मोदी आज नेपालमा
१७ साउन २०७१
•
१३ मिनेट पाठ
मोदी आज नेपालमा
काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुग्दैछन्।
५१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहान १०:५० बजे विशेष विमानमा त्रिभुवन विमानस्थल अवतरण गर्ने कार्यक्रम छ। मोदी भ्रमण क्रममा नेपाल–भारतबीच तीन सहमतिपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।‘भ्रमणले मेरो सरकारले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको स्पष्ट पार्छ। द्रुत रुपमा रुपान्तरण भइरहेका दुई देशको सम्बन्ध नयाँ शतान्दीमा नयाँ तरिकाले अघि बढाउन म नेपालको नेतृत्व वर्गसँग सहकार्य गर्न उत्साहीत छु,' नेपाल भ्रमणलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘मेरो भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने आशा मैले लिएको छु।' 

नेपाल भ्रमणका बेला नयाँ डिजीटल युगमा कसरी दुई देशका युवालाई नयाँ अवसर सृजना गर्ने र सशक्त पार्ने भन्ने विषयमा नेपालका नेता तथा उद्योगीसँग आफ्नो छलफल हुने उनले बताएका छन्। ‘द्विपक्षिय सम्बन्ध थप मजबुत बनाउन भ्रमणका बेला लगानी तथा वाणिज्य, जलविद्युत, कृषि, वातावरण, पर्यटन, शिक्षा तथा संस्कृति, खेलकुद लगायतका लगानीका क्षेत्र पहिचान गर्न हामी सफल हुनेछौ भन्ने मेरो विश्वास छं,' उनले भनेका छन्। 

नेपालले शान्ति प्रक्रिया र बहुदलिय प्रताजन्त्रको लक्ष्य प्राप्तिमा प्ररशनिय प्रगती गरेको उल्लेख गर्दै मोदीले संसदलाई संवोधन गर्ने जस्तो दुर्लभ अवसर पाएको नेपाली जनता र सभासदप्रति कृतज्ञता प्रकट गरेका छन्। विज्ञप्तिमा उनले भनेका छन्, ‘संसदलाई संवोधन गर्ने दुर्लभ अवसर दिनु भएकोमा म नेपाली जनता र सभासदहरुप्रति कृतज्ञ छु।' 

मोदीले शनिबार सामाजिक सञ्जाल ट्वीटर मार्फत पनि आइतबार बाट हुने नेपाल भ्रमणलाई लिएर आँफु उत्साही बनेको उल्लेख गरेका छन्। ‘नेपाल भ्रमण गर्न म उत्साहित छु। नेपाल र भारत अनन्य मित्र हुन्। यी दुवै देशले साझा संस्कृति र सम्पदा सेयर गरेका छन्। नेपाली नेता तथा विधायकसँगको छलफल फलदायी हुने मैले आशा गरेको छु जसले नेपाल–भारतको सम्बन्धलाई थप उचाइमा पुर्यालउनेछ,' भारतीय प्रधानमन्त्री मोदीले शनिबार साँझ टि्वट गरेका छन्।

भारतीय प्रधानमन्त्रीले १७ वर्षपछि नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन्। यसअघि सन् १९९७ मा तत्कालीन प्रधानमन्त्री आई के गुजराल नेपाल आएका थिए। मोदीका साथ मन्त्रीहरु हुनेछैनन्, सचिव पनि एक मात्र विदेश सचिव सुजाथा सिंह आउनेछिन्। 
प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमणमा विदेशमन्त्री साथ रहने कूटनीतिक अभ्यास भए पनि कार्यव्यस्तता र ठूला सम्झौतामा हस्ताक्षर नहुने भएकाले भारतीय विदेशमन्त्री सुषमा स्वराज भ्रमण दलमा सहभागी नभएको जनाइएको छ। उनी एक साताअघि काठमाडौंमा भएको नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी भई फर्केकी थिइन्। 
‘मेरो नेपाल यात्राको एउटा महŒवपूर्ण पक्ष यो पनि हो कि साउने सोमबारको अवसरमा भगवान पशुपतिनाथको दर्शन गर्ने सौभाग्य मिलेको छ,' मोदीले नेपाल भ्रमणको व्यक्तिगत उद्देश्य पनि टि्वटमा खुलाएका छन्। 

परराष्ट्रका अनुसार भ्रमणको मूल उद्देश्य दुई देशबीच उच्च राजनीतिक तहमा सम्पर्क र सम्बन्ध विस्तार गर्नु हो। भ्रमणका बेला ठूला सहमतिपत्रमा हस्ताक्षर नहुने जनाइएको छ। 
‘अहिलेसम्मको स्थितिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला नेपाल र भारतबीच तीनवटा सहमतिपत्रमा हस्ताक्षर हुनेछ,' परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले नागरिकसँग भने, ‘विद्युत व्यापार सम्झौता (पिटिए) र आयोजना विकास सम्झौता (पिडिए) हुने सम्भावना छैन।'
मोदीको भ्रमण क्रममा पर्यटन प्रवर्द्धन क्षेत्रमा सहयोग, गलगाँड नियन्त्रण कार्यक्रम र नेपाल टेलिभिजन–दूरदर्शन टेलिभिजनबीच सहकार्यसम्बन्धी तीन सहमतिपत्रमा नेपाल र भारतबीच हस्ताक्षर हुनेछ। यसका अलवा गत साता काठमाडौंमा सम्पन्न परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहमति जुटेका विषयलाई पनि मोदी भ्रमणमा अनुमोदन गराइँदैछ।
प्रवक्ता अधिकारीका अनुसार पर्यटन प्रवर्द्धन क्षेत्रमा सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएपछि संयुक्त कार्यदल गठन गरिनेछ। यो कार्यदलले दुवै देशको पर्यटन विकासमा सहयोग पुर्यासउनेछ। भारतीय नागरिक र त्यहाँ आउने विदेशी पर्यटकलाई नेपाल जान यो कार्यदलले उत्साहित गर्ने जनाइएको छ। ‘टुरिजम ट्रेड' र ‘सेवा सुविधा' का क्षेत्रमा कसरी मिलेर दुई देश अघि बढ्न सक्छन् भन्नेमा पनि कार्यदलले काम गर्नेछ। नेपाल र भारतमा रहेका ट्राभल एजेन्सीबीच प्याकेज कार्यक्रम आदानप्रदान गर्नेसम्म विषय यो सहमतिपत्रमा समेटिएको छ। 
सन् १९७३ देखि नेपालमा गलगाँड नियन्त्रण गर्ने कार्यलाई सहयोग गर्दै आएको भारतले मोदी भ्रमणका बेला त्यसलाई निरन्तरता दिनेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नेछ। यो कार्यक्रम सञ्चालन गर्न नेपालले सन् २०१४ र २०१५ को लागि ६ करोड ९० लाख रुपैयाँ अनुदान सहयोग माग्नेछ।
सरकारी स्वामित्वमा रहेको नेपाल टेलिभिजन र भारतीय सरकारको स्वामित्वमा रहेको दुरदर्शन टेलिभिजनबीच हुने सहकार्यसम्बन्धी सहमतिलाई तीनवटा चरणमा सम्पन्न गरिने जनाइएको छ। पहलो चरणमा दुई टेलिभिजनबीच संस्कृति, पर्यटन प्रवर्द्धन, सूचना प्रविधिलगायत कार्यक्रममा आदानप्रदान हुनेछ। दोस्रो चरणमा दुवै टेलिभिजनले संयुक्त रुपमा कार्यक्रम उत्पादन गर्नेछन् भने तेस्रो चरणमा एक–अर्काका कर्मचारीलाई तालिम दिने व्यवस्था गरिनेछ। आइतबार दिउँसो सिंहदरबारमा बस्ने नेपाल–भारत द्विपक्षीय बैठकमा यी सहमतिपत्रमा हस्ताक्षर गरिनेछन्।
परराष्ट्रका अनुसार मोदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गर्नेछन्। उनको सम्मानमा नेपाली सेनाले सम्मानगारत र १९ तोपको सलामी दिनेछ। विमानस्थलबाट उनी सिधै आफू बस्ने बौद्धस्थित होटल ह्यात जानेछन्। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे साढे १२ बजे त्यहीँ पुगेर मोदीलाई शिष्टाचार भेट गर्दै कार्यक्रमबारे जानकारी गराउनेछन्। 
ह्यातमा दिउँसोको खाना खाएपछि मोदी साढे २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री कोइरालासँग आधा घन्टा ‘वान टु वान' कुराकानी गरेपछि दुवै देशका प्रधानमन्त्री तीनदेखि चार बजेसम्म चल्ने नेपाल–भारत द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। बैठकमा नेपाल र भारतका ९/९ जना सदस्य रहनेछन्। बैठक सकिएलगत्तै चार बजेपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा केही सहमतिपत्रमा हस्ताक्षर कार्यक्रम हुनेछ।
सहमतिपत्रमा हस्ताक्षर कार्यक्रम सकिएपछि मोदी साढे ४ बजे बानेश्वरस्थित संसद भवन पुग्नेछन्। १५ मिनेट सभामुख सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरेपछि मोदीले ४:५० बजेबाट ४० मिनेट संसदलाई सम्बोधन गर्नेछन्। त्यसपछि उनी होटल ह्यात फर्किने कार्यक्रम छ। भारतीय दूतावासले होटल ह्यातमा साँझ साढे ६ बजेबाट एक घन्टासम्म गर्ने रिसेप्सनमा पनि उनी सहभागी हुनेछन्। त्यसपछि उनी प्रधानमन्त्री कोइरालाले उनको सम्मानमा साँझ ८ बजे सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्। डेढ घन्टा त्यहाँ बिताएपछि उनी होटल ह्यात फर्कनेछन्।
सोमबार बिहान साढे ९ बजे भारतीय प्रधानमन्त्री मोदी पशुपतिनाथ पुगी दर्शन र पूजाअर्चना गर्नेछन्। त्यसपछि उनी ११:१५ बजे शीतल निवास पुगी राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। आधा घन्टा कुराकानीपछि राष्ट्रपतिले मोदीको सम्मानमा शीतल निवासमै दिवाभोज आयोजना गर्नेछन्। दिवाभोजबाट होटल ह्यात फर्केपछि मोदीलाई भेट्न क्रमशः नेकपा एमालेका अध्यक्ष केपी ओली १:१५ बजे, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल १:४५ बजे, मधेसीवादी दलका नेता २:१५ बजे जानेछन्। मोदीले तीन बजेबाट आधा घन्टा ह्यातमै व्यापारिक समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी ३:४५ बजे पाटन र भक्तपुर दरबारको अवलोकनमा निस्कने छन्। मोदीको सोमबार ५:३५ बजे स्वदेश फर्कने कार्यक्रम छ।
अर्को समाचार
भारतीय प्रधानमन्त्री मोदीको छवी नेपालमा कस्तो छ, के मोदी र ओलीबीच तुलना हुन्छ?
१७ भदौ २०७९
•
७ मिनेट पाठ
भारतीय प्रधानमन्त्री मोदीको छवी नेपालमा कस्तो छ, के मोदी र ओलीबीच तुलना हुन्छ?
फाइल तस्बिर/नागरिक
४२ वर्षिय पुष्पराज पौडेल नेपालको राजधानी काठमाडौँको बागबजारमा पुस्तक पसलको व्यवसाय गर्छन्। पुष्पराज नेपालको चितवन सहरका स्थायीबासी हुन्। पौडेल भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीका समर्थक रहे पनि अहिले असन्तुष्टी व्यक्त गर्छन्।

२०१४ भदौमा नरेन्द्र मोदी नेपाल आएपछि यहाँका जनताले उनलाई राजा माने तर २०१५ मा नाकाबन्दी गरेर उनको छवि धमिलो बनाएको पौडेल बताउँछन्। पौडेल भन्छन्, ‘मोदीले हिमालयमा ध्यान गरे। उहाँ योगी र ज्ञानी हुनुहुन्छ, उहाँमा एक किसिमको सरलता छ, यी कुराहरू अहिले पनि छन् तर नेपालमा अहिले मोदी त्यति लोकप्रिय छैनन्। नाकाबन्दीका कारण उनको लोकप्रियता घटेको छ।’

‘मोदी नेपालका लागि होइन, भारतका लागि राम्रा छन्, नाकाबन्दीका कारण हामीले धेरै दुःख पाएका थियौँ तर एउटा कुरा राम्रो छ कि मोदीको सन्तान छैन, त्यसैले उनले देशको बारेमा बढी सोच्छन्। हाम्रा केपी ओलीको पनि सन्तान छैनन र उहाँलाई पनि नेपालकै चिन्ता छ।’
पुष्पराज पौडेल भारतको उत्कृष्ट प्रधानमन्त्री कसलाई मान्छन्? यस प्रश्नको जवाफमा उनी भन्छन्, ‘इन्दिरा गान्धी उत्कृष्ट प्रधानमन्त्री थिइन्। उनी निकै साहसी थिइन्। प्रधानमन्त्री मोदीमा त्यति हिम्मत छैन। इन्दिरा गान्धीले दक्षिण एसियाको शीर उँचो गराइन्। इन्दिरा गान्धी अझै पनि पहाडहरूमा लोकप्रिय छिन्। मधेसीहरू अझै पनि मोदीलाई मन पराउँछन् तर मन पराउने सच्चा नेपाली होइनन्। नाकाबन्दीलाई समर्थन गर्ने मधेसीले अहिले पनि मोदीलाई मन पराउँछन्।’

पुष्पराज पौडेलको पसलको छेउमा ३५ वर्षीय धन पोखरेलले १० वर्षदेखि चिया पसल चलाउँदै आएकी छिन्। प्रधानमन्त्री मोदीको बारेमा सोध्दा पोखरेल भन्छिन्, ‘मोदी नेपालका लागि होइन, भारतका लागि राम्रा छन्, नाकाबन्दीका कारण हामीले धेरै दुःख पाएका थियौँ तर एउटा कुरा राम्रो छ कि मोदीको सन्तान छैन, त्यसैले उनले देशको बारेमा बढी सोच्छन्। हाम्रा केपी ओलीको पनि सन्तान छैनन र उहाँलाई पनि नेपालकै चिन्ता छ।’

मोदी र ओलीको तुलना

भारतको नाम सुन्ने वित्तिकै धन पोखरेलको दिमागमा कुन तस्बिर आउँछ? धन भन्छिन्, ‘भारत विकसित देश जस्तो लाग्छ, नेपालभन्दा धेरै अगाडि छ।’ तर, धन कहिल्यै भारत गएकी छैनिन्। धन पोखरेललाई किन मनपर्छ मोदी र ओली? 

‘ओली र मोदीको राजनीतिमा धेरै समानता छ, ओलीले आफूलाई कम्युनिष्ट र मोदीलाई दक्षिणपन्थी भन्न सक्छन् तर दुवैमा धेरै समानता छ। मोदीले भारतमा एकरूपता, बहुसंख्यकवाद र पाकिस्तानको विरोधलाई प्रवर्द्धन गरिरहेका छन्, ओलीको राष्ट्रवाद पनि उस्तै छ। ओलीले पनि भारत विरोधी भावनाको शोषण गर्दै नेपाली भाषाबाट भाषिक राष्ट्रवादलाई उकास्छन्।
रमेश पराजुली समाजशास्त्री हुन् र उनी काठमाडौँको मार्टिन चौतारी अनुसन्धान केन्द्रका वरिष्ठ अनुसन्धानकर्ता हुन्। मोदी र ओलीको आफ्नै सन्तान नभएको कारणले मात्र धन पोखरेल दुवैलाई मन परेको हो त?

भन्ने प्रश्नको जवाफमा रमेश पराजुली भन्छन्, ‘ओली र मोदीको राजनीतिमा धेरै समानता छ, ओलीले आफूलाई कम्युनिष्ट र मोदीलाई दक्षिणपन्थी भन्न सक्छन् तर दुवैमा धेरै समानता छ। मोदीले भारतमा एकरूपता, बहुसंख्यकवाद र पाकिस्तानको विरोधलाई प्रवर्द्धन गरिरहेका छन्, ओलीको राष्ट्रवाद पनि उस्तै छ। ओलीले पनि भारत विरोधी भावनाको शोषण गर्दै नेपाली भाषाबाट भाषिक राष्ट्रवादलाई उकास्छन्। ओलीको पार्टीमा उनको अगाडि कोही छैन। त्यसैगरी भाजपा पनि मोदीको पकडमा छ। यो दक्षिणपन्थी मोदी र वामपन्थी ओलीबीचको उल्लेखनीय समानता हो।’

रमेश पराजुली पनि २०१४ मा प्रधानमन्त्री भएपछि पहिलो पटक नेपाल आएपछि मोदी निकै लोकप्रिय भएको कुरामा सहमत छन्। मोदीको नेपाल भ्रमण निकै चर्चित बनेको छ। उनले नेपालको सार्वभौमसत्ता र स्वाधीनताको बारेमा संसदमा जसरी बोलेका थिए, त्यसलाई त्यहाँ न्यानो स्वागत गरिएको थियो।

मोदीले नेपाललाई महात्मा बुद्धको जन्मस्थल भनेका थिए। मोदीको यी भनाइमा संसदमा निकै ताली बज्यो। कम्युनिष्ट नेताहरुले पनि उनको प्रशंसा गरे। सन् २०१४ को नेपाल भ्रमणमा प्रधानमन्त्री मोदीलाई लिएर आम जनतामा ठूलो उत्साह रहेको नेपालका पत्रकारहरु बताउँछन्। उहाँसँग हात मिलाउन सडकमा ठूलो भीड जम्मा हुन्थ्यो।

नेपालमा हिन्दुत्व

नेपालका वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘नेपालका हिन्दूहरूमा मोदीप्रतिको क्रेज घटेको छ भन्ने मलाई लाग्दैन। नेपालको ८५ प्रतिशत भन्दा बढी जनसंख्या हिन्दू छन् र मोदी मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर र हिमालयमा ध्यान गर्छन् त्यसैले यहाँका हिन्दूहरूले मन पराउँछन्।’ उनी भन्छन्, ‘नेपालका जनताले आफ्ना राजनीतिज्ञलाई पनि यस्तो गरेको देखेका छैनन्, जनताले ओली र मोदीबीच समानता खोज्छन् तर मैले कुनै समानता देख्दिनँ। ओली अवसरवादी हुन् तर मोदी हिन्दू धर्मप्रति पूर्ण प्रतिबद्ध छन्।’

किशोर नेपाल भन्छन्, ‘मोदीले नेपालको हिन्दुवादी भावनाको दुरुपयोग गरेका छन र त्यसमा उनी सफल पनि भएका छन्। धेरैले मोदीको लोकप्रियता पहाड र मधेसीमा विभाजित भएको भन्दैछन्। तर मलाई त्यस्तो लाग्दैन। नेपालमा पहाडी हुन कि मधेसी हुन, ती दुवै हिन्दू हुन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको दरबारमा नेपालका धेरै राजनीतिज्ञहरू उपस्थित हुन्छन्। चाहे त्यो पहाडीहोस् या मधेसी। यसपटक मोदी लुम्बिनी जाँदा उनको भव्य स्वागत गरिएको थियो।’

नेपालमा लामो आन्दोलनपछि सन् २००८ मा राजतन्त्रको अन्त्य भइ प्रजातन्त्र स्थापना भयो। सेप्टेम्बर २०१५ मा नेपालले आफ्नो नयाँ संविधान लागू गर्‍याे र नेपाल हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राज्य भयो। बीजेपीले नेपालको हिन्दू राष्ट्र पहिचानलाई नष्ट गरियो भन्दै विरोध गर्‍याे। मे २६, २००६ मा तत्कालीन भाजपा अध्यक्ष राजनाथ सिंहले भनेका थिए, 'नेपालको मौलिक पहिचान हिन्दू राष्ट्र हो र यो पहिचान ओइलाउन दिनु हुँदैन। नेपालले आफ्नो मौलिक पहिचान माओवादीको दबावमा मेटाइदियो भने भाजपा खुसी हुनेछैन।’

