बेलायती प्रधानमन्त्री केयर स्टारमरले युक्रेनलाई २ अर्ब डलर सहयोग दिने भएका छन्।
स्टारमरले यी मिसाइलहरू बेलायतको बेलफास्टमा निर्माण गरिने बताएका छन्, जसले रक्षा क्षेत्रमा रोजगारी बढाउने छ। एक दिनअघि उनले जेलेन्स्की ऋण दिने कुरा गरेका थिए।
स्टारमरले अमेरिका धेरै दशकदेखि आफ्नो विश्वसनीय साझेदार रहेको र भविष्यमा पनि यस्तै रहने जिकिर समेत गरेको एनबीसी न्युजले समाचारमा उल्लेख गरेको छ।
युक्रेन युद्धको मुद्दामा युरोपेली देशहरूको रक्षा शिखर सम्मेलनपछि बेलायती प्रधानमन्त्रीले यी कुराहरू भनेका हुन्। यस बैठकमा १५ देशका राष्ट्र प्रमुखहरू, टर्कीका विदेशमन्त्री, नाटोका महासचिव, युरोपेली संघका अध्यक्ष र युरोपेली परिषद्का सदस्यहरू उपस्थित थिए।
स्टारमरले भने, 'हाम्रो सरकारको पहिलो प्राथमिकता बेलायती जनतालाई सुरक्षा प्रदान गर्नु र उनीहरूको हितको रक्षा गर्नु हो, विशेष गरी यी कठिन समयमा। हाम्रो प्रयास युक्रेनलाई बलियो स्थितिमा राख्नु हो। हामी युक्रेनको लागि हाम्रो समर्थन दोब्बर गर्दै छौं।'
स्टारमरले शिखर सम्मेलनमा नेताहरूले युक्रेनलाई सैन्य सहायता जारी राख्न र रूसमाथि आर्थिक दबाब बढाउन सहमति जनाएको बताए।
स्टारमर भन्छन्, 'सम्झौतामा रूसलाई पनि समावेश गर्न आवश्यक हुने छ, तर रूसले पहिले पनि धेरै पटक सम्झौताहरू उल्लङ्घन गरिसकेको छ। यस्तो अवस्थामा हामीले युक्रेनलाई दिइएको ग्यारेन्टीहरू प्रभावित हुनुहुँदैन भन्ने निर्णय गर्नुपर्नेछ। थप द्वन्द्वबाट बच्न ग्यारेन्टीहरू आवश्यक छन्।'
बेलायत, फ्रान्स र युक्रेनले युद्ध रोक्ने योजनामा काम गर्ने
यो बैठकअघि स्टारमरले बेलायत, फ्रान्स र युक्रेनले रुस-युक्रेन युद्ध रोक्नको लागि योजनामा मिलेर काम गर्न सहमत भएको बताएका थिए। यो योजना अमेरिका समक्ष राखिनेछ। उनले भने, 'अमेरिकाले आफ्नो सुरक्षा ग्यारेन्टीमा अडिग रह्यो भने मात्र यो योजना काम गर्नेछ।'
यसैबीच बेलायती प्रधानमन्त्री केयर स्टारमरले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दुई पटक अँगालो हालेका थिए। पहिले उनले जेलेन्स्कीलाई लन्डन आइपुग्दा अँगालो हालेर स्वागत गरे। त्यसपछि जेलेन्स्की रक्षा शिखर सम्मेलनमा आइपुग्दा दोस्रो पटक अँगालो हाले।
यसअघि, शनिबार जेलेन्स्की इङ्गल्याण्ड पुग्दा सडकमा मानिसहरूले जेलेन्स्कीको समर्थनमा चर्को नारा लगाएका थिए। स्टारमरले उनलाई स्वागत गर्दै भने, 'तपाईंलाई सम्पूर्ण बेलायतको समर्थन छ। हामी तपाईं र युक्रेनको साथमा उभिन्छौं, जतिसुकै समय लागे पनि।' जेलेन्स्कीले यो समर्थनको लागि उनलाई धन्यवाद दिएका थिए।
युक्रेनलाई समर्थन गर्ने विषयमा दुई युरोपेली संघका देशहरू असहमत
युक्रेनलाई समर्थन गर्ने विषयमा युरोपेली संघ (ईयू) भित्र पनि दरार देखिएको छ। स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युक्रेनलाई आर्थिक वा सैन्य सहायता प्रदान नगर्ने बताएका छन्। युक्रेनले सैन्य बल प्रयोग गरेर रुसलाई वार्ताको टेबलमा ल्याउन कहिल्यै सक्षम नहुने उनले बताए।
यसअघि हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले पनि जेलेन्स्कीको विरुद्धमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई समर्थन गरेका थिए। ह्वाइट हाउसमा दुई जनाबीचको बहसपछि उनले ट्रम्पलाई बलियो र जेलेन्स्कीलाई कमजोर भनेका थिए। उनले ट्रम्पलाई पनि धन्यवाद दिए।
जेलेन्स्की शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न ह्वाइट हाउस पुगेका थिए। जहाँ दुई जनाबीच चर्को बहस भएको थियो। ट्रम्प-भान्स र जेलेन्स्की एकअर्कामाथि औंला उठाउँदै गरेको देखियो। ट्रम्पले जेलेन्स्कीलाई धेरै पटक हप्काए। उनले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध सुरु गर्ने कुरामा जुवा खेलिरहेको बताएका थिए।
जेलेन्स्कीले भनेका थिए, 'जब तपाईं युद्धमा हुनुहुन्छ, सबैलाई समस्या हुन्छ। यो युद्धले भविष्यमा अमेरिकालाई पनि असर गर्नेछ।'
यो सुनेर ट्रम्प रिसले चुर भएका थिए र विवाद झनै चर्केको थियो। एजेन्सी