१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सडकमा अटोरिक्सा मनपरी

कोहलपुर- यातायात कार्यालयबाट दर्ता, लाइसेन्स, रुट परमिट नलिएर सञ्चालन हुँदै आएका विद्युतीय अटोरिक्साको कोहलपुर बजारका सडकमा मनपरी चल्दै आएको छ। बीच सडकमै अटोरिक्सा चालकले पार्किङ गर्ने, गुडाउने, यात्रु झार्ने र चढाउने गर्दै आएका छन्। बीमासमेत नभएका, पहिचान नखुल्ने, सिट क्षमतासमेत उल्लेख नगरी मनपरी रूपमा अटोरिक्सा राजमार्गमा चलाउँदा पछिल्लो समयमा साना ठूला दुर्घटना बढिरहेका प्रहरीको भनाइ छ।

पार्किङ, सञ्चालन रुट र सडकमा गुड्ने समय एकिन नहुँदा अटोरिक्साहरु बजारका सडक छेउ तथा बीचमा रोकिन्छन्। यसले गर्दा दुर्घटनाको जोखिम बढाउने गरेको छ। थोरै बजार, जनघनत्व र सडक सञ्जालसँग जोडिएको कोहलपुरमा आवश्यकताभन्दा धेरै अटोरिक्सा छन्।

अन्य सवारी साधनको पार्किङ स्थान, यात्रु बसाउने, ओराल्ने स्थान, गुड्न समय निश्चित छ। तर, अटो रिक्सालाई यस्तो निमय लागु हुँदैन, जसले गर्दा कोहलपुरका चारलेन सडक, पूर्वपश्चिम राजमार्ग, रत्न राजमार्ग र भित्री सडकमा यिनीहरुको राज चल्ने गर्छ। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजेन्द्रसिंह खड्काले अटोरिक्साले बजार क्षेत्रमा आवतजावत र पार्किङमा जटिलता थपेेको बताए। 'अटोरिक्सा आवश्यकताभन्दा धेरै आए र चलिरहेका छन्,ु उनले भने, 'अटोरिक्साको मनपरी रोक्न पहल गरिरहेका छाँै।ु यसको लागि अटोरिक्सा समितिसँग छलफल गरी छिट्टै पार्किङ, आवतजावत रुट र समय बनाउने विषयमा समेत छलफल भएको उनले बताए।

कोहलपुरमा दर्ता नभएका अटोरिक्सासमेत प्रशस्त रहेका छन्। मध्यपश्चिम जनसेवा यातायात प्रालिमा अहिलेसम्म दुई सय ५० अटोरिक्सा दर्ता छन्। तर, अहिले कोहलपुरभित्र तीन सयको संख्यामा अटोरिक्सा रहेका प्रालिका पदाधिकारी बताउँछन्।

 प्रालिका कोहलपुर शाखा अध्यक्ष विश्वराज खनालले अटोरिक्सा पार्किङ, सञ्चालन रुट, निश्चित दूरी निर्धारण गर्न क्षेत्रीय ट्राफिक, इलाका प्रहरी कार्यालय र नगरपालिका पन्छिँदै आएको बताए। 'हामीले एक महिनाअघि नै अटोरिक्साको पार्किङ क्षेत्र व्यवस्थापन गरिदिए त्यसको लागि लाग्ने सबै खर्च समितिले व्यहोर्ने लिखित पत्राचार गरेका थियौं,ु उनले भने, 'तर अहिलेसम्म सुनुवाइ भएको छैन।ु कोहलपुरमा क्षमताभन्दा बढी अटोरिक्सा हुँदा व्यवस्थापनमा समस्या भएको सूचना दिँदा पनि सम्बन्धित निकायले चासो नदिएको उनले बताए।

अहिले अटोरिक्सा कहाँ रोक्ने, कुन–कुन सडकमा सञ्चालन गर्ने भन्ने मापदण्ड र बाटो तय गरिएको छैन। अटोरिक्सालाई समयमा व्यवस्थित गर्न नसके राजमार्गमा असुरक्षा र दुर्घटना बढ्ने सम्भावना रहेको छ। सडक र बजारको भार भन्दा बढी अटोरिक्सा हुँदा व्यवस्थित गर्न सकस छ। कोहलपुर क्षेत्रमा गुड्ने अटोरिक्सा नगरपालिका, गाविस, समिति र यातायात कार्यालयमा दर्ता भएका छन्। केही रिक्सा दर्ता नभइ गुडिरहेका छन्।

यातायात व्यवस्था ऐनमा अटोरिक्सा, टेम्पोहरू मुख्य राजमार्गमा सञ्चालन गर्न नपाउने उल्लेख छ। तर, कोहलपुरका अटोरिक्सा नियमविपरीत मुख्य राजमार्गमा गुड्दै आएका छन्। कसैको लाइसेन्स, दर्ता नम्बर, रुट परमिट, सिट क्षमता, बीमा गरिएका छैनन्। अटोरिक्सा दुर्घटना हुने वित्तिकै भाग्ने र पहिचान नहुने समस्या दोहोरिएका छन्। अटोरिक्साबाट यात्रु लुटपाट, घाइते वा मृत्यु भएमा उपचार खर्च, बीमा खर्च, कारबाही कसलाई गर्ने कुनै प्रमाण भेटाउन मुस्किल पर्ने गर्छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेश काफ्लेले अटोरिक्स्ाको व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता खड्किएको बताए। यसमा प्रहरी, ट्राफिक र नगरपालिका मिलेर मात्र व्यवस्थित गर्न सकिने उनले बताए। यातायात व्यवस्था कार्यालयका नेपालगन्जका प्रमुख पवन सुवेदीले यातायात कार्यालयमा दर्ता गर्न अनिवार्य बनाएको बताए। उनका अनुसार सवारी तथा यातायात व्यवस्था नियमावली २०५४, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अधिनमा रही अटोरिक्साहरु रुट परमिट इजाजतपत्र लिएर तोकिएको सडक खण्डमा मात्र चल्न पाउँछन्। 'अटोरिक्सा मुख्य राजमार्गमा चल्न पाउँदैनन्, तर यहाँ मनपरी रुपमा चलिरहेका छन्,ु उनले भने।

प्रकाशित: ११ असार २०७३ ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App