सन् २०२० मा बीबीसी हिन्दीलाई दिएको अन्तर्वार्तामा नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र नेपालका बहुसंख्यक जनता हिन्दू भए पनि द्विपक्षीय सम्बन्धमा धर्म र संस्कृतिलाई मिसाउन नसकिने बताएका थिए।

अखण्ड भारत

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का विद्यार्थी नेता शिशिर वश्यालले काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयको रत्नराज्यलक्ष्मी क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दैछन्।

प्रधानमन्त्री मोदीको बारेमा उनी भन्छन्, ‘नरेन्द्र मोदी आफ्नै देशका लागि त राम्रो होइनन् भने नेपालका लागि के राम्रो होलान्? मलाइ लाग्छ मोदी भारत जस्तै नेपालमा धर्मको राजनीतिको जग बलियो बनाउन चाहन्छन्।

‘यदि तपाईं गर्नुहुन्छ भने, तपाईं अतिवादी वामपन्थी हुनुहुन्छ। पहाडीहोस् वा मधेसीमा प्रधानमन्त्री मोदी अझै लोकप्रिय छन्। भारत विरोधी कम्युनिस्टहरूले पनि नरेन्द्र मोदीलाई मन पराउँदैनन्।’
धर्मको मामिलामा नेपाल भारतभन्दा बढी सहिष्णु छ भन्ने मलाई लाग्छ। तर बीजेपी र आरएसएसले नेपालमा पनि आफ्नो राजनीतिक भूमि उर्वर बनाउन खोजिरहेका छन्।'

शिशिर वश्याल भन्छन्, ‘आरएसएस र नरेन्द्र मोदीको नीतिमा अखण्ड भारतको दर्शन छ। यिनीहरू नेपाललाई पनि अखण्ड भारतको हिस्सा मान्छन्। तर नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो र यसको स्वतन्त्रता कुनै ठूला देशभन्दा कम छैन।’

नेपालका पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादवले सन् २०१५ को नाकाबन्दीपछि नेपालमा प्रधानमन्त्री मोदीको लोकप्रियता घटेको कुरा अस्वीकार गर्छन्। उनले बीबीसी हिन्दीलाई भने, ‘यस्तो पटक्कै होइन। संविधानमा भएको भेदभावका कारण नाकाबन्दी भएको हो। प्रधानमन्त्री नरेन्द्र मोदी पनि संविधानमा मधेसीमाथि भएको भेदभावप्रति खुसी थिएनन्। मलाई लाग्छ, त्यही मानिसहरूले भारत वा नरेन्द्र मोदीको विरोध गर्छन्। यदि तपाईं गर्नुहुन्छ भने, तपाईं अतिवादी वामपन्थी हुनुहुन्छ। पहाडीहोस् वा मधेसीमा प्रधानमन्त्री मोदी अझै लोकप्रिय छन्। भारत विरोधी कम्युनिस्टहरूले पनि नरेन्द्र मोदीलाई मन पराउँदैनन्।’

भारतीय सेनाको गोर्खा रेजिमेन्टबाट अवकाश पाएका कुलबहादुर केसी नेपालको बुटवलमा बस्छन्। उनी नेपालमा भारतीय सेनाबाट अवकाश प्राप्त सैनिकहरूको संगठन संयुक्त पूर्वसैनिक कल्याण महासंघका अध्यक्ष हुन्। मैले कुलबहादुर केसीलाई सोधेँ, नेपालमा सेवानिवृत्त सैनिकमा भारतीय प्रधानमन्त्री मोदीको छवि कस्तो छ?

यसको जवाफमा उनले भने, ‘निवृत्त सैनिकहरूमा नरेन्द्र मोदीको छवि धेरै राम्रो छ। उनले भारत र हिन्दूहरूलाई पहिचान दिएका छन्। उनले हिन्दू धर्मको रक्षा गरेका छन्। उनी नेपाल आएपछि पनि मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर र लुम्बिनी गएर ध्यान गर्छन । नेपालमा प्रधानमन्त्री मोदीको यो भक्ति हिन्दुहरुलाई मन पर्छ।’

(बीबीसी हिन्दीका संवाददाता रजनीश कुमारले काठमाडौँमा तयार गरेर शुक्रबार प्रकाशित गरेको अनलाइन रिपोर्ट)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस