१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हिंसा मुक्त बस्ती कोइरेली

जुम्ला – जुम्लाको हिमा गाउँपालिका २ कोईरेलीलाई गाउँपालिकाको आयोजनामा हिंसामुक्त बस्ती घोषणा गरिएको छ। छाउपडिको अन्त्य भएको, महिला कार्यबोझ घटेको, महिला पुरुष समान काम हुने गरेको र समाजमा विभेद र बिबाद नहुने भन्दै हिंसामुक्त गाउँका रुपमा घोषणा गरिएको हो।

कोईरेलीका ३५ घरधुरीमा २ सय ४४ जनसंख्या छ। सो अवसरमा स्वास्थ्य,किड वाल्टिन, नङकट, रुमाल, ड्रम लगायतको अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरिएको थियो। जिल्लाकै समृद्ध गाउँ निर्माणका लागि पाँच वर्षे रणनीति बनाएर अघि बढेको हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताइन। उनका अनुसार यो गाउँ पहिले देखि नै नमुनाको रुपमा अघि बढेको थियो।

उपाध्यक्ष  हिमाली रोकायाले यो गाउँलाई हरेक हिसाबका नमुना बनाउन लागि परेको सुनाउँदै, शिक्षा, स्वास्थ्य, सरसफाई, कार्यबोझ कम भएको अब्बल गाउँका रुपमा परिचय दिन थालिएको बताइन।  गाउँमा होमस्टे बनाएर नाग्म गमगडी सडक खण्डमा हेर्न लायक बस्ती बनाउने गाउँपालिकाको तयारी छ। गाउँपालिकाको सबैभन्दा सानो र कामका हिसाबले निकै उत्कृष्ठ गाउँका रुपमा हेरिदै आएको छ।

महिला अधिकारकर्मी लक्ष्मी कन्य बुढाले गाउँका महिला र पुरुष सबैको हेर्ने नजर अन्य गाउँको भन्दा भिन्न रहेकोमा जोड दिइन। सोच सकारात्मक छ, केहि गराैं भन्ने भावना छ, उनले भनीन, गाउँपालिकाले समयमै हिंसामुक्त गाउँको रुपमा घोषणा गर्दा निकै न्याय भएको छ। समृद्ध गाउँ आफै बनाउन भन्ने अभियानलाई सार्थक निष्कर्षमा पुर्याउँदै स्थानीय सरकारको सहयोग र साथलाई कहिल्यै नबिर्सने स्थानीयले बताएका छन्।

गाउँका प्रत्येक घरमा शौचालय छन्। खानेपानीको अवस्था मजबुद बनेको छ। जुम्लामा एक नगरपालिका सहित ७ वटा स्थानीय तह भएकोमा सबैप्रकारका हिंसा मुक्त गाउँ घोषणा भएको यो पहिलो गाउँ हो।

प्रकाशित: ११ चैत्र २०७४ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App