काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि श्रीलंका यु–२३ सँग पराजित भएको छ। अघिल्लो दिन ७ विकेटले पराजित नेपालले बिहीबार पनि १ सय ३३ रनले घुँडा टेक्यो। एनसिसिसी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको श्रीलंका टोलीले ९ विकेट गुमाई २ सय ५४ रन बनायो। ओपनरद्वय सेहान जयसूर्याले ४२ र गुनाथिलाकाले ३९ रन बनाए। निरोशन डिकवेलाले २५, रोमेश बुद्धिकाले ३८ र चथुरङ्गा कुमाराले ४८ रन बनाए। १०औं नम्बरमा ब्याटिङ गरेका चारिथ जयापन्थीले ९ बलमा ४ छक्का र १ चौका प्रहार गरेपछि श्रीलंकाको स्कोर मजबुत भयो।नेपालबाट अविनाश कर्ण, रामनरेश गिरी, सागर पुन, शक्ति गौचन, वसन्त रेग्मी र पृथु बाँस्कोटाले १–१ विकेट लिए। विकेट लिन नसक्नेमा चन्द्र साउद थिए।
नेपाल ४०.१ ओभरमै १ सय २२ रनमा सीमित भयो। पहिलो खेलमा नेपाल ३७ ओभरमा १ सय २७ रनमा अलआउट समेटिएको हो। ओपनर सुवास खकुरेललाई पहिलो बलमै गुमाएको नेपालबाट उनका जोडी अनिल मण्डलले ५१ रन बनाए। अनिलले ९९ बल खेल्दै ६ चौका प्रहार गरे। पारस खड्का लगातार दोस्रो खेलमा खाता खोल्न चुके। उनीसँगै डकआउट हुनेमा विनोद भण्डारी पनि थिए। शरद भेषावकरले १ रन बनाए। वसन्त ७ र सागर ५ रनमा आउट भए। राहुल बिकले २ रन जोडे।
पृथुले बिहीबार पनि २२ रन बनाए। शक्ति गौचन २१ रनमा अविजित रहे। पृथुले ३५ बलमा ३ र शक्तिले २९ बलमा २ चौका प्रहार गरे। श्रीलंकाबाट लाहिरु जयरत्नाले ४ विकेट लिए।
एसिसी इमर्जिङ टिम्स कप तयारीलाई नेपाली टोलीले श्रीलंका भ्रमणमा छ।