विश्वकपमा विजयी सुरुआत
०२ चैत्र २०७०
•
९ मिनेट पाठ
विश्वकपमा विजयी सुरुआत
चित्तागोङ (बंगलादेश)-नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का सधैं भन्ने गर्थे, 'यो विश्वकप नेपाललाई विश्वसामु चिनाउने राम्रो मौका हो।'




नेपाली क्रिकेट टोलीले आइतबार हङकङविरुद्धको पहिलो खेलमा कप्तानको भनाइलाई सही साबित मात्र गरेन, विश्वकपमा उपस्थिति जनाउने नेपाली खेलकुदको सपनालाई पनि स्वर्णिम ढंगले वास्तविकतामा परिणत गरेको छ। नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा हङकङलाई ८० रनको अन्तरले हराउँदै रवाफिलो सुरुआत गरेको हो।

टस हारेर ब्याटिङमा निम्त्याइएपछि कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लको ब्याटले चित्तागोङस्थित जाहुर अहमद चौधरी रंगशालामा हङकङका बलरको धज्जी उडायो। शक्ति गौचन र वसन्त रेग्मीको स्पिनले पनि विपक्षी ब्याट्सम्यानलाई मजैले घुमायो। पारस र ज्ञानेन्द्रको उच्च प्रदर्शनबाट प्रेरित नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १४९ रन बनाएको थियो। म्यान अफ द म्याच शक्ति र वसन्तको तीन–तीन विकेटसहित हङकङलाई १७ ओभरमा ६९ रनमै रोक्न नेपाल सफल भयो। यो जितसँगै गत महिना न्युजिल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप छनोट खेलमा हङकङसँग भोगेको १० विकेटको हारको बदला पनि लियो।

'मैले टस जितेको भए बलिड नै रोज्थेँ, कहिलेकाहीँ टस हार्नु राम्रो हुन्छ। हिजो विकेटमा घाँस देख्दा म छक्क परेको थिएँ,' जितपछि कप्तान पारसले भने, 'ओपनरहरूले राम्रो सुरुआत गरे। माथिल्लो अर्डरका सबैले राम्रो खेले। तैपनि हामीले १५/२० रन कम बनायौं। सुरुआतअनुसार ब्याटिङको अन्त्य राम्रो भएन।'

आइतबारको जित सम्पूर्ण राष्ट्रकै लागि महŒवपूर्ण रहेको बताउँदै उनले भने, 'क्रिकेटले देशलाई एकताको सूत्रमा गाँसेको छ, नेपालीको अनुहारमा खुसी ल्याएको छ, फागु पर्वमा हामी जितको खुसीले रंगिएका छौं।'

सागर पुन र सुवास खकुरेलले नेपाललाई राम्रो सुरुआत दिलाए। सागर १३ रनमा आउट भए पनि उनले सुवाससँग पहिलो विकेटमा ५ ओभरभित्र ३४ रनको साझेदारी गरेका थिए। सुवासले १६ बलमा ४ चौकासहित २२ रन बनाए।

टर्निङ प्वाइन्ट

हङकङका ओपनर इरफान अहमदलाई पहिलो बलमा आउट गर्नु नेपाली जितको महŒवपूर्ण 'टर्निङ प्वाइन्ट' रह्यो। अफ स्पिन बलिङबाट इनिङ्स थालेका कप्तान पारसले पहिलो बलमै इरफानलाई विकेटको पछाडि सुवासबाट क्याच आउट गराएपछि नेपालले मनोवैज्ञानिक रूपमा खेल पक्षमा पारिसकेको थियो।

पारसले दुईपटक जीवनदान पाउनु खेलको अर्को 'टर्निङ प्वाइन्ट' हो। उनले २० रन बनाएका बेला पहिलो जीवनदान पाएका थिए। लङअनमा तनविर अफजलले हातमा आएको क्याच छाडेका थिए। ३९ रनमा उनको क्याच फेरि हङकङले फुत्कायो। त्यसको अर्को बलमा उनले लङअनमै क्याच दिए।

यो खेलपछि पारस ट्वान्टी–२० मा ५०० रन बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्। उनले हङकङविरूद्धका दुई खेलमा मात्र ११२ रन जोडेका छन्। २०११ को विश्व ट्वान्टी–२० छनोटमा बनाएको ६८ रन उनको उच्च स्कोर हो। यही फर्मलाई निरन्तरता दिँदै आइतबार ४१ रन बनाएर ज्ञानेन्द्रसँग जोडेको ८० रनको साझेदारी नेपालको आधिकारिक प्रतियोगितामा सबैभन्दा ठूलो हो।

नेपालको जितमा महŒवपूर्ण भूमिका खेलेका ज्ञानेन्द्रले एकपटक जीवनदान पाएर ४८ रन बनाए। खाता खोल्न ७ बल पर्खेका उनले ४१ बल खेलेर ४ चौका र नेपाली इनिङ्सको एकमात्र छक्का प्रहार गरे। ज्ञानेन्द्रले विश्व ट्वान्टी–२० अघि खेलेका ४ अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध ३९, युएईविरुद्ध ५९, आयरल्यान्डविरुद्ध ४७ र युएईविरुद्ध ९ रन बनाएका थिए।

धर्मराएको इनिङ्स

ज्ञानेन्द्रले १९ औं ओभरको पहिलो बलमा छक्का प्रहार गरे। अर्को बलमा दुई रन जोडेपछि नेपालले पछिल्लो चार बलमा ४ विकेट गुमायो। ज्ञानेन्द्र अन्तिम ओभरको तेस्रो बलमा आउट भएपछि अर्को बलमा शरद भेषावकर रन आउट भए। शरदले ९ बलमा २ चौकासहित १४ रन बनाए। नरेश बुढाऐरले सामना गरेको पहिलो बलमै लेग स्टम्प गुमाए। शक्ति अन्तिम बलमा रन आउट भए। हङकङका हसिब अमजादले ४ ओभरमा २५ रन खर्चेर ३ तथा नदिम अहमदले २ विकेट लिए।

तीव्र बलर सोमपाल कामीले हङकङका कप्तान जेम्स एटकिन्सनलाई ६ रनमा बोल्ड गरे। ओपनर वाकास बकरात र बाबर हायतले इनिङ्स तान्नमात्र के खोजेका थिए, शक्ति र वसन्तले हङकङलाई धराशयी पारे। शक्तिको बलमा बकरातले लङअफमा जितेन्द्र मुखियालाई सजिलो क्याच दिए।

१५ बलको अन्तरमा नेपालले ३ रनमात्र खर्चेर ५ विकेट लिएर पूर्ण रूपमा खेल नियन्त्रणमा लियो। वसन्तले मार्क च्यापम्यानलाई बोल्ड गर्नुका साथै तनविर अफजललाई लगातार बलमा आउट गरी ह्याटि्रक नजिक पुगे। शक्तिले पनि एकै ओभरमा २ विकेट लिने क्रममा हायत र नजिब अमरलाई आउट गरे। सोमपालले एक विकेट थपे भने जितेन्द्रले नदिम अहमदलाई बोल्ड गरी नेपाललाई ऐतिहासिक विजय दिलाए।

'हाम्रा स्पिनर फरक छन्'

नेपालका दुई स्पिनर शक्ति र वसन्तले ८ ओभरमा २३ रनमात्र खर्चिएर ६ विकेट लिए। दुवैले समान १४ डट बल फाले। म्यान अफ द म्याच शक्तिले ४ ओभरमा ९ रनमात्र खर्चेर ३ विकेट लिए। वसन्तले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट नै लिए। अफ स्पिनर सागर पुनको २ ओभर पनि जोड्दा नेपाली स्पिनरले १० ओभरमा ३७ रनमात्र खर्चे।

हडकडका देव्रे हाते नदिम अहमद र नजिब अमर प्रभावकारी बलर हुन्। तर, पारस र ज्ञानेन्द्र जम्दा उनीहरू फिका देखिए। पारसले भने, 'हाम्रा स्पिनर फरक छन्, उनीहरू कुन स्तरका हुन् भन्ने हामीलाई थाहा छ।'

'नेपालले प्रमाणित गर्योभ'

हङकङका कप्तान जेमी एटकिन्सनले नेपालले राम्रो खेलेर आफूलाई बलियो प्रमाणित गरेको बताए। 'हामीले अभ्यास खेलहरूमा राम्रो खेलेका थियौं। तर, हामी बढी आत्मविश्वासी थिएनौं। नेपालले आधारभूत तहदेखि राम्रो खेलेर जित्यो,' उनले भने, 'हामी कति निराश छौं भनेर बयान गर्न सक्दैनौं।'
अर्को समाचार
स्विट्जरल्यान्डको विजयी सुरुआत
०१ असार २०७१
•
१ मिनेट पाठ
स्विट्जरल्यान्डको विजयी सुरुआत
ब्रासिलिया– इन्जुरी समयमा ह्यारिस सेफेरोभिचले निर्णायक गोल गरेपछि स्विट्जरल्यान्डले आइतबार दक्षिण अमेरिकी प्रतिद्वन्द्वी इक्वेडरमाथि २–१ को विजय हासिल गर्दै ब्राजिलमा जारी विश्वकपमा विजयी सुरुआत गरेको छ।समूह 'इ' अन्तर्गत आइतबार राती सम्पन्न स्विट्जरल्यान्ड र इक्वेडरबीचको खेलको पहिलो हाफमा एक गोलले पछि परेको स्विट्जरल्यान्डले मध्यान्तरपछि उत्कृष्ट पुनरागमन जनाएको थियो। ब्रासिलियास्थित माने गारिन्चा राष्ट्रिय रंगशालामा इनर भ्यालेन्सियाले गोल गरेपछि इक्वेडरले २२ औं मिनेटमा अग्रता लिएको थियो। 
स्विट्जरल्यान्डका एड्मिर मेहदीले ४८ औं मिनेटमा बराबरी गोल गरेर युरोपेली टोलीको खेलमा फर्कने आशा जगाएका थिए। जसमा इन्जुरी समयको अन्तिम अवस्थामा सेफेरोभिचले स्विट्जरल्यान्डका लागि विजयी गोल गरे।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस