तेस्रो अभ्यासमा नेपाल पराजित
२० माघ २०७४
•
३ मिनेट पाठ
तेस्रो अभ्यासमा नेपाल पराजित
काठमाडौं – नेपाली राष्ट्रिय टोलीले शुक्रबार तेस्रो तथा अन्तिम अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (युएइ) सँग ६४ रनको हार बेहोर्दै भ्रमण टुंग्याएको छ।




यही माघ २५ देखि नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन दुईको विशेष तयारीका लागि दुबईमा रहेको नेपालले युएइ ‘ए’ विरुद्ध पहिलो दुई खेलमा क्रमशः २५ र १ सय ९३ रनको जित हात पारे पनि तेस्रो खेलमा भने जितलाई निरन्तरता दिन सकेन । युएईले प्रस्तुत गरेको २ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल ३८.५ ओभरमा मात्र १ सय ५१ रनमा समेटियो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४१ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले २६ रन जोडे।

दोस्रो ओभरको दोस्रो बलमा ओपनर दिलीप नाथलाई गुमाएको नेपाल तेसो ओभरको पहिलो बलमा भरपर्दा ब्याट्सम्यान शरद् भेषावकरलाई गुमाएपछि ८–२ को कठिन स्थितिमा आएको थियो । ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले कप्तान पारससँग तेस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे पनि ज्ञानेन्द्र दशौं ओभरको पहिलो बलमा पवेलियन फर्किएपछि नेपाल पुनः दबाबमा परेको थियो । त्यसपछि आएका  रोहितकुमार पौडेलले २१ र आरिफ शेखले १९ रन जोड्दै नेपालको इनिङ उकास्ने प्रयास गरे पनि सफल भएनन् ।

रोहित, दीपेन्द्र र आरिफ पवेलियन फर्केपछि १३२–६ मा भएको नेपालले त्यसपछि केवल १९ रन जोड्दा बाँकी ४ विकेट गुमाएको थियो।

युएईका कार्तिक मायाप्पनले ४ तथा हर्जत बिलाल र मातिउल्ला खानले समान २–२ विकेट लिए ।

यसअघि सुरुआती ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय १५ रनको मध्यम योगफल खडा गरेको थियो ।

युएईका चिराग सुरीले ८५ रन जोड्दा अली मिर्जाले अविजित ४२ रनको योगदान दिए ।नेपालका सोमपाल कामीले ३, ललित भण्डारीले २ तथा वसन्त रेग्मी, सन्दीप लामिछाने र पारसले समान १–१ विकेट लिए।
अर्को समाचार
नेपाल पहिलो अभ्यासमा पराजित
२९ असोज २०७१
•
४ मिनेट पाठ
नेपाल पहिलो अभ्यासमा पराजित
काठमाडौं– विश्व क्रिकेट लिग डिभिजन–३ का लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोली कमजोर ब्याटिङका कारण बुधबार पहिलो अभ्यास खेलमा पराजित भएको छ।२५ ओभरमा अलआउट नेपाल स्थानीय टोली श्रीलंका पोर्ट अथोरिटीसँग ७४ रनले पराजित भएको हो। नियमित कप्तान पारस खड्का र सोमपाल कामीलाई आराम दिइएको खेलमा नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए। टस जितेर नेपालले पोर्ट अथोरिटीलाई ब्याटिङ निम्तो दिएको थियो। प्रतिद्वन्द्वी पोर्टले ४३ ओभरमा अलआउट हुँदै १ सय ५३ रन बनाएको थियो। नेपाल निर्धारित ५० ओभर टिक्न सकेन। जवाफमा नेपाल २५ ओभरमा ७९ रनमै समेटियो। ज्ञानेन्द्रले सार्वधिक २४ रन जोडे भने बलिङतर्फ पनि प्रभावकारी देखिएका वसन्त रेग्मीले १२ र सागर पुनले ११ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो आँकडामा रन बनाउन सकेनन्। ओपनर एवं विकेटकिपर सुवास खकुरेल १ र अर्का ओपनर नरेश बुढाएर २ रनमा आउट भए। 
दुई साताअघि एसियाली खेलकुदमा क्वार्टरफाइनलमा पराजित नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर पनि चल्न सकेनन्। उनले ४ रनमात्र बनाए। विनोद भण्डारीले १, महबुब आलमले ८, भुवन कार्कीले ३, अमृत भट्टराईले अविजित १ रन बनाउँदा शक्ति गौचनले खाता खोल्न सकेनन्। 
४६ बल खेलेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे। नेपालले आफ्नो इनिङ्समा ६ चौका प्रहार गर्यो। त्यसमा सागरले दुई, शरद र महबुबले १–१ चौका हाने। बलिङमा श्रीलंका पोर्टका मदुसाङ्का कानायाका सफल भए। ५ ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै ३ रन दिएर ओपनरद्वयसहित ४ विकेट लिए। रानेश परेराले ६ ओभरमा २२ रन दिएर ३ विकेट लिए। अनुक डी अल्विसले २ र एके टेरोनेले १ विकेट लिए। 
कोलम्बो कोल्ट्स क्रिकेट मैदानमा त्यसअघि नेपाली बलरले श्रीलंका पोर्टलाई मध्यम स्कोरमा रोकेको हो। तर नेपाली ब्याट्सम्यानले त्यसको फाइदा लिन सकेनन्। स्पिनर वसन्त फेरि एकपटक प्रभावकारी देखिए। १० ओभरमा उनले ३७ रन खर्चेर ४ विकेट लिए। चोटमुक्त भएर अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने तयारीमा रहेका अमृत भट्टराई र भुवन कार्कीले समान २ विकेट लिए। महबुब आलम र सागर पुनले १–१ विकेट झारे। 
घरेलु टोलीका लागि गायसन विरासेकाराले ४५ बलमा ४ चौका र १ छक्कासाथ सर्वाधिक ४० रन बनाए। मादुसांकाले ३५, योहान डी सिल्भाले १८, गायान मानिसानले १७, प्रसन्न विक्रमसिंघेले ११ र एकेले १० रन बनाए। 
मलेसियामा ८ दिनपछि हुने विश्व क्रिकेट लिग डिभिजन–३ तयारीलाई नेपाली टोली श्रीलंका पुगेको हो। शनिबार कम्बाइन–११ र आइतबार कोल्ट्स क्रिकेट क्लबविरुद्ध अभ्यास खेलेपछि टोली सोमबार मलेसिया लाग्नेछ। साविक विजेता नेपालले डिभिजन ३ मा मलेसियासँगै युगान्डा, सिंगापुर, अमेरिका र बर्मुडासँग प्रतिस्पर्धा गर्नेछ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस