१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रपतिको सपथ सर्वोच्च अदालतद्धारा सदर

काठमाण्डौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष गरेको सपथ ग्रहणलाई सर्वोच्च अदालतले मंगलबार सदर गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सपथ सदर गर्ने फैसला जारी गरेको हो। सो इजलासले अधिवक्ताद्धय हेममणि सुवेदी र नारायण काफ्लेद्धारा दायर भएको रिट निवेदन समेत खारेज गरेको छ।  समयाभावको कारण देखाउँदै इजलासले फैसलाको प्रति सार्वजनि गर्न सकेको छैन भने सर्वोच्च अदालतले सो संक्षिप्त फैसला बुधबार सार्वजनि गर्ने बताएको छ।

पदबाट हटाइएका प्रधान न्यायाधीश पराजुलीबाट भएको सपथग्रहण असंवैधानिक भएको दावी सहित निवेदकहरुले राष्ट्रपतिले विवादास्पद प्रधानन्यायाधीशबाट भएको सपथ बदर गरी फेरी सपथ ग्रहण गराउन माग गर्दै सो का लागि सर्वोच्च अदालतबाट हस्तक्षेप गरिनुपर्ने माग गरेका थिए।

फागुन ३० गते तत्कालिन प्रधान न्यायाधीश पराजुलीले राष्ट्रपतिको सपथ ग्रहण गराउनुअघि नै न्यायपरिषद्का सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्र पराजुलीलाई थमाइएको थियो जसमा पराजुली सात महिना अघि नै उमेर हदका कारण पदमा नरहेको उल्लेख थियो। सो कारण उल्लेख गर्दै राष्ट्रपतिको सपथ गैर संवैधानिक भएको दावी सहित पुनः संविधान बमोजिमको सपथ गराउनुपर्ने माग सहित रिट निवेदन दायर भएको थियो।

निवेदकद्धयले सर्वोच्च अदालतबाट पुन सपथ ग्रहण गर्न राष्ट्रपतिका नाममा परमादेश माग गरेका थिए भने सो अवधिसम्मका लागि राष्ट्रपति भण्डारीको काम रोक्न समेत माग गरेका थिए। पराजुलीले भने भण्डारीलाई सपथ गराएको भोलीपल्ट चैत १ मा राजीनामा गर्न बाध्य भएका थिए।

 

प्रकाशित: ४ वैशाख २०७५ १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App