कोलम्बो (श्रीलंका), चैत २१ (एजेन्सी)- माहेला जयवर्द्धनेको सतकीय इनिङपछि श्रीलंका इंग्ल्यान्डविरुद्धको दोस्रो टेष्ट म्याचको पहिलो दिन मंगलबार आफ्नो स्थिति सम्हाल्न सफल भएको छ। टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले पहिलो दिनको खेल समाप्त हुँदासम्म ६ विकेटमा २ सय ३८ रन बनाएको छ।
दिनको खेल समाप्त हुँदा ए मेथ्यूज ४१ तथा एक रन्धिभ ५ रनमा क्रिजमा थिए।
यसअघि जेम्स एन्डरसनले घातक बलिङ गर्दै श्रीलंकालाई राम्रो सुरुवात गर्न दिएनन्। आयोजक टिमले ३० रनमा आफ्ना तीन विकेट गुमाउन पुगेको थियो। तर कप्तान जयवर्द्धनेले टि समराविरासँग मिलेर चौथो विकेटका लागि १ सय २४ रन जोडेका थिए। जयवर्द्धने १ सय ५ रनको निजी योगफलमा स्वानको बलमा एलबिडब्लु हुनुअघि समरावीरा ५४ रन बनाएर व्रेसनानको बलमा एलबिडब्लु भएका थिए।
२१ चैत्र २०६८
•
१ मिनेट पाठ