अमेरिकी सेनामा ट्रम्पको ठूलो परिवर्तन, पाँच वरिष्ठ सैन्य अधिकारी बर्खास्त
१० फागुन २०८१
•
२ मिनेट पाठ
अमेरिकी सेनामा ट्रम्पको ठूलो परिवर्तन, पाँच वरिष्ठ सैन्य अधिकारी बर्खास्त
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल चार्ल्स सीक्यू ब्राउन जुनियरसहित पाँच वरिष्ठ सैन्य अधिकारीलाई पदबाट हटाएका छन्। यो कदमलाई अमेरिकी सैन्य नेतृत्वमा ठूलो परिवर्तनको रूपमा हेरिएको छ। ट्रम्पले सामाजिक सञ्जालमार्फत यो जानकारी दिँदै हटाइएका अधिकारीहरूमा ब्राउनसहित अन्य चार जनाको उल्लेख गरे।




ट्रम्पले लेखे, 'म जनरल चार्ल्स ‘सीक्यू’ ब्राउनलाई हाम्रो देशका लागि ४० वर्षभन्दा बढीको सेवाको लागि धन्यवाद दिन्छु। उहाँ हाल संयुक्त चिफ अफ स्टाफका अध्यक्ष हुनुहुन्थ्यो। उहाँ एक असल व्यक्ति र उत्कृष्ट नेता हुनुहुन्छ। म उहाँ र उहाँको परिवारको उज्ज्वल भविष्यको कामना गर्छु।' ब्राउन अमेरिकी इतिहासमा यो पद सम्हाल्ने दोस्रो अश्वेत अधिकारी थिए। यो पदमा रहने व्यक्तिले राष्ट्रपति र रक्षामन्त्रीलाई राष्ट्रिय सुरक्षा मामिलामा सल्लाह दिन्छ।

यसअघि रक्षामन्त्री पिट हेगसेथले ब्राउनलाई हटाउनुपर्ने अडान राखेका थिए। शुक्रबारपछि हेगसेथले नौसेना अपरेशन प्रमुख एडमिरल लिसा फ्रान्चेटी र वायुसेना उपप्रमुख जनरल जिम स्लाइफलाई पनि पदबाट हटाउने घोषणा गरे। एडमिरल फ्रान्चेटी नौसेना नेतृत्व गर्ने पहिलो महिला थिइन् र उनलाई पूर्वराष्ट्रपति जो बाइडेनले नियुक्त गरेका थिए।

ट्रम्पले नयाँ संयुक्त चिफ अफ स्टाफको अध्यक्षमा लेफ्टिनेन्ट जनरल डान राजिन केनलाई मनोनयन गरेका छन्। केनले वायुसेनामा ३४ वर्ष सेवा गरेका थिए। ट्रम्पले भने, 'जनरल केन एक कुशल पाइलट, राष्ट्रिय सुरक्षा विशेषज्ञ र ‘युद्ध लडाकू’ हुन्। मेरो पहिलो कार्यकालमा उनले आइएसआइएस खलिफाको विनाशमा महत्वपूर्ण भूमिका खेलेका थिए।'

यो निर्णयअघि ब्राउन मेक्सिकोसँगको दक्षिणी सीमामा अमेरिकी सेनाको भ्रमणमा थिए भने फ्रान्चेटी क्यालिफोर्नियातर्फ जाँदै थिइन्। रक्षामन्त्री हेगसेथले फोनमार्फत उनीहरूलाई हटाइएको जानकारी दिए। ट्रम्पले आफ्नो घोषणामा भने, "रक्षामन्त्री पिट हेगसेथसँगै जनरल केन र हाम्रो सेनाले शक्ति मार्फत शान्ति पुनर्स्थापित गर्नेछ र अमेरिकालाई पहिलो स्थानमा राख्नेछ।" यी अचानकका बर्खास्तगीहरूलाई सैन्य नेतृत्वमा अभूतपूर्व कदम मानिएको छ।
अर्को समाचार
भारत र चीनलाई ट्रम्पका सिनेटरको चेतावनी : रूससँग तेल किन्यो भने अर्थतन्त्र ध्वस्त पारिदिन्छौँ
०६ साउन २०८२
•
२ मिनेट पाठ
भारत र चीनलाई ट्रम्पका सिनेटरको चेतावनी : रूससँग तेल किन्यो भने अर्थतन्त्र ध्वस्त पारिदिन्छौँ
फाइल तस्बिर
अमेरिकी सिनेटर लिन्डसे ग्राहमले रूससँग तेल खरिद गर्ने देशमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। विशेष गरी भारत, चीन र ब्राजिललाई लक्षित गर्दै उनले रूसबाट सस्तो तेल खरिद गर्नु युक्रेनविरुद्धको युद्धलाई सहयोग गर्नु बराबर भएको तर्क दिएर उनले यस्तो धम्की दिएका हुन्।




फक्स न्युजलाई दिएको अन्तर्वार्तामा सिनेटर ग्राहमले भने, ‘राष्ट्रपति डोनाल्ड ट्रम्प रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आर्थिक सहायता पुग्ने कुनै पनि गतिविधि रोक्न चाहन्छन्। यदि भारत, चीन र ब्राजिलले रूसबाट सस्तो तेल खरिद जारी राखे भने हामी तिनको अर्थतन्त्रलाई ध्वस्त गर्छौं। यो रगतको पैसा हो!’ उनले थपे, ‘पुटिन, तिमीले ट्रम्पसँग गलत दाउ खेल्यौँ। तिम्रो अर्थतन्त्र थप कमजोर हुनेछ, र हामी युक्रेनलाई हतियार पठाइरहने छौं।’

ग्राहमले यी तीन देशले रूसको कुल तेल निर्यातको करिब ८० प्रतिशत खरिद गर्ने गरेको दाबी गरेका छन्। उनले अगाडि भने, ‘यी देशले अमेरिकी अर्थतन्त्र र पुटिनको युद्ध मेसिनबिच एक छनोट गर्नुपर्नेछ। मलाई विश्वास छ, तिनले अमेरिकी अर्थतन्त्र रोज्नेछ।’

यसअघि नाटोका महासचिव मार्क रुटले पनि भारत, चीन र ब्राजिललाई रूससँग व्यापार बन्द गर्न आग्रह गर्दै नभए एक सय प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने धम्की दिएका थिए। यो धम्की ट्रम्पले रूसलाई युक्रेन युद्ध ५० दिनभित्र बन्द गर्न दिएको अल्टिमेटमको एक दिनपछि आएको थियो। ट्रम्पले रूस र उसको व्यापारिक साझेदारमाथि एक सयदेखि पाँच सय प्रतिशतसम्म ट्यारिफ लगाउने तयारी गरेका छन्। 

युक्रेन युद्धपछि रूसले सस्तो दरमा तेल बेच्न थालेपछि यी देशले आयात बढाएका हुन्। अमेरिकाको यो कदमले विश्वव्यापी तेल आपूर्तिमा ठूलो असर पार्न सक्छ। भारत र चीन रूसका सबैभन्दा ठूला तेल खरिदकर्ता हुन्। 

यदि ट्यारिफ लागु भएमा यी देशले मध्यपूर्व वा अफ्रिकाबाट महँगो तेल आयात गर्नुपर्ने हुन सक्छ। यसले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि ल्याउन सक्ने देखिन्छ। ब्रिक्स समूहका यी देशले डलरमा निर्भरता कम गर्ने प्रयास गरिरहेका छन्, जसलाई ट्रम्पले चुनौतीको रूपमा लिएका छन्। एजेन्सी
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस