर्षकी वृद्धाको टाउकोको सफल शल्यक्रिया
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा एक सय तीन वर्षीय(१०३) वृद्धाको टाउकोको सफल शल्यक्रिया भएको छ । कोटेश्वर ३२ की प्रेम कुमारी बानियाँको मस्तिष्कमा भएको रक्तश्रावको सफल शल्यक्रिया भएको हो ।  




तत्कालै शल्यक्रिया गर्नुपर्ने भएकोले राति नै शल्यक्रिया भएको थियो ।  

बानियाँलाई जटिल टाउको दुखाइको समस्या भएपछि वीरमा ल्याइएको थियो । शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि पुगेकी बानियाँको शनिबार राति दुई बजे शल्यक्रिया भएको थियो ।  

अस्पतालका न्यूरोसर्जरी विभागका प्रमुख डा. राजीव झासहित डा. समिर अर्याल, डा. नम्रता खड्गा, डा. आयुष विमली, नर्स सिन्धु गौतमलगायतको टोलीले शल्यक्रिया गरेको हो । एक घण्टाको अवधिमा शल्यक्रिया सम्पन्न भएको थियो । शल्यक्रियापछि बानियाँको  स्वास्थ्यमा क्रमिक सुधार भएको अस्पतालका न्यूरोसर्जन डा. झाले बताए ।  

‘अहिले उहाँ होसमा हुनुहुन्छ । बोल्न  सक्नुहुन्छ र आफैँ खाना सक्नुहुन्छ’ अस्पतालका निर्देशक डा. दिलिप शर्माले भने ।  

अस्पतालका अनुसार बानियाँ अस्पताल आउनु अघि बेहोस थिइन । परीक्षणको क्रममा मस्तिष्कमा रक्तश्राव भएको पहिचान भएको थियो । तर सय वर्ष भन्दा माथिको उमेर भएकोले शल्यक्रियामा उच्च जोखिम हुने भएकोले शल्यक्रिया गर्ने निर्णयमा कठिनाइ थियो ।  तर चिकित्सक र परिवारका सदस्यबीचको सहमतिपछि शल्यक्रिया गरिएको डा. झाले बताए ।  

न्यूरो सर्जरीको यात्रामा एक सय वर्ष भन्दा बढी उमेरको वृद्धाको शल्यक्रिया गरेको पहिलो पटक भएको डा. झाले बताए । यस्तो जटिल शल्यक्रियामा सफलता मिल्दा खुशी भएको झा बताउँछन । ‘म र मेरो टिमले गर्व गरेका छौ’ डा. झाले बुधबार नागरिकसँग भने । चिकित्सा सेवामा लामो अनुभवमा दुइ वर्ष अघि ९८ वर्षको वृद्धको शल्यक्रिया भने गरेका थिए । तर सय वर्ष माथिको पहिलो सफलताले आफैँ चकित बनेको डा. झा बताउँछन । वृद्ध उमेरमा कुनै पनि शल्यक्रिया आफैँमा जोखिम हुन्छ नै । त्यसमाथि मस्तिष्कको शल्यक्रिया झनै जटिल मानिन्छ ।  

‘वृद्धाहरुको अप्रेशन गर्दा–गर्दै मुटु, फोक्सो बन्द भएर मृत्यु हुन सक्छ’ उनले भने  । जोखिम न्यूनीकरण गर्न मुटुको चाल, फोक्सो तथा अन्य अंङ्गको क्रियाकलाप मोनिटर( अनुगमन) गर्दै शल्यक्रियामा सावधानी अपनाइएको बताए ।  

अस्पतालको अनुसार बानियाँमा पहिलादेखि नै वीर अस्पताल प्रति विश्वास भएकोले उपचारको लागि वीर पुर्‍याइएको थियो । बाँच्ने आशा गुमाएमा परिवारजन शल्यक्रियापछि चकित परेको अस्पतालले जनाएको छ । अस्पतालको अनुसार एक सय वर्ष माथिको व्यक्तिको शल्यक्रिया हुनु चिकित्सकीय पद्धतिमा विश्वमै दुर्लभ मानिन्छ ।
अर्को समाचार
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
९ मिनेट अघि
•
१ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
सप्तरी,  सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ। 

 

जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका  छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले बताइन्।

उनले भनिन्, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका छन्। विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए। पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ।”

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ।

“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन्।

एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ। विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। 

 



राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
यो पनि पढौँ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस