मूल निर्माताले नै खेल्न पाएका छैनन् ‘जीटीए ६’, प्रि-अर्डर कुर्दै
२९ कार्तिक २०८३
•
४ मिनेट पाठ
मूल निर्माताले नै खेल्न पाएका छैनन् ‘जीटीए ६’, प्रि-अर्डर कुर्दै
तेह्र वर्षको प्रतीक्षा, दुई पटकको मिति हेरफेर र विभिन्न सूचना चुहावटपछि सार्वजनिक हुन लागेको ‘ग्रान्ड थेफ्ट अटो ६’ (जीटीए ६) लाई विकासकर्ता रकस्टार गेम्सले अत्यन्त गोप्य राखेको छ।




झन्डै तीन दशकअघि गेमको परिकल्पना गर्ने मूल निर्माताहरूले समेत नयाँ संस्करण खेल्न पाएका छैनन्।

आगामी सन् २०२६ नोभेम्बर १९ मा पीएस ५ र एक्सबक्स सिरिज एक्स-एसमा सार्वजनिक हुने यो गेमको पर्खाइमा जीटीएका सह-निर्माता डेभ जोन्स र मूल गेमका लेखक तथा प्रचारक ब्रायन ब्याग्लो पनि आम गेमरसरह बसिरहेका छन्।

‘उनीहरूले कस्तो बनाएका छन् भनेर हेर्न हामी सबै आतुर छौं,’ जोन्सले भने। ब्याग्लोले पनि आफूले अग्रिम रूपमा गेम खेल्न नपाएको बताउँदै ‘प्रि-अर्डर’ गरिसकेको जानकारी दिए।

सार्वजनिक नहुँदै जीटीए ६ ले प्लेस्टेशन र एक्सबक्स दुवै डिजिटल स्टोरको इतिहासमा सर्वाधिक प्रि-अर्डर हुने गेमको कीर्तिमान बनाइसकेको छ।

करिब २१२ जीबी आकारको भएकाले धेरै गेमरले रिलिजकै दिन तुरुन्तै खेल्न ‘प्रि-लोड’ गर्ने उद्देश्यले अग्रिम बुकिङ गरेका हुन्। अघिल्ला संस्करणलाई आकार, दायरा र आम्दानी सबै पक्षमा उछिन्ने अपेक्षा गरिएको यो गेमको प्रचार लन्डनको सेल्फ्रिजेसमा ‘भाइस सिटी’ थिमको पप-अप र मियामीका बिलबोर्डहरूसम्म फैलिएको छ।

यसअघिका सिरिजभन्दा फरक जीटीए ६ मा कथा र पात्रलाई अझ यथार्थपरक बनाइएको छ। जीटीए ५ मा ट्रेभरजस्ता अराजक पात्र प्रमुख भए पनि नयाँ संस्करणमा मुख्य पात्र जेसन र लुसियालाई सङ्कटमा परेको युवा जोडीका रूपमा प्रस्तुत गरिएको छ। माइकल, फ्रेङ्कलिन, ट्रेभर वा निको बेलिकले जस्तो बिनाकारण विध्वंस मच्चाउनु उनीहरूको कथासँग मेल नखाने नेल्सनले बताए।

एक अन्तर्वार्तामा नेल्सनले जीटीए इतिहासमा पहिलो पटक खेलाडीलाई लियोनिडा सहरका नागरिकप्रति सहानुभूति देखाउन र सामान्य वा असल व्यक्ति बन्न प्रोत्साहित गर्ने संयन्त्र राखिएको उल्लेख गरे।

यद्यपि अराजकता रोज्ने खेलाडीका लागि पुरानै स्वतन्त्रता कायमै रहनेछ। हतियार देख्दा एनपीसी पात्रहरूले दिने प्रतिक्रिया र सजीव दृश्यका कारण यो अहिलेसम्मकै यथार्थपरक जीटीए हुने देखिएको छ। यसले प्रशंसकहरूलाई उत्साहित र केहीलाई सशङ्कितसमेत बनाएको छ।

आईजीएनकी लेखक ज्याकलिन थोमसले गेम ३० एफपीएसमै चले पनि हालै सार्वजनिक फुटेजको ग्राफिक्स अविश्वसनीय रहेको बताइन्।

‘द गार्जियन’ की भिडियो गेम सम्पादक केजा म्याकडोनाल्डले जीटीए ६ ले समग्र गेमिङ उद्योगलाई नै नयाँ ऊर्जा दिने र जोसुकैको चासो तान्ने दुर्लभ गेम भएको बताइन्।

सन् २०१३ मा आएको जीटीए ५ ले केवल तीन दिनमै १ अर्ब डलर कमाएर मनोरञ्जन क्षेत्रमै कीर्तिमान कायम गरेको थियो।

गेमिङ दुनियाँबाहिर पनि सांस्कृतिक पहिचान बनाएको जीटीएबारे जोन्सले फिल्महरूमा समेत डोन्ट गो अल जीटीए अन मी जस्ता संवाद सुन्दा अचम्म लाग्ने गरेको बताए।

ग्लासगोको गेमिङ क्याफे आरकेडमा म्याकडोनाल्डले पहिले जीटीए फिल्मबाट प्रभावित हुने गरे पनि अहिले फिल्महरू नै जीटीएबाट प्रभावित हुन थालेको टिप्पणी गरिन्।

जोन्सका अनुसार विज्ञान-कथा वा काल्पनिक दुनियाँ नभई वास्तविक सहर र सवारी चालकको जीवनमा आधारित भएकैले यो गेम यति लोकप्रिय भएको हो।

कसरी जन्मियो ‘जीटीए’ ?

झन्डै ३० वर्ष पुरानो यो सिरिजको सुरुवात सन् १९९७ मा स्कटल्यान्डको डन्डीस्थित सानो स्टुडियो डीएमए डिजाइनबाट भएको थियो।

पजल गेम लेमिङ्सको सफलतापछि स्टुडियोले रेस एन्ड चेस नामक रेसिङ गेम बनाउने सोच बनाएको थियो। डन्डीको एबर्टे विश्वविद्यालयको कम्प्युटर ल्याबमा जोन्सले गाडी चलाउनुका साथै गाडीबाट बाहिर निस्कन पाउने, पैदल दौडिने र अरूको गाडी चोर्न मिल्ने नयाँ प्रयोगले गेमलाई रोचक बनाएको बताए।

सुरुमा अपराधी र प्रहरी दुवै भूमिकामा खेल्न मिल्ने परिकल्पना गरिए पनि प्रहरी बन्दा नियमकानुनअनुसार चल्नुपर्ने भएकाले रमाइलो नहुने निष्कर्ष निकाल्दै खराब पात्रमा गेम केन्द्रित गरिएको जोन्सले बताए।

लेमिङ्सको तुलनामा सुरुमा बिक्री सुस्त भए पनि खेलेपछि मात्र बुझिने विशेषता र आपसी चर्चाका कारण वर्षभरि गेम बिक्री भएको ब्याग्लोले स्मरण गरे।

अपराध र हिंसाको विषयले बेलायती संसद्‌मा बहस र प्रतिबन्धको मागसमेत निम्त्याएको थियो। पछि प्रकाशक बीएमजी इन्टरएक्टिभले भाइरल मार्केटिङका लागि ती विवाद उचालेको खुले पनि जोन्सले आफूहरूले विवादको चिन्ता नगरी रमाइलोका लागि मात्रै काम गरेको बताए।

सामान्य टु-डी र आर्केड शैलीको भए पनि पहिलो गेमले नै अमेरिकी पुँजीवाद र अति-व्यक्तिवादमाथि व्यङ्ग्य गर्ने जीटीएको आधार तयार पारेको म्याकडोनाल्डले बताइन्। अमेरिकी सहरको परिवेश भए पनि यसमा स्कटिस हास्यचेत झल्किएको उनको भनाइ छ।

कम बजेट र वास्तविक ब्रान्डको लाइसेन्स खर्च जुटाउन नसक्दा टोलीले नक्कली ब्रान्ड, काल्पनिक रेडियो स्टेसन, गीत र डीजेहरू सिर्जना गरेको थियो। ब्याग्लोले ती काल्पनिक तत्त्वहरूले नै जीटीएको संसारलाई एकीकृत र जीवन्त बनाएकोमा गर्व महसुस हुने बताए।

विश्वभर जीटीए ६ को यति ठूलो चर्चा भइरहँदा के मूल निर्माताहरूलाई अझै यसैमा काम गरिरहन मन लाग्छ ? जोन्सले एक-दुई वा तीन संस्करणसम्म काम गरेपछि मानिसले अरू नै नयाँ काम गर्न चाहने बताए।

ब्याग्लोले भने विगत २९ वर्षदेखि विश्वभरका मानिसले यो गेमलाई माया गरेको देख्नु नै आफ्ना लागि अत्यन्त खुसीको विषय भएको बताए।
अर्को समाचार
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
२ मिनेट अघि
•
१ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
काठमाडौं। इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।




आइजेनकोटले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आफूले नेतान्याहुलाई विस्तृत प्रस्ताव पठाए पनि अहिलेसम्म कुनै जवाफ नपाएको बताएका छन्।

उनले लेखेका छन्, ‘इजरायललाई आवश्यक एकताका लागि म प्रतिबद्ध छु र त्यसका लागि राजनीतिक मूल्य चुकाउन पनि तयार छु। गत आइतबार नेतान्याहुको अनुरोधमा स्थापना गरिएको गोप्य माध्यमबाट उनलाई महत्त्वपूर्ण विषयहरू समेटिएको विस्तृत प्रस्ताव पठाइएको थियो।’

उनका अनुसार केही विषयमा सहमतिका लागि महत्त्वपूर्ण प्रस्तावसमेत अघि सारिएको थियो। तर, अर्को गठबन्धन सम्झौतामा हस्ताक्षर गर्नुअघि नै प्रस्ताव पठाइए पनि अहिलेसम्म कुनै जवाफ आएको छैन।

आइजेनकोटले लिकुड पार्टी वास्तविक एकताका लागि तयार भए आगामी २४ घण्टाभित्र उसको प्रतिबद्धता परीक्षण गर्न आफू तयार रहेको बताएका छन्।

उनले नेतान्याहु र उनको वार्ता टोलीलाई आज राति हर्जलियास्थित डान अकाडिया होटलमा वार्ताका लागि निमन्त्रणा गरेका छन्। आइजेनकोटका अनुसार उनी आफ्नै वार्ता टोलीसहित उक्त होटलमा बसिरहेका छन्।

इजरायलमा नयाँ सरकार गठनका विषयमा राजनीतिक रस्साकस्सी जारी छ।

इजरायली सञ्चारमाध्यमका अनुसार विपक्षी नेता तथा प्रधानमन्त्री पदका बलिया दाबेदार आइजेनकोटलाई प्रधानमन्त्री पदमा आलोपालो नेतृत्व गर्ने प्रस्ताव गरिएको छ।

प्रस्तावअनुसार पहिलो दुई वर्ष आइजेनकोट र त्यसपछिका दुई वर्ष नेतान्याहु प्रधानमन्त्री बन्न सक्नेछन्। यद्यपि, केही महत्त्वपूर्ण विषयमा दुवै नेताबीच मतभेद कायमै रहेकाले सरकार गठनको प्रक्रिया टुंगिन सकेको छैन।
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
यो पनि पढौँ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस