अमेरिकी राष्ट्रपतीय निर्वाचनको मत गणना सकियो,सातवटै स्वीङ स्टेटमा ट्रम्पको क्लिन स्विप
२५ कार्तिक २०८१
•
१ मिनेट पाठ
अमेरिकी राष्ट्रपतीय निर्वाचनको मत गणना सकियो,सातवटै स्वीङ स्टेटमा ट्रम्पको क्लिन स्विप
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सात वटै स्वीङ स्टेटमा क्लिन स्विप गरेका छन्। स्वीङ स्टेटमध्ये एरिजोना राज्यमा पनि ट्रम्पले  जित हासिल गरेसँगै उनले क्लिन स्विप गरेका हुन् । यो सँगै जारी मतगणना पनि सकिएको छ। 




अमेरिकी राष्ट्रपतीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुन अगावै राष्ट्रपति पदमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका थिए।  

एरिजोनाको मतपरिणामपछि ट्रम्पको इलेक्टोरल कलेज भोटको संख्या ३१२ पुगेको छ।  प्रतिस्पर्धी कमला ह्यारिसको इलेक्टोरल कलेज संख्या २२६ छ । 

अन्तिम नतिजा सार्वजनिक हुनु अगावै ट्रम्पले मन्त्री चयनको तयारी थालेका छन्। राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई ह्वाइट हाउसमा स्वागत गर्ने तयारी गरेको बीबीसीले जनाएको छ। ट्रम्पको चार वर्षे कायकाल भने आगामी जनवरी २० तारिखबाट सुरु हुने छ। जनवरी २० मा उनले पद तथा गोपनियताको सपथ लिने छन् ।  
अर्को समाचार
भारत र चीनलाई ट्रम्पका सिनेटरको चेतावनी : रूससँग तेल किन्यो भने अर्थतन्त्र ध्वस्त पारिदिन्छौँ
०६ साउन २०८२
•
२ मिनेट पाठ
भारत र चीनलाई ट्रम्पका सिनेटरको चेतावनी : रूससँग तेल किन्यो भने अर्थतन्त्र ध्वस्त पारिदिन्छौँ
फाइल तस्बिर
अमेरिकी सिनेटर लिन्डसे ग्राहमले रूससँग तेल खरिद गर्ने देशमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। विशेष गरी भारत, चीन र ब्राजिललाई लक्षित गर्दै उनले रूसबाट सस्तो तेल खरिद गर्नु युक्रेनविरुद्धको युद्धलाई सहयोग गर्नु बराबर भएको तर्क दिएर उनले यस्तो धम्की दिएका हुन्।




फक्स न्युजलाई दिएको अन्तर्वार्तामा सिनेटर ग्राहमले भने, ‘राष्ट्रपति डोनाल्ड ट्रम्प रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आर्थिक सहायता पुग्ने कुनै पनि गतिविधि रोक्न चाहन्छन्। यदि भारत, चीन र ब्राजिलले रूसबाट सस्तो तेल खरिद जारी राखे भने हामी तिनको अर्थतन्त्रलाई ध्वस्त गर्छौं। यो रगतको पैसा हो!’ उनले थपे, ‘पुटिन, तिमीले ट्रम्पसँग गलत दाउ खेल्यौँ। तिम्रो अर्थतन्त्र थप कमजोर हुनेछ, र हामी युक्रेनलाई हतियार पठाइरहने छौं।’

ग्राहमले यी तीन देशले रूसको कुल तेल निर्यातको करिब ८० प्रतिशत खरिद गर्ने गरेको दाबी गरेका छन्। उनले अगाडि भने, ‘यी देशले अमेरिकी अर्थतन्त्र र पुटिनको युद्ध मेसिनबिच एक छनोट गर्नुपर्नेछ। मलाई विश्वास छ, तिनले अमेरिकी अर्थतन्त्र रोज्नेछ।’

यसअघि नाटोका महासचिव मार्क रुटले पनि भारत, चीन र ब्राजिललाई रूससँग व्यापार बन्द गर्न आग्रह गर्दै नभए एक सय प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने धम्की दिएका थिए। यो धम्की ट्रम्पले रूसलाई युक्रेन युद्ध ५० दिनभित्र बन्द गर्न दिएको अल्टिमेटमको एक दिनपछि आएको थियो। ट्रम्पले रूस र उसको व्यापारिक साझेदारमाथि एक सयदेखि पाँच सय प्रतिशतसम्म ट्यारिफ लगाउने तयारी गरेका छन्। 

युक्रेन युद्धपछि रूसले सस्तो दरमा तेल बेच्न थालेपछि यी देशले आयात बढाएका हुन्। अमेरिकाको यो कदमले विश्वव्यापी तेल आपूर्तिमा ठूलो असर पार्न सक्छ। भारत र चीन रूसका सबैभन्दा ठूला तेल खरिदकर्ता हुन्। 

यदि ट्यारिफ लागु भएमा यी देशले मध्यपूर्व वा अफ्रिकाबाट महँगो तेल आयात गर्नुपर्ने हुन सक्छ। यसले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि ल्याउन सक्ने देखिन्छ। ब्रिक्स समूहका यी देशले डलरमा निर्भरता कम गर्ने प्रयास गरिरहेका छन्, जसलाई ट्रम्पले चुनौतीको रूपमा लिएका छन्। एजेन्सी
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस