‘कुपोषण अन्त्यका लागि स्तरउन्नति गरिएको खाद्यान्न अनिवार्य’
०१ पौष २०८२
•
४ मिनेट पाठ
‘कुपोषण अन्त्यका लागि स्तरउन्नति गरिएको खाद्यान्न अनिवार्य’
फाइल।
खाद्यान्नमा देखिने सूक्ष्म पोषक तत्वको कमीले नेपाललगायत विश्वभर कुपोषणको समस्या विकराल बन्दै गएको सन्दर्भमा विज्ञहरूले यसको समाधानका लागि ‘स्तरउन्नति गरिएको खाद्यान्न’ को उत्पादन तथा आपूर्ति नै सबैभन्दा प्रभावकारी उपाय भएको औँल्याएका छन्।




राजधानीमा नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको संयुक्त आयोजनामा सम्पन्न ‘स्तरउन्नति गरिएको खाद्यान्न संवाद’ कार्यक्रममा सहभागी सरकारी अधिकारी, विज्ञ तथा सरोकारवालाहरूले कुपोषण न्यूनीकरणका लागि यो विधि तत्काल र व्यापक रूपमा लागू गर्नुपर्ने सुझाव दिएका हुन्।

पाँच जिल्लामा पौष्टिक चामल वितरण, ‘ब्रान्डिङ’ को तयारी

कार्यक्रममा बोल्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रमेश आचार्यले नेपालमा अझै पनि विभिन्न प्रकारका कुपोषणको समस्या विद्यमान रहेको बताउँदै अबको खाद्यान्न आपूर्तिमा सूक्ष्म पोषक तत्वको समावेश अनिवार्य भइसकेको बताए।

उनले नेपाल सरकारले यसअघि नै केही खाद्यान्नमा यस्ता पोषक तत्व मिश्रण गरी स्तरउन्नति गरिएको खाद्यान्न आपूर्ति सुरु गरिसकेको जानकारी दिए।

प्रमुख आचार्यका अनुसार नेपालीहरूको प्रमुख खानाका रूपमा रहेको चामलमा पौष्टिक तत्व मिश्रण गरी हालसम्म पाँचवटा जिल्लामा वितरण गरिसकिएको छ।

‘हालसम्म ११ हजार मेट्रिक टन स्तरउन्नति गरिएको चामल उत्पादन गरी केही सहरहरूमा पहुँच पुर्‍याइएको छ,’ उनले भने, ‘छिट्टै खाद्य व्यवस्था तथा व्यापार कम्पनीकै आफ्नै ‘ब्रान्ड’ मा यस्तो चामल उत्पादन गरी आम सर्वसाधारणको पहुँचमा पुर्‍याउने तयारी भइरहेको छ।’

नेपालजस्तो भौगोलिक विकटता भएको मुलुकमा चामललाई केवल पेट भर्ने माध्यम मात्र नभई पोषण आपूर्तिको स्रोतका रूपमा उपयोग गर्नुपर्ने आवश्यकता रहेको आचार्यले औँल्याए।

यसका लागि निजी क्षेत्र तथा अन्य साझेदार निकायहरूसँग मिलेर काम भइरहेको बताउँदै उनले पौष्टिक तत्व समावेश गरिएको खाद्यान्न आम जनताको पहुँचमा पुर्‍याउन वार्षिक ६ बिलियन डलर आवश्यक पर्ने तथ्यांक प्रस्तुत गरे।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका खाद्य अनुसन्धान अधिकृत प्रमोद कोइरालाले विश्वका ९० भन्दा बढी देशहरूले स्तरउन्नति गरिएको खाद्यान्नको माध्यमबाट सूक्ष्म पोषक तत्वको कमी पूरा गर्न सफलता हासिल गरिसकेको बताए।

विश्वव्यापी अनुभव र वैज्ञानिक तथ्यहरूले यस्तो खाद्यान्न सुरक्षित र प्रभावकारी रहेको पुष्टि गरिसकेको भन्दै उनले नेपालका लागि पनि खाद्य स्तरउन्नति अनिवार्य भइसकेको जिकिर गरे।

अधिकृत कोइरालाले भने, ‘फोलिक एसिड समावेश गरिएको खाद्यान्नको प्रयोगले नवजात शिशुमा हुने न्युरल ट्युब बन्द हुनेजस्ता जन्मजात समस्या घटेको पाइएको छ। त्यसैगरी, रक्ताल्पता न्यूनीकरण हुनुका साथै जिंक र भिटामिन बी–१२ को मिश्रणले अन्य कुपोषणजन्य समस्याहरू हटेको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।’

उनका अनुसार हाल नेपालले आयोडिनयुक्त नुन, चामल र पिठोमा सूक्ष्म पोषक तत्व समावेश गरी आपूर्ति गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ।

नेपालमा स्तरउन्नति गरिएको चामलमा मुख्य गरी आइरन, जिंक, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन र पाइरिडक्सिनजस्ता आठ प्रकारका महत्त्वपूर्ण सूक्ष्म पोषक तत्वहरू समावेश हुने गरेको जानकारी उनले दिए।

विश्व खाद्य कार्यक्रमका नेपाल प्रतिनिधि रियाज लोदीले नेपालले स्तरउन्नति गरिएको खाद्यान्न कार्यक्रममार्फत पोषण सुधारको क्षेत्रमा प्रगति हासिल गर्न सुरु गरेको भन्दै खुसी व्यक्त गरे।

यद्यपि, यसमा थप सफलता प्राप्त गर्न निजी क्षेत्र र सरोकारवाला सबै निकायको सक्रिय भूमिका आवश्यक रहेको उनले औँल्याए।

उनले नेपालको खाद्य सुरक्षा कार्यक्रममा विश्व खाद्य कार्यक्रमले विगतदेखि नै सहकार्य गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले दिगो विकास लक्ष्य २०३० हासिल गर्नका लागि कुपोषणको अन्त्य अपरिहार्य रहेको बताए।

उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा कुपोषण घटाउने प्रतिबद्धता जनाइसकेको र विभिन्न राष्ट्रिय नीतिहरू पनि बनिसकेकाले अब कार्यान्वयनको गति बढाउनुपर्नेमा जोड दिए।

मन्त्री सिन्हाले मित्रराष्ट्रहरू भारत र कोरियाले खाद्य व्यवस्थापनमा अपनाएका मोडलहरूबाट नेपालले पाठ सिक्नुपर्ने बताए।

‘स्थानीय रूपमै उपलब्ध खाद्यान्नलाई उपयोग गर्ने र त्यसैको स्तरउन्नति गर्ने नीति लिनु उचित हुन्छ,’ मन्त्री सिन्हाले भने, ‘नेपालीले नियमित रूपमा प्रयोग गर्ने चामलमा सूक्ष्म पोषक तत्व मिश्रण गरी आपूर्ति भइरहेको छ, यसको दायरालाई थप विस्तार गर्न आवश्यक छ।’

कार्यक्रममा सहभागीहरूले स्तरउन्नति गरिएको खाद्यान्नका विषयमा आ–आफ्ना अनुभव र सुझावहरू आदान–प्रदान गरेका थिए।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
३ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस