काठमाडौं – हिमालयन बैंक र एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट) बीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भई रेमिट्यान्स कारोबार शुरु गरेको छ ।
दक्षिण कोरियाको दोङ्देमुन स्थित एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट)को केन्द्रिय कार्यालयबाट नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्ता मणि सिवाकोटी तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराको उपस्थितीमा रेमिट्यान्स कारोबार सुरु भएको हो ।
रेमिट्यान्स सेवा शुभारम्भको अवसरमा दक्षिण कोरियाका लागि नेपालका राजदूत अर्जुन जंग बहादुर सिंह लगायतको सहभागी रहेको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।क्युएस रेमिट मार्पmत नेपाल आउने विप्रेषण हिमालयन बैंकको ४७ वटै शाखा तथा आठ हजार पाँच सयभन्दा बढी हिमालरेमिट काउन्टरबाट सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।
प्रकाशित: २६ माघ २०७४ ०२:४७ शुक्रबार