सुर्तीजन्य पदार्थले हुने मृत्यु पाँच वर्षमा दोब्बर
२६ मंसिर २०८२
•
६ मिनेट पाठ
सुर्तीजन्य पदार्थले हुने मृत्यु पाँच वर्षमा दोब्बर
नेपालमा दुई दशक भन्दा बढी समयदेखि सुर्तीजन्य पदार्थको नियन्त्रण र यसको प्रयोगबाट हुने मृत्यु घटाउने प्रयासको अभियानपछि सुर्तीजन्य पदार्थको प्रयोग घट्नुको सट्टा बढ्दै गएको तथ्याकंले औल्याएको छ भने सरोकारवालाहरुले नियन्त्रण हुन नसक्नुको विषयमा चिन्ता व्यक्त गरेका छन । एक्सन नेपालद्धारा आयोजित सञ्चारकर्मीसंगको अन्तरक्रियामा यस्तो चिन्ता व्यक्त गरेका हुन ।  




शुक्रबार सञ्चारकर्मीबीच प्रस्तुति दिंदै टोवाको कन्ट्रोल एशिया प्यासिफिकका निर्देशक डा. तारासिंह बमले नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगकर्ता बृद्धि भएकै कारण यसबाट लाग्ने रोगले हुने मृत्य समेत बढेको तथ्यांक पेश गरे । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा सूचना केन्द्रको तथ्याकं अनुसार नेपालमा सन् २०१९ मा सुर्तीजन्य पदार्थले हुने कुल मृत्युसंख्या  २४ हजार ८ सय जना रहेकोमा सन् २०२३ मा मृत्यु हुनेको संख्या ३९ हजार २ सय पुगेको छ ।  

यो तथ्याकं पाँच वर्षको अवधिमा करिव दोब्बर देखिएको हो । यो संख्यामा हुने मृत्यु लाग्ने रोगमा हुने उपचारको खर्च मात्र  १२ अर्व २० करोड रुपैयाँ खर्च हुन्छ ।  

अवको १५ वर्षभित्रमा आवश्यक ऐन तथा नीति बनाएर सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सक्ने हो भने ठूलो संख्यामा मृत्यु बचाउन सकिने र धनराशीको दुरुपयोग बचाउन सकिने डा. बमले औल्याए । उनको अनुसार उचित ऐन नियम लागू भएमा अवको पन्ध्र वर्षभित्रमा ११ लाख ४४ हजार जनाको सुर्तीजन्य पदार्थ सेवनको कारणले हुने मृत्युवाट बचाउन सकिने र सुर्तीजन्य पदार्थ सेवनले लाग्ने रोगको उपचारमा लाग्ने २४ अर्व रुपैंया बचाउन सकिने, २४ अर्व ९० करोड कार्यक्षेत्रमा हुने घाटा बचाउन सकिने डा. बमले बताए ।  

सुर्तीजन्य पदार्थको कारण कुल ग्राहस्थ उत्पादनको १.२ प्रतिशत घाटा हुने गर्छ । त्यसैगरी प्रति वर्ष १२ अर्व ७० करोड  सुर्तीजन्य पदार्थ सेवनको कारण  कार्यक्षमता घट्ने गर्दछ ।  

उनको अनुसार नेपालमा दुइ दशक लामो अभियान पछि पनि कार्यान्वयनमा सफल नहुनुको पछि सरकारी मन्त्रालयहरु स्वास्थ्य, बाणिज्य,उद्योगदेखि बाणिज्य मन्त्रालयसम्म सुर्तीजन्य उद्योगको एजेन्ट(प्रभावित व्यक्ति) को मुख्य अवरोध रहेको औल्याए । ‘ लामो अभियानको प्रतिफल नआउनुको खास जिम्मेवार को भन्ने खोज्नु आजको आवश्यकता हो’ उनले भने । डा. बमले मन्त्रालय भित्रै हुने यस्ता एजेन्टले सुर्तीजन्य पदार्थको नियन्त्रण विरुद्ध बन्न लागेका ऐन, मुद्दाको बारेमा समेत समयमै जानकारी दिने र रोक्ने सम्मका एजेन्ट हुनुले कुनै पनि मन्त्रालय तत्पर नरहेको दावी गरे ।  

मन्त्री सिन्हा नै सुर्ती उद्योगको पक्षधर  

कार्यक्रममा कानून पालना गर्ने गराउने मन्त्रालयमा रहेका उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालय,भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको गरी तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका अनिल कुमार सिन्हाको गतिबिधी सुर्तीजन्य पदार्थ नियन्त्रणको प्रावधान विपरित देखिएको एन्सन नेपालले  जनाएको छ ।  

नेपालले प्रस्तुति दिंदै सुर्तीजन्य पदार्थ नियमन निर्देशिका २०७१ को दफा २४ मा सार्वजनिक निकायका पदाधिकारीहरुको आचरण सम्वन्धी व्यवस्थाले पदाधिकारीलाई सुर्तीउद्योगको कुनै पनि क्रियाकलापमा सहभागीता जनाउन नहुने व्यवस्था गरेका छ । तर मन्त्री सिन्हाले सुर्ती उद्योगीसँगको हिमचिममा रहेको जानकरी दिएको छ ।  

न्यायाधीश हुँदैदेखि नै मन्त्री सिन्हाको सुर्ती उद्योगसँको निरन्तर सम्वन्ध रहेको उद्योगको कर्पोरेट लयर थिए । उनको बबरमहलमा रहेको सिन्हाबर्मा ल कन्सर्न उनको कार्यालय  हो । यो कन्सर्न अहिले उनको सहोदर छोरी अञ्जालिका सिन्हाले समाल्दै आएको र उनी सुर्ती  उद्योगको पक्षबाट मुद्दा लड्दै आएकी विवरण दिएको छ ।  

एक्सन नेपालको विवरण अनुसार सरकारले गत २१ म्माघमा जारी गरेको सुर्तीजन्य पदार्थको बट्टा, र्‍यापर तथा पार्सल प्याकेजिङमा चेतावनीमुलक सन्दैन तथा चित्र छाप्ने निर्देशिका २०८१ अनुसार भदौ १ देखि सवै सुर्तीजन्य पदार्थको प्याकेटमा सत प्रतिशत चेतावनी मुलक सन्देश छाप्ने व्यवस्था थियो । यो  निर्देशिका विपरित मुद्दा लडेको सूर्य टोबोको कम्पनीको सम्पुर्ण जिम्मा सिन्हा बर्मा ल कन्सर्नले जिम्मा लिइ गत असार  १८ मा मुद्दा दायर गरेको थियो ।  

अधिवक्तासमेत रहेकी मन्त्री सिन्हाकी छोरी अन्जिलिकाले अरु बरिष्ठ अधिवक्ताहरुसंग मिलेर सूर्य टोबाकोको पक्षबाट बहस गरेको र सर्वोच्चले उनको पक्षमा अन्तरितम आदेश जारी  गरेको थियो ।  

त्यसैगरी मन्त्री सिन्हा १७ साउन २०७३ मा सर्वोच्चको न्यायाधीश नहुँदासम्म आफ्नै कम्पनीवाट अधिवक्ताको रुपमा काम गर्दै आएका थिए । सुर्तीन्जय पदार्थको कुल भागको ७५ प्रतिशत चेतावनीमुलक सन्देश छाप्ने भनिएकोमा त्यतिबेला मन्त्री सिन्हाले सूर्या नेपालको तर्फबाट बहस गरेका थिए ।  

त्यसैगरी मन्त्री सिन्हा न्यायधिश भएको इजलासमा एक्सन नेपालले सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा चित्र छोप्ने व्यवस्था कार्यान्वयन गर्ने बिषयमा हुँदैन भन्ने सूर्य टोबोको र केही चुरोटकम्पनीहरुसंग आठ वर्ष चलेको मुद्दा मामिलामा त्यतिबेलाको इजलाशमा पनि न्याधिश तथा हालका मन्त्री सिन्हा थिए । यो मुद्दा तीन पटक परेको र हेर्न नमिल्ने भनेर पन्छाइएको थियो । त्यसैगरी सिन्हाले सुर्तीजन्य पदार्थ विरुद्ध नियमन तथा नियन्त्रण ऐन २०६८  आउनु पुर्व पनि सूर्य टोबाको कम्पनीको तर्फवाट थुप्रै पटक बहस गरेको विवरण नेपालले पेश गरेको छ ।  

सुर्तीउद्योगको प्रभाव हटाउने अबको उपाय  

कार्यक्रमका अन्य सहभागीहरुले पनि सबै ऐन निर्माण गर्ने र लागू गर्ने मन्त्रालयमा सुर्तीजन्य कम्पनीको प्रभावकै कारण सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि बनेका कानुन लागू हुन नसकेको र थप कानुन बन्न नसकेको दावी गरे । सुर्तीजन्य उद्योगको प्रभावकोका रण सुर्र्तीजन्य पदार्थमा हुने कर बृद्धि हुन नसकेको, सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत कभर विरुद्धको सूचना तथा कम्पनीको नाम विना खालि दिनु पर्ने ऐन, सार्वजनिक स्थलमा धुमपान निषेध ऐन लागू हुन नसकेको सहभागीहरुले औल्याए । यस्ता एजेन्टको खोजी गरी उद्योगको प्रभावबाट जोगाउने अहिलेको मुख्य कार्य भएको उनीहरुले सुझाएका छन ।  

कार्यक्रममा प्रस्तुति दिंदै उपभोक्ता हित संरक्षण मञ्च नेपालका  अध्यक्ष ज्योति बानियाँले ऐनले भेपलाई प्रतिवन्ध लगाएपनि बाणिज्य विभागले भन्सार कर छुट्याउने गरेको बताए ।सुर्तीजन्य पदार्थको नियन्त्रण स्थानीय  जनस्वास्थ्य ऐन अन्तर्गत परेकोले तीन वटै तहको सरकारसंग मिलेर काम गर्नु पर्ने बताए । यसको साथै बिभिन्न कानुन लागू गर्नको लागि परेका मुद्दाहरु फैसलाको क्रममा रहेको जानकारी दिए ।  

सो क्रममा स्वास्थ्य सूचना तथा संञ्चार केन्द्रकी निर्देशक राधिका थपलियाले सुर्तीजन्य पदार्थको मुख्य लक्षित वर्ग बालबालिकालाई स्कुलमै पाठ्यक्रम समावेश गर्ने नीति बनाएर जाने योजना रहेको बताइन । ‘ सानो सिक्ने उमेरमै स्वास्थ्य शिक्षा मार्फत सोंच परिवर्तन गर्न  सक्यौ भने सुर्तीजन्य पदार्थको प्रयोगवाट बचाउन सकिन्छ भन्ने लाग्छ’ उनले भनिन । यसको साथै स्कुले बालबालिका वीच सुर्तीजन्य पदार्थ विरुद्धको अभियान आवश्यक रहेकोले योजना रहेको बताइन  । ‘ नो टोब्याको युज क्याम्पियन छिट्टै सुरु गछौ’ उनले भनिन ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
३ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